जिल्ला स्तरीय सांगठनिक प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न

राष्ट्रयताको रक्षाका लागि सबै पत्रकारहरुले एकजुट भएर लाग्न अध्यक्ष बस्नेतको आग्रह

कैलाली – ” समृद्धिका लागि सञ्चार कर्म/प्रेस चौतारीको मूल मर्म” भने मूल नाराका साथ प्रेस चौतारी नेपाल कैलाली जिल्लाको एक दिवसीय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन भएको छ । संगठन व्यवस्थापन तथा परिचालन विषयमा सोमवार प्रशिक्षण सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्टले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्नु स्वागत योग्य रहेको बताउनु भएको छ ।प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले यस्तो बताउनु भएको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले आइतवार संसदलाई नागरिकता बिद्येयक पुनर्बिचार गर्न सन्देशसहित फिर्ता पठाउनु भएको थियो । सचिव भट्टले संबिधानको संरक्षक र राष्ट्रप्रमुखले मुलुकको हितमा सही कदम चाल्नुभएकोले स्वागतयोग्य रहेको बताउनु भयो ।‘नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले देशको स्वाभीमान जोगाउनु भयो, कुनै पनि देशमा सिन्दुर हाल्ने वित्तिकै विदेशी बुहारीलाई नागरिकता दिने चलन छैन, हाम्रो देशमा मात्रै यस्तो राष्ट्रघाती कदम चालिएको छ,’ सचिव भट्टले भन्नुभयो । उहाँले छिमेकी भारतमा मात्रै पनि ७ वर्ष नपुग्दा सम्म नागरिकताको प्रकृया नै सुरु नहुने प्रावधान रहेको बताउँदै नेपालमा बिहे गर्न साथ नागरिकता दिने सत्तारुढ गठबन्धनको निर्णय अत्यन्तै घातक रहेको बताउनु भयो ।‘सार्क मुलुकको कुरा गर्ने हो भने भारतमा ७ वर्ष नपुग्दा नागरिकताको प्रकृया नै सुरु हुदैन, अफगानीस्तानले पनि ७ वर्षमा नागरिकता दिन्छ, मालदीभ्सले १२ वर्षपछि मात्रै विदेशी बुहारीलाई नागरिकता दिन्छ, भुटानमा त विहे गरेर बच्चा जन्मेको २ वर्ष पछि मात्रै आमाले नागरिकता पाउने प्रावधान छ । बंगलादेशले पनि २ वर्ष भन्दा अगाडि नागरिकताको प्कृया सुरु गर्दैन, नेपालमा मात्रै किन यस्तो ?’ सचिव भट्टले भन्नुभयो ।उहाँले उत्तरमा चीन र दक्षिणमा भारत जस्ता विसाल जनसंख्या भएको देशमा विवाह हुने वित्तीकै नागरिकता दिने प्रावधान राखिनु दुभाग्यपूर्ण र देशको हित विपरित भएको बताउनु भयो । ‘अहिले एमालेले पनि विवाह गर्ने वित्तिकै नागरिकता दिने प्रावधान सहितको विधेयक ल्याएको थियो भनेर गठबन्धनले झुटको खेती गरिरहेको छ, म स्पष्ट पार्न चाहन्छु, नेकपा एमालेले ७ वर्ष पनि मात्रै विदेशी बुहारीले नागरिकता पाउने प्रावधानसहितको विधेयक ल्याएको हो, भ्रममा नपर्न अनुरोध गर्दछु’ सचिव भट्टले भन्नुभयो ।उहाँले, गठबन्धन देश बनाउन नभएर आफ्नो परिवारका ब्यक्ति बनाउन, आफ्नो स्वार्थ पूर्ती गर्नका लागि बनेको ठोकुवा पनि गर्नुभयो । ‘कसैका बुहारी, छोरी, ज्वाई भाई भतिजा बनाउन गठबन्धन होला, कसैले पुस्तौं पुस्तासम्मका लागि भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाउन गठबन्धन होला तर देशहितमा भने गठबन्धन छैन,’ उहाँले भन्नुभयो, ‘मंसिरको चुनावमा स्वार्थको गठबन्धन र नेकपा एमाले बीचको भिन्नता छुट्टीने छ ।नेता भट्टले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सुदूरपश्चिममा गरिएका विकास निर्माणका काममा अहिलेको सरकारले पुरै बजेट कटौती गरेको भन्दै आपत्ति जनाउनु भयो ।‘सुख्खा बन्दरगाहको ठेक्काको चरणमा जाने तयारी थियो, तर यो सरकारले अहिले नीति तथा कार्यक्रममा सम्भाब्यता अध्ययनको बजेट राखेको छ, विषेश औद्योगिक क्षेत्रको पनि पुर्वाधार निर्माण आधा भईसक्ने समय हो, तर सरकारले बजेट काटि दिएको छ । मेडिकल कलेजका लागि ६ अर्वका संरचना बनेका छन, तर सरकार त्यो सञ्चालन गर्दैन,’ सचिव भट्टले भन्नुभयो । उहाँले गठबन्धनले एमालेको पालामा अघि बढाइएका बिकाशलाई अवरोध गरेको समेत बताउनु भयो ।‘गठबन्धनको सरकार नेकपा एमालेको पालामा भएका लोकप्रिय कामहरुको बजेट काटिरहेको छ, यो कुरा जनताले बुझ्न जरुरी छ,’ उहाँको भनाई थियो ।प्रशिक्षण कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सत्तारुढ गठबन्धनको मुलुक र जनताबिरोधी हर्कतलाई सञ्चार क्षेत्रले तथ्यसहित नांग्रझार पार्न ढिलाई गर्न नहुने बताउनु भयो । बतृमान गठबन्धन सरकारको रवैया आपत्तिजनक रहेको भन्दै उहाँले देशका लागि सवै पत्रकारहरु एकजुट भएरु भण्डाफोर गर्नुपर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले देशको स्वाभीमान बचाउन, राष्ट्रयताको रक्षाका लागि सबै पत्रकारहरुले एकजुट भएर लाग्न आग्रह पनि गर्नुभयो ।प्रेस चौतारी कैलालीका अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रेस चौतारी नेपालकी सचिव तथा सुदुरपश्चिम इञ्चार्ज लोकशरी कुँवर, एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य दिपक देवकोटा, सुदुरपश्चिम प्रदेशका सचिव धर्मराज पाठक, कैलालीका कार्यबहाक अध्यक्ष दुर्गा जोशी, प्रेस चौतारी कैलालीका इञ्चार्ज सुशिल ढुंगानालगायतका बक्ताहरुले बर्तमान गठबन्धन मुलुकको बिरुद्ध लागिपरेको भन्दै जनता जगाउने अभियान थाल्नुपर्ने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धनगढी महोत्सवमा महिला पत्रकारमाथि आक्रमण, संघद्वारा कारबाही माग

धनगढी– धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते सार्वजनिक स्थलमै गरिएको अश्लील, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर आपत्ति जनाएको छ।   संघका अनुसार, समाचार संकलन गरिरहेकी महिला पत्रकारमाथि दुई व्यक्तिले...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

धनगढी महोत्सवमा महिला पत्रकारमाथि आक्रमण, संघद्वारा कारबाही माग

धनगढी– धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते सार्वजनिक स्थलमै गरिएको अश्लील, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर आपत्ति जनाएको छ।   संघका अनुसार, समाचार संकलन गरिरहेकी महिला पत्रकारमाथि दुई व्यक्तिले...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

धनगढी महोत्सवमा महिला पत्रकारमाथि आक्रमण, संघद्वारा कारबाही माग

धनगढी– धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते सार्वजनिक स्थलमै गरिएको अश्लील, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर आपत्ति जनाएको छ।   संघका अनुसार, समाचार संकलन गरिरहेकी महिला पत्रकारमाथि दुई व्यक्तिले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९