बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ५ बेलुवामा रहेको सहयोगि बेलुवा युवा क्लबका युवाहरुले नालीमा पानी जमे पछि युवाहरुले नालिको सफाइ गरेका छ्न ।”सफा शहर स्वच्छ गाउँ सबै मिलि फोहोर हटाउ” भने मूल नारा लिएर युवाको समूहले आफ्नो गाउँ-टोल सफा राखौं भन्ने उद्देश्यसाथ सरसफाइ अभियान आयोजना सुरु गरेका हुन् । सरसफाइ अभियान अन्तर्गत शनिबार सहयोगि बेलुवा युवा क्लबको आयोजनामा बेलुवा र भूरुवा गाउँको बाटोमा करिव ५ सय मिटर बाटोको दुबै पट्टी रहेको सम्पुर्ण झाडी उखेलेको सहयोगि बेलुवा युवा क्लबका अध्यक्ष महेश रावलले वैज्ञानिक मिडियालाई जानकारी दिनु भयो ।
सहयोगि बेलुवा युवा क्लबका अध्यक्ष महेश रावलले समाज रुपान्तरणमा युवा नै अग्रसर भएर लाग्नु पर्ने बताउनु भयो । मानव सभ्यतालाई स्वस्थ र सभ्य बनाइराख्न वातावरण जोगाउनु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वातावरण जोगाउनु हामी सबैको प्रमुख दायित्व हो ।
तसर्थ वातावरणलाई मानवमैत्री बनाइराख्न सबै मिलेर अगाडि बढ्नुपर्छ । युवा भनेको समाज परिवर्तनको एक महत्वपूर्ण हिस्सा भएकाले समाज परिवर्तन गर्न युवाहरु जुटनु पने युवाहरुको भनाई छ ।
सरकारको सधै भर पर्नु भन्दा पनि आफै केही काम गर्नु पर्ने बताउनु भयो । बर्दगोरिया क्षेत्रका यी युवाहरुले केही दिन अगाडि बेलुवा गाउँमा ५ मीटर सरसफाई गरिएको थियो । अन्य समयमा हरेक बिकृती बिसङतीका बिरुद्ध आवाज उठाई रहेका छ्न ।
युवाको समूहले आफ्नो गाउँ-टोल सफा राखौं भन्ने उद्देश्यसाथ सरसफाइ अभियान आयोजना सुरु गरेका हुन् ।






















































































































































