- नेपालगञ्ज बाँके
✍️हिक्मत वादी-ASD/OSF को आर्थिक सहयोग कमिट नेपाल नेपालगन्जको आयोजना र राष्ट्रिय वादी संजालको समन्वयमा वादी संजालका लागि संयुक्त कार्यशाला गोष्ठी नेपालगञ्ज बाँकेको न्युरोड स्थित होटेल इन्द्रेणीमा सम्पन्न भएको छ ।

संयुक्त कार्यशाला गोष्ठीमा वादी समुदायका समस्या र यि सवालका बारेमा व्यापक छलफल भएको थियो।
१. समुह संजालहरु तथा वादी अभियान को समीक्षा
२. वकालत्,पैरवि,रननिति र प्रक्रिया
३. स्थानीय, प्रदेश तथा सँघ को स्रोत परिचालन
४. संजालहरुको परिचालन र रननिति
५. वादी समुदायको ब्यबस्थापन
तथा परिचालन
६. आगामी निर्वाचनमामा वादी समुदायको प्रतिनिधित्व
७. वादी समुदायको आर्थिक अवस्था र यसका चुनौती
८. जातिय विभेद तथा लालचना
कार्यशाला गोष्ठीमा कैलाली,बर्दिया,बाँके,दाँङ,र सल्यानका जिल्लाका वादी समुदायहरूको सहभागिता रहेको थियो।
कार्यशाला गोष्ठीमा कमिट नेपालका कार्यकारी निर्देशक केसब नेपाली वादीले कार्यक्रममा सहभागीहरु लाई कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो। भने कार्यक्रमको सन्चालन कमिट नेपालका कार्यक्रम संयोजक प्रकास नेपाली वादीले गर्नु भएको थियो।





















































































































































