नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको बैठक सम्पन्न

  • दलित मुक्ति मोर्चा कैलाली जिल्लाको बैठक सम्पन्न
  • मुडा,कैलाली/हिक्मत वादी – नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको भात्री संगठन नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको बैठक कैलालीको सुखडमा सम्पन्न भएको छ।नेपाल दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला संयोजक जगत बहादुर बिकको अध्यक्षता बसेको बैठकमा प्रमुख अतिथि नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश कमेटि सह- संयोजक क गोबिन्द राज वीसी रहनु भएको थियो।

    विशिष्ट अतिथिमा प्रदेश कमेटि सदस्य तथा नेपाल दलित मुक्ति मोर्चा केन्द्रय स्कुलिङग बिभाग सदस्य क रुपक सुनार रहनुभएको थियो त्यसैगरी अतिथिमा जिल्ला समन्वय समिति सदस्य दिलु बिक रहनुभएको थियो। नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको बैठकले पाँच वटा महत्वपूर्ण निर्णय गरि सर्बसमिति बाट पारित गरेको छ।

    १ कैलाली जिल्लाका पालिकामा सम्मेलन साउन मसान्त भित्रमा सम्पन्न गरिने।

    २ संगठन प्रशिक्षण र संगठन बिस्तार गरिने।

    ३ कैलाली जिल्लाको सम्मेलन भदौ मसान्त भित्र गरिने।

    ४ प्रदेश स्तरको कार्यविभाजन गरिने।

    ५ समावेशी समानुपातिक प्रतिनिधित्वको आधारमा न्यतित्व दाहि न्यतिवको लागि बिशेष रुपले पहल गर्ने निर्णय गरेको छ।

     

    यसैगरी नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको बैठकले उप-महानगरपालिका नगरपालिका र पालिकाहरुमा नेपाल दलित मुक्ति मोर्चाको संगठन बिस्तार गरि कार्य बिभाजनगरि बाड फाड गरेको छ।

    १ बर्दगोरिया गाउँ पालिकाका इन्चार्ज ध्वज बहादुर सुनार

    २ जोशिपुर गाउँ पालिकाका इन्चार्ज मनोज परियार

    ३ कैलाली गाउँ पालिकाका इन्चार्ज दिपक सुनार

    ४ गौरिगङ्गा नगरपालिकाका इन्चार्ज गौतम बिश्वकर्मा

    ५ लम्की चुहा नगरपालिकाका इन्चार्ज लोक बहादुर बिक

    ६ जानकि गा.पा इन्चार्ज इश्वर ओड

    ७ घोडाघोडी नगरपालिकाका इन्चार्ज दन्त बिक (दिनेश)

    ८ चुरे गा.पा इन्चार्ज तारा नेपाली

    त्यसतै भजनि नगरपालिका, धनगडी उपमहानगरपालिका, गोदावरी नगरपालिकामा यहि साउन मसान्त भित्रमा नेपाल दलित मुक्ति मोर्चाको संगठन बिस्तार गरि जिम्मेवारी बाड फाड गरिने छ र महुन्याल गाउँपालिकामा र टिकापुर नगरपालिकामा नेपाल दलित मुक्ति मोर्चाको संगठन बिस्तार भइसकेको र छिटै इन्चार्ज र संयोजक तोकि जिम्मेवारी दिइने नेपाल दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला संयोजक जगत बहादुर बिकले जानकारी दिनुभयो छ।कार्यक्रममा कैलाली जिल्लाका १३ वटै स्थानिय तहका उपमहानगरपालिका, नगरपालिका,र पालिकाका संगठनका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?