Baigyanik Media

Advertisement

Skip Ad

उत्ताउला गीत संगित सहितको महंगा पहिरन र गरगहनाको प्रदर्शन नबनोस् तीज

भड्किलो नबनोस् तीज

काठमाडौं — नेपाली नारीहरुको महान पर्व हरितालिका तीज धुमधामसाथ मनाइँदैछ, जसले देश या विदेशमा बस्ने हामी नारी हरु लाई फुरुङ्ग पारेको छ, तिजको आफ्नै मौलिकता छ ।

विज्ञापन

 

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज धुमधामसाथ मनाइँदैछ, जसले देश या विदेशमा बस्ने हामी नारी हरु लाई फुरुङ्ग पारेको छ, तिजको आफ्नै मौलिकता छ, नेपाली नारीहरूको महत्वपूर्ण धार्मिक, सांस्कृतिक पर्व हो तीज, संस्कार र संस्कृतिमा निकै धनी हामी नेपालीहरूले परापूर्वकालदेखि मनाउन थालेको यो पर्वको शैली र प्रकृतिमा समयसँगसँगै केही पृथकता देखिन थालेको छ ।

 

महिला वर्गलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने प्रवृति आज पनि हट्न सकेको छैन । विगतमा त झन् महिला कुवाको भ्यागुतो समान थिए । तीज पर्वकै बेला मात्र माइतीघर जान पाउने, नयाँ कपडा लगाउन पाउने प्रचलन प्राचीन समाजमा व्याप्त थियो । वर्षदिनमा एकपटक आफू जन्मेको धर्ती टेक्न पाउँदाको खुशीमा उन्मुक्त भएर नाच्न पाउँदा उनीहरू आफ्ना पीर, व्यथा सबै चटक्कै भुल्दथे । आज समयसँगसँगै महिलाहरू शिक्षित र चेतनशील बन्दैछन् । महिला हक र अधिकारका कुराहरू दिनदिनै उठिरहेका छन् ।

 

पुरुषसरह हरक्षेत्रमा महिलाहरूले आफूलाई क्रियाशील बनाउँदै लगिरहेका छन् । आज महिलाको जीवनशैली र सामाजिक गतिविधिमा केही परिवर्तन आए तापनि तीज पर्वको सांस्कृतिक महत्व र गरिमा भने दिन प्रतिदिन व्यापक बन्दै गएको छ । तीजलाई संस्कृतमा ‘हरितालिका’ भनिन्छ । यस दिनलाई भगवान् श्रीकृष्णको न्वारनको दिनका रुपमा पनि लिने गरिन्छ । तसर्थ भाद्र शुक्ल अष्टमीका दिनमा पर्ने श्रीकृष्ण जन्माष्ठमीका दिनदेखि नै तीज पर्व सुरू भएको मानिन्छ ।

 

‘हरितालिका’ का बारेमा विभिन्न किसिमका भनाइहरू पाइन्छन् । ती भनाइहरूमध्ये एउटा यस्तो भनाइ पाइन्छ – पार्वती नाच्दा विष्णु(हरि) ले ताली बजाएकाले यस पर्वलाई ‘हरितालिका’ भनिएको हो । तीज पर्व र तीजगीतको पृष्ठभूमिका बारेमा प्रचलित अर्को यस्तो रोचक प्रसड्ड पनि पाइन्छ – सतीदेवीको लास काँधमा बोकेर शिवजीले कामरुप कामाख्यानलाई उत्पन्न गरी नेपाल भ्रमण गरेपछि पर्वतराज हिमालयकी पुत्री पार्वतीले शिवजी स्वामी पाउनका निमित्त रातभर जाग्राम बसी बेलुकी रुखमुनि दुई कोसा केरा मात्र खाई व्रत बसेकी थिइन् । सोही परम्परा अनुसार यसदिन व्रत बस्ने स्त्रीहरूले शिवजीको आराधना गरी पूजा गर्छन् । अर्कातिर पार्वतीलाई पर्वतराज हिमालयले विष्णुसँग विवाह गरिदिन खोजेको कुरा सुनेपछि उनका सङ्गिनीहरूले पार्वतीलाई शिवजीले तपस्या गरेको ठाउँमा लगिदिन्छन् ।

 

त्यही पार्वतीले तपस्या गर्दागर्दै आफ्ना आराध्य देवता शिवजीलाई पतिका रुपमा पाएपछि उनले सो कार्यमा सहयोग पुर्‍याउने सङ्गिनीहरूलाई भेला गराई नाचगान गरी भोज खुवाएकी थिइन् र सोही धार्मिक विश्वास अनुसार हिन्दू धर्मावलम्बी अधिकांश महिलाहरूले तीज गीत गाउने, नाच्ने र मीठा–मीठा परिकार खाने गर्दछन् भन्ने पनि गरिएको छ । पार्वतीलाई सङ्गिनीहरूले हरण गरी लगेका हुनाले त्यस दिनलाई ‘हरितालिका’ भनिने गरिएको हो भन्ने बूढापाकाहरूको कथन छ । यही विश्वास अनुसार श्रद्धालु महिलाहरू तीज पर्वमा नाच्ने, गाउने, रमाइलो गर्ने तथा आफ्ना साथीसङ्गी तथा चेलीबेटीहरूलाई बोलाएर मीठा–मीठा परिकारहरू बनाएर ख्वाउने गर्दछन् । यसरी तीजको अघिल्लो दिन राती खाइने चीजलाई ‘दर’ भन्ने चलन रहेको छ । व्रतालु महिलाहरूले तीजको दिन निराहार व्रत बस्दछन् र त्यसको भोलीपल्ट गणेशको पूजाआजा गरेर व्रत समापन गरेपछि मात्र खाना खान्छन् । तीज गीत भाद्र शुक्ल तृतीयाको दिन व्रत बसेका नारीहरू जम्मा भएर नृत्यका साथ गाउने गर्दछन् । उक्त दिन विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायुका लागि र अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्तिका लागि निराहार व्रत बसेर महादेव पार्वतीको पूजा आराधना गर्ने गर्दछन् ।

 

तीजलाई हिन्दू नारीहरूको महान् पर्वका रुपमा लिइन्छ र यस्ता गीतहरूमा पुरुषको कुनै सहभागिता रहँदैन । तीजका गीतहरू महिलाहरू एकआपसमा भेला भई समूहमा विभाजन भएर गाउने गर्दछन् पितृसत्तात्मक समाज व्यवस्था भएकाले नेपाली महिलाहरूले विवाह गरी श्रीमान्को घरमा जानुपर्दछ । विवाह पश्चात कर्मघर भएको चेलीले माइत आउनका लागि तीज नै कुर्नुपर्ने बाध्यता विगतमा थियो । जस्तोसुकै अप्ठ्यारोमा पनि बुहारीलाई घरबाट माइती पठाउनुपर्दथ्यो । तीजमा बुहारीलाई माइती नपठाउनेहरूलाई नराम्रो रुपमा लिइन्थ्यो विगतमा जस्तो हिजोआज माइतीले आफ्नो कामै विताएर चेलीवेटी लिन जानुपर्ने प्रचलन आज छैन ।

 

टेलिफोन लगायतका प्रविधिको सहयोगबाट बोलाइएको निमन्त्रणाबाट पनि चेलीहरू माइती आउने गर्दछन् । माइती लिन नआए घरबाट नपठाउने भन्ने चलनमा आजभोलि परिवर्तन आएको छ । यस्ता पुरातनवादी सोचहरूलाई भने समयसँगै हटाउन सकेको खण्डमा तीज पर्वको महत्व झनै बढ्दै जाने देखिन्छ । तीज र माइती बीच अन्योन्याश्रित सम्बन्ध रहने भएकै कारण होला तीजमा कामकाजी महिलाहरू पनि समय मिलाएर माइत जाने गर्दछन् । विगतमा बुहारीलाई परिवारको सदस्यका रुपमा भन्दा पनि घरका काम गर्ने मान्छेको रुपमा हेरिन्थ्यो । उनीप्रति परिवारका कुनै सदस्यहरूले माया र आत्मीयता दर्शाउँदैन थिए । बुहारीलाई खाली कर्कस गरिन्थ्यो, दुःख र पीडा दिइन्थ्यो । तसर्थ आफूले वर्षभरी भोगेका ती दुःख र पीडाहरूलाई व्यक्त गर्ने माध्यम भनेको चेलीहरूका लागि तीज नै थियो । हिजोआज त्यो सोचाइमा केही कमी आएका कारण महिलाहरू आफ्नो व्यक्तिगत दुःख र गुनासाहरू भन्दा पनि समसामयिक विषय, राजनीतिक र सामाजिक क्रियाकलापहरूलाई गीतका रुपमा प्रयोग गरेर तीज मनाउन थालेका छन् । यसबाट तीजपर्वको महत्व झनै बढ्दै गएको छ ।

 

नेपालमा तीज पर्वको महत्व त दिन प्रतिदिन बढ्दै गएको छ । वर्तमानमा लाखौ नेपाल विदेशमा छन् । नजिकको तिर्थ हेला भनेजस्तै विदेशमा आएपछि झन् हाम्रा परम्परा सस्कार र सस्कृतिमा हाम्रो मोह बढेको छ । आ नो माटोको मायाले होला जुन चाड पनि हामीले अत्यन्तै रमाइलोको साथ मनाउने गरेका छौं ने । नेपाली महिलाले मात्र मनाउने चाड तीज विश्वमा फैलाउन जरुरी पनि छ । किनकी तीज महिलाले मनाउने प्रमुख चाड हो । यस चाडको महत्वलाई विश्वव्यापीकरण गर्न एकातिर आवश्यक त छ नै अर्कातर्फ विदेशमा बसेका हामी विच तीजले नजिकता थपेको नै छ ।

 

तीज पर्व लाई नेपाली नारी दिवसको रुपमा सदियौ कदेखि मनाउन थालिएको हो। तर आज भोली तिज पर्व मौलिक संल्कृति, परम्परा र रितीरिवाज भित्रको भन्दा अली फरक बन्दै गएको छ, उत्ताउला गीत संगित सहितको महंगा महंगा पहिहन र गरगहनाको प्रदर्शन बन्दै गएको छ, तीज समानताको तीज बन्न सकोस ता की गाउँमा बसेर घाँस दाउरा, डोको नाम्लो ,ढिकी जाँतो र मेलापात गर्ने नारीको पनी तीज बन्न सकोस, तडक भडक र भड्किलो होईन, सभ्य, सरल र संस्कृतीको तीज बन्न सकोस भन्दै समस्त देश तथा बिदेशमा बस्ने आमा दिदी बहिनीहरुमा हरितालिका तीज पर्वको पावन अवसरमा यहाँहरुको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीको लागी हार्दिक मंगलमय शुभ कामना !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

किसानलाई धान काट्ने चटारो

दाङ। लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९