जिल्ला स्तरीय सांगठनिक प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न

राष्ट्रयताको रक्षाका लागि सबै पत्रकारहरुले एकजुट भएर लाग्न अध्यक्ष बस्नेतको आग्रह

कैलाली – ” समृद्धिका लागि सञ्चार कर्म/प्रेस चौतारीको मूल मर्म” भने मूल नाराका साथ प्रेस चौतारी नेपाल कैलाली जिल्लाको एक दिवसीय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन भएको छ । संगठन व्यवस्थापन तथा परिचालन विषयमा सोमवार प्रशिक्षण सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्टले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्नु स्वागत योग्य रहेको बताउनु भएको छ ।प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले यस्तो बताउनु भएको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले आइतवार संसदलाई नागरिकता बिद्येयक पुनर्बिचार गर्न सन्देशसहित फिर्ता पठाउनु भएको थियो । सचिव भट्टले संबिधानको संरक्षक र राष्ट्रप्रमुखले मुलुकको हितमा सही कदम चाल्नुभएकोले स्वागतयोग्य रहेको बताउनु भयो ।‘नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले देशको स्वाभीमान जोगाउनु भयो, कुनै पनि देशमा सिन्दुर हाल्ने वित्तिकै विदेशी बुहारीलाई नागरिकता दिने चलन छैन, हाम्रो देशमा मात्रै यस्तो राष्ट्रघाती कदम चालिएको छ,’ सचिव भट्टले भन्नुभयो । उहाँले छिमेकी भारतमा मात्रै पनि ७ वर्ष नपुग्दा सम्म नागरिकताको प्रकृया नै सुरु नहुने प्रावधान रहेको बताउँदै नेपालमा बिहे गर्न साथ नागरिकता दिने सत्तारुढ गठबन्धनको निर्णय अत्यन्तै घातक रहेको बताउनु भयो ।‘सार्क मुलुकको कुरा गर्ने हो भने भारतमा ७ वर्ष नपुग्दा नागरिकताको प्रकृया नै सुरु हुदैन, अफगानीस्तानले पनि ७ वर्षमा नागरिकता दिन्छ, मालदीभ्सले १२ वर्षपछि मात्रै विदेशी बुहारीलाई नागरिकता दिन्छ, भुटानमा त विहे गरेर बच्चा जन्मेको २ वर्ष पछि मात्रै आमाले नागरिकता पाउने प्रावधान छ । बंगलादेशले पनि २ वर्ष भन्दा अगाडि नागरिकताको प्कृया सुरु गर्दैन, नेपालमा मात्रै किन यस्तो ?’ सचिव भट्टले भन्नुभयो ।उहाँले उत्तरमा चीन र दक्षिणमा भारत जस्ता विसाल जनसंख्या भएको देशमा विवाह हुने वित्तीकै नागरिकता दिने प्रावधान राखिनु दुभाग्यपूर्ण र देशको हित विपरित भएको बताउनु भयो । ‘अहिले एमालेले पनि विवाह गर्ने वित्तिकै नागरिकता दिने प्रावधान सहितको विधेयक ल्याएको थियो भनेर गठबन्धनले झुटको खेती गरिरहेको छ, म स्पष्ट पार्न चाहन्छु, नेकपा एमालेले ७ वर्ष पनि मात्रै विदेशी बुहारीले नागरिकता पाउने प्रावधानसहितको विधेयक ल्याएको हो, भ्रममा नपर्न अनुरोध गर्दछु’ सचिव भट्टले भन्नुभयो ।उहाँले, गठबन्धन देश बनाउन नभएर आफ्नो परिवारका ब्यक्ति बनाउन, आफ्नो स्वार्थ पूर्ती गर्नका लागि बनेको ठोकुवा पनि गर्नुभयो । ‘कसैका बुहारी, छोरी, ज्वाई भाई भतिजा बनाउन गठबन्धन होला, कसैले पुस्तौं पुस्तासम्मका लागि भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाउन गठबन्धन होला तर देशहितमा भने गठबन्धन छैन,’ उहाँले भन्नुभयो, ‘मंसिरको चुनावमा स्वार्थको गठबन्धन र नेकपा एमाले बीचको भिन्नता छुट्टीने छ ।नेता भट्टले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सुदूरपश्चिममा गरिएका विकास निर्माणका काममा अहिलेको सरकारले पुरै बजेट कटौती गरेको भन्दै आपत्ति जनाउनु भयो ।‘सुख्खा बन्दरगाहको ठेक्काको चरणमा जाने तयारी थियो, तर यो सरकारले अहिले नीति तथा कार्यक्रममा सम्भाब्यता अध्ययनको बजेट राखेको छ, विषेश औद्योगिक क्षेत्रको पनि पुर्वाधार निर्माण आधा भईसक्ने समय हो, तर सरकारले बजेट काटि दिएको छ । मेडिकल कलेजका लागि ६ अर्वका संरचना बनेका छन, तर सरकार त्यो सञ्चालन गर्दैन,’ सचिव भट्टले भन्नुभयो । उहाँले गठबन्धनले एमालेको पालामा अघि बढाइएका बिकाशलाई अवरोध गरेको समेत बताउनु भयो ।‘गठबन्धनको सरकार नेकपा एमालेको पालामा भएका लोकप्रिय कामहरुको बजेट काटिरहेको छ, यो कुरा जनताले बुझ्न जरुरी छ,’ उहाँको भनाई थियो ।प्रशिक्षण कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सत्तारुढ गठबन्धनको मुलुक र जनताबिरोधी हर्कतलाई सञ्चार क्षेत्रले तथ्यसहित नांग्रझार पार्न ढिलाई गर्न नहुने बताउनु भयो । बतृमान गठबन्धन सरकारको रवैया आपत्तिजनक रहेको भन्दै उहाँले देशका लागि सवै पत्रकारहरु एकजुट भएरु भण्डाफोर गर्नुपर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले देशको स्वाभीमान बचाउन, राष्ट्रयताको रक्षाका लागि सबै पत्रकारहरुले एकजुट भएर लाग्न आग्रह पनि गर्नुभयो ।प्रेस चौतारी कैलालीका अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रेस चौतारी नेपालकी सचिव तथा सुदुरपश्चिम इञ्चार्ज लोकशरी कुँवर, एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य दिपक देवकोटा, सुदुरपश्चिम प्रदेशका सचिव धर्मराज पाठक, कैलालीका कार्यबहाक अध्यक्ष दुर्गा जोशी, प्रेस चौतारी कैलालीका इञ्चार्ज सुशिल ढुंगानालगायतका बक्ताहरुले बर्तमान गठबन्धन मुलुकको बिरुद्ध लागिपरेको भन्दै जनता जगाउने अभियान थाल्नुपर्ने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एशिया इन्टरनेसनल एकेडेमीको वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ उत्तर मुढास्थित एशिया इन्टरनेसनल एकेडेमीमा वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयकी संस्थापक विष्णा देवी कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष मिथुन गौतम प्रमुख अतिथि रहनुभएको थियो।...

एशिया इन्टरनेसनल एकेडेमीको वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ उत्तर मुढास्थित एशिया इन्टरनेसनल एकेडेमीमा वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयकी संस्थापक विष्णा देवी कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष मिथुन गौतम प्रमुख अतिथि रहनुभएको थियो।...

सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर

काठमाडौँ, स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

एशिया इन्टरनेसनल एकेडेमीको वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ उत्तर मुढास्थित एशिया इन्टरनेसनल एकेडेमीमा वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयकी संस्थापक विष्णा देवी कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष मिथुन गौतम प्रमुख अतिथि रहनुभएको थियो।...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।   आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

एशिया इन्टरनेसनल एकेडेमीको वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ उत्तर मुढास्थित एशिया इन्टरनेसनल एकेडेमीमा वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयकी संस्थापक विष्णा देवी कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष मिथुन गौतम प्रमुख अतिथि रहनुभएको थियो।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौँ,  काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।       सम्झौताअनुसार महानगरले...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९