बर्दगोरिया जनताहरुका लोक प्रिय सांसद साउँद/जनताले गरे जय जय कार/सांसद साउँद जनताका जिउँदा भगवान/जनताले गरे प्रशंसा(भिडियो सहित)

बौनियाँ/कैलालीको बर्दगोरीया गाउँपालिकाको वडा नं ३ बुटकौवा शान्ती टोलमा २०७७ भाद्र महिनाको १० गते बुधबार राती परेको अविरल वर्षा पछी आएको बाढिका कारण करीव ३१ घरपरिवार विस्थापित भएका थिए ।

करीव २ दिन सम्म परेको अविरल वर्षाले काँडा नदिमा पानीको बहाव बढे पछि उक्त टोल डुवानमा पर्दा ३१ घरपरिवार विस्थापित भएका हुन । रातिको करीव ७:८ बजेको समयमा बाढि बस्तीमा पस्दा मानविय क्षेती भने नभएको वडा अध्यक्ष करने सुनारले अनमोल अनलाईन टेलिभिजन लाई बताएका थिए।

उक्त दिन के .के युवा क्लबका युवा हरुले पीडित जनता हरुलाई उदार गरेका थिए।३१ घरपरिवार विस्थापित भएका  पीडित जनतालाई विभिन्न सामुदायिक वन उपभोक्ता समिती र विभिन्न संग संस्था हरुले पीडित जनता हरुलाई संयोग गरेका थिए।
त्यस्तै बाढि विस्थापित भएको टोलको कैलाली क्षेत्र नं २ प्रदेश सभा ‘ख’ का सांसद नन्द बहादुर साउदले समेत अवलोकन गर्नुभएको थियो। अवलोकन गर्दै सांसद साउदले चाडै तटबन्धनको काम हुने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।

सांसद साउँदले भने वडा नं ३ लगाएत गाउँपालिकाको सुगरखाल सम्मको नदि कटान क्षेत्रको सर्वेको काम भईसकेको हुदाँ लकडाउन खुले लगतै टेन्डरको काम हुन्छ । टेन्डरको काम सकिए लगतै तटबन्धनको काम समेत सुरु हुने उनले बताए । सांसद साउदले अव नदि कटान क्षेत्रका जनताले समस्या भोग्नु नपर्ने बताउँदै चाडै त्यस क्षेत्रमा तटबन्धन हुने बताएका छन ।

सांसद साउँदले ११ महिना मै २५ लाख तटबन्धन रकम प्रदेश सरकार बाट बर्दगोरिया गाउँपालिका वडा नं ३ शान्ति टोलका बाढी पीडित ठाउँमा तटबन्धन हालेका हुन ।
सोही ठाउँका जनताहरूले अमुले मत खेर गयो भन्दै आएका थिए बजेट आएर काम सम्मपन्न भए पछि सोही ठाउँका बाढी पीडित जनता खुशी भएका छन् सांसद साउँद गरेको कामलाई खुलेरै समाजसेवी, बुद्धिजीवी, स्थानीय बासिन्दा ,युवाहरु खुशी भएका छन् सोही ठाउँका बाढी पीडित स्थानीय एक महिलाले गरीब दुखीको पीडामा मलम पट्टी लगाउनु भएकोमा धन्यबाद समेत दिनु भयो उहाँले भनु भयो हाम्रो लागि सांसद साउँद जिउँदा भगवान हुन् बोलेको कुरा पूरा गर्नु भएको छ उहाँ जस्तो नेता देशमा सबै भइदिएको भए देश कति अगाडि बढ्ने थियो होला पिडित महिलाले बताएकी छिन् ।

स्थानीय युवा नारायण रिजालले भने अघिलो वर्ष स्थानिय जनतालाई घर भित्र बाढी पसेर खाना पकाएर खान धेरै गाह्रो थियो अहिलेको समयमा सांसद ज्यू ले तटबन्धनको लागि रकम प्रदेश सरकार बाट पठाएर काम सम्पन्न भएको छ काम पनि धेरै राम्रो भएको छ अघिको वर्ष अविरल वर्षाका कारण धेरै को धन जनको नाश भएको थियो अब नहोस् भनका लागि जनताका लोक प्रिय युवा नेता नन्द बहादुर साउँद (राजेन्द्र) ज्यूले चाल्नु भएको कदम बोलेको कुरा पूरा गर्नु भएको छ हामी सबै खुशी छौ अझै केही तटबन्धन आवश्यकता रहेको छ फेरि केही रकम प्रदेश सरकार बाट रकम लिएर आउनु हुने छ भने आशा रहेको रिजालले अनमोल अनलाईन टेलिभिजन संग बताएका हुन ।

अघिलो वर्ष अविरल वर्षाका कारण हामी जनता विभिन्न संघ संस्थामा गुहार माग्दै बसेका थियौं तर यो वर्ष तटबन्धन भएपछि घर छोडेर जानु नपर्ने स्थानीय बासिन्दा दलसुर सार्कीले भने अघिको वर्ष अविरल वर्षाका कारण हामी सात दिन सम्म घरमा नबसेको सार्कीले भने अघिको वर्षको समस्या देखेर सांसद ज्यू जानु भो जनताको हित हुने काम गर्नु भएको छ उहाँलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु समेत भनेका थिए ।

स्थानिय महिला सुनिता नेपालीले भनिन अघिलो साल हामी सबै यहाँका मानिस रुँदै कराउँदै बाढी घर भित्र जाँदा भागा भाग भएको थियो नेता प्रदेश सांसद साउँद ज्यू ले जसरी भए पनि जनतालाई बाढी पीडित स्थानीय बासिन्दा लाई बचाउछु भनेर जानु भएको थियो यो वर्ष उहाँले बजेट दिनु भएकोमा धेरै धन्यवाद व्यक्त गर्दछु हामी जनताको लागि लोक प्रिय हुनु भएको छ सबै नेता उहाँ जस्तै भए गाउँ ठाउँ देश छिटो विकास हुन समय नलाग्ने समेत नेपालीले भनेकी थिइन् ।

 

स्थानीय बासिन्दा शिक्षक के के युवा क्लबका महासचिव वसन्त ओलीले त्यो दिन सम्झिदा सरकार छैन कि जस्तो मनमा लागेको थियो प्रदेश सांसद नन्द बहादुर साउँद (राजेन्द्र) ज्यूले जुन कुरा पिडित जनताको अगाडि भनेर जानु भएको थियो आज पूरा भएको छ यहाँका स्थानियहरु सबै खुशी छौ उहाँ माननीय सभासद मात्र होइन गरीब जनताको जिउँदो भगवान् हुन समेत ओलीले भनेका हुन ।

के के युवा क्लबका अध्यक्ष शिखर वि कले भने बोल्ने नेता धेरै आएका थिए तिनी नेताहरु अहिले कता छन त्यस पछि अनुहार कहीँ कतै पनि नदेखेको वि क बताए सांसद साउँद ज्यूले गरीब दुखीको आँसु पुछ्ने काम गर्नु भएको छ वि कले भने कति नेता बोलेर गए काम भएको छैन साउँद ज्यू ले हामीलाई तटबन्धन गर्छु ।जनतालाई दुःख दिने छैन भनु भएको थियो जुन कुरा भनु भएको थियो आज पूरा भएको छ जनता खुशी भएका छन् अध्यक्ष वि कले अनमोल अनलाईन टेलिभिजन लाई बताएका छन्। अध्यक्ष वि कले
भने विकास गर्ने नेतालाई कुनै पनि पाटी नहेर्ने समेत बताएका हुन् जसले गरीब दुखीको आँसु पुछ्ने छ हामी युवा उही नेताको गुण गान गाउँदै हिडने वि कले बताएका हुन्।

यता प्रदेश सांसद नन्द बहादुर साउँद (राजेन्द्र) भने म जनताको सेवक हु जनताले मलाई विश्वास मानेर पठाएका हुन महिले बोलेका विकासका कुरा कुनै ठाउँमा ढिलो चाँडो हुन् सक्छ सरकारी काम हो तर महिले बोलेका हरेक ठाउँमा बजेट हालेकै छु अझै पनि हाल्ने छु जनताको मन दुखाउने छैन जनता मेरा भगवान् हुन सांसद साउँदले भनेका हुन् ।

भिडियो हेर्नु होस्

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

महोत्तरीमा मतदानमा महिला सहभागिता बढी

महोत्तरी,  बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट मतदान गर्ने महिलाको सङ्ख्या बढी देखिएको छ । महोत्तरीमा पुरुषभन्दा ३९ हजार ८९ मतदाता कम भए पनि महिलाको सहभागिता बढी देखिएको हो ।   पुरुषभन्दा १३ हजार ५४५ बढी महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९