Baigyanik Media

Advertisement

Skip Ad

कैलालीको गौरिगंगामा नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गर्नेको भीड 

नागरिक उन्मुक्ति पार्टीलाई राष्ट्रिय पार्टी बनाउन बाट कसैले रोक्न सक्दैन

बौनिया,कैलाली – नागरिक उन्मुक्ति पार्टी कैलालीमा प्रवेशको क्रम चलिरहेको छ । यसै क्रममा आज बुधबार कैलालीको गौरिगंगा नगरपालिकाको मसुरिया बजारमा नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको कार्यक्रम सयौंले पार्टी प्रवेश गरेका हुन् ।पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी,एमाले,कांग्रेस लगायत विभिन्न पार्टीबाट परित्याग गरि १०७ नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गर्नुभएको छ। प्रबेश कार्यक्रमका प्रमुख अतिथिमा दामोदर शर्मा पण्डित रहनु भएको थियो भने विशिष्ट अतिथिमा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संगठन प्रमुख अरुण चौधरी,केन्द्रीय सदस्य लक्ष्मण चौधरी रहनु भएको थियो ।कार्यक्रममा बाेल्दै पार्टीका अध्यक्ष श्रेष्ठ रञ्जिताले स्थानीय निकायकाे निर्वाचनमा पार्टी कैलाली जिल्लाकाे सबैभन्दा ठुलो पार्टी भएकाे कुरा स्मरण गराउदै लगत्तै आउन लागेको संघिय र प्रदेश सभाको निर्वाचनमा सबैले ध्यान दियर लाग्नुपर्ने कुरामा जाेड दिनु भएको थियाे । साेहि अवसरमा अगाडि बाेल्दै उहाले अब पार्टीलाई राष्ट्रिय स्तरकाे पार्टी बन्नमा कसैले राेक्न नसक्ने कुरा औल्याउनु भएको थियाे ।कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय प्रवत्ता दामोदर पण्डितले नागरिक उन्मुक्ति पार्टीलाई विभिन्न पार्टिलाई समाजमा प्रचार गरियजस्ताे जातिय पार्टी नभएको कुरा बताउनु भएको थियाे । पण्डितका अनुसार नागरिक उन्मुक्ति पार्टी सर्बहारा र पिछडिएका बर्गकाे उन्मुक्तिका लागि स्थापना भएको पार्टी भएको कुरा उल्लेख गर्दा यश पार्टिमा सम्पूर्ण जाति समुदायका व्यत्तित्वहरुका लागि समान अवसर रहेको कुरा उल्लेख गर्नु भएको थियाे ।मसुरियामा भएको कार्यक्रममा बाेल्दै पार्टीका शुदुरपश्चिम प्रदेश संगठन बिभाग प्रमुख अरुण चाैधरीले अबकाे संघ र प्रदेशकाे निर्वाचन पश्चात् आफ्नो पार्टी बैकल्पिक शक्तिकाे रुपमा स्थापना हुने कुरा बताउदै अबको समयमा नागरिक उन्मुक्ति पार्टीको बिकल्प नरहेको कुरा बताउनु भएको थियाे । कार्यक्रममा अगाडि बाेल्दै अरुण चाैधरीले संघ र प्रदेश सरकारकाे आफुहरुकाे सहभागिता बिना सम्भव नरहेको बताउनु भएको थियाे । कार्यक्रममा पार्टी विभिन्न नेता कार्यकर्ताहरुको उल्खिनिय सहभागिता रहेको थियो। रेशम चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठको नेतृत्वमा रहेको उक्त पार्टीमा अहिले थारु समुदाय मात्र नभई पहाडी समुदायका व्यक्तिहरुको पनि पार्टी प्रवेश गर्ने क्रम बढीरहेको छ । भर्खरै भएको स्थानिय निर्वाचनमा कैलालीका ४ पालिकाको नेतृत्व लिएको उक्त पार्टीले अहिले आगामि प्रदेश र संघिय चुनावलाई लक्षित गर्दै कार्यक्रम र संगठन विस्तारलाई तिव्रता दिइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

भक्तपुर।   युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी...

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

काठमाडौँ ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उहाँले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राख्नुभयो ।   उहाँले मुलुकमा भएको जेनजी आन्दोलनलाई...

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौँ।  डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल रु १४ करोड १२ लाख...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री अर्याल

काठमाडौँ ।    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो ।...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९