बौनियाँ,कैलाली – नेपाल राष्ट्रिय शिक्षक संगठनले मंगलबार बर्दगाेरिया गाउँपालिका अध्यक्षसामु विभिन्न माग राखेर एक ज्ञापनपत्र बुझाएको छ । मंगलबार संगठनका बर्दगाेरिया गाउँपालिका अध्यक्ष लगायतको समुहले बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर समक्ष विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको हाे ।
साे ज्ञापनपत्रमा बिशेषत निजी स्रोत , विद्यालय कर्मचारी र बाल बिकास शिक्षक हरुकाे सेवा सुबिधाका बारेमा गाउँपालिका लाई कार्यबिधि बनाएर सुनुवाइ गर्न आग्रह गरिएको छ । यसै गरि साेहि ज्ञापन पत्रमा गाउँ शिक्षा समिति चाडै निर्माण गर्न आग्रह समेत गरिएको छ ।साेहि अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगाेरियाले आफ्नो संगठनकाे राष्ट्रिय सर्कुलर बमोजिमको ज्ञापनपत्र समेत बर्दगाेरिया पालिका सरकारका प्रमुख कर्ण बहादुर कुवर समक्ष बुझाएको छ ।
साे ज्ञापनपत्रमा पालिका ,प्रदेश लगायत केन्द्रीय सरकारले शिक्षामा कुल बजेटकाे २०% लगानि गर्नुपर्ने कुरालाई जाेडदार रुपमा उठाइएको छ । पछिल्लो समय सरकारहरुले शिक्षा क्षेत्रमा लगानी घटाउदै लगेकाेमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आगामी दिनमा साे कुरालाई सच्चाउदै लगेर शिक्षामा २० प्रतिशत लगानी शुरक्षित गराउन पशल गर्ने कुरा उल्लेख गरिएको छ । साेहि ज्ञापनपत्रमा शिक्षामा एकरुपता हुनुपर्ने विद्यालयमा कार्यरत शिक्षक कर्मचारी संग गरिएका सम्झौता कार्यन्वयन हुनुपर्ने लगायतका लगायतका २४ बुदे माग राखिएको छ ।
ज्ञापनपत्र बुझिसके पश्चात संक्षिप्त प्रतिक्रिया दिदै बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले आफू निर्वाचित भएर आयपश्चात आफ्नो पहिलो प्राथमिकतानै शिक्षा ,स्वास्थ्य र खानेपानी रहेकाे कुरा बताउदै ज्ञापनपत्रमा समावेश गरिएका कुराहरु मध्ये पालिकाकाे बजेट र क्षेत्र भित्र पर्ने कुरहरु सम्बाेधन गर्नमा कुनै कसर बाकी नराख्ने कुरा बताउनु भएको थियो । साेहि अबसरमा गाउँ शिक्षा समितिकाे गठनको बारेमा बाेल्दै अध्यक्ष कुवँरले आफुले शिक्षा क्षेत्रका जानकारहरु संग कुरा गरिरहेकाे बताउदै चाडैनै एउटा कार्यबिधि बनाएर गाउँ शिक्षा समिति निर्माणकाे तयारी भैरहेको जानकारी गराउनु भएको थियो ।ज्ञापनपत्र बुझाइसके पश्चात् हामीलाई संक्षिप्त प्रथिक्रिया दिदै नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगाेरियाका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले ज्ञापनपत्रमा समावेश गरिएका अधिकांश मागहरु बर्दगाेरिया गाउँ सरकारले पुरा गर्नेमा बिश्वस्त रहेको बताउनुभयो ।






























































































































































