थारु संघकाे वडा कमिटी गठन/कांग्रेस परित्याग गरि पाँच दर्जन एमालेमा प्रवेश

  • नेपाली कांग्रेस पार्टी परित्याग गरि ६० जना नेकपा एमाले पार्टीमा प्रवेश
  • कैलाली – नेपाल लाेकतान्त्रिक थारु संघ बर्दगाेरिया गाउँ कमिटीकाे आयाेजनामा नेपाल लाेकतान्त्रिक थारु संघ वडा नम्बर ५ काे प्रथम वडा अधिबेशन साेमबार भुरुवामा सम्पन्न भएको छ । लाेकतान्त्रिक थारु संघ बर्दगाेरिया गाउँ कमिटि अध्यक्ष अतवारि चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले शुदुरपश्चिम प्रदेश सचिवालय सदस्य एवम् बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै कुँवरले आफू नियमित रुपमा थारु जातिको हक अधिकार स्थापनाका लागि निरन्तर लागि रहेको कुरा व्यक्त गर्दै गाउँपालिका अध्यक्षका रुपमा निर्वाचित भएपश्चात् साे कार्यले सधैं निरन्तरता पाउने कुरा बताउनु भएको थियो । साेहि अबसरमा अगाडि बाेल्दै कुँवरले आगामी मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे निर्वाचनमा नेकपा एमालेलाई निर्वाचित गराउन सफल भए मात्र देशमा परिवर्तन सम्भव रहेको कुरा व्यक्त गर्नुभएको थियो । कुँवरका अनुसार एमाले पार्टी मात्र जनताको वास्तविक सेवक रहेको बताउदै देशमा बिकास र परिवर्तन एमाले पार्टिले मात्र गर्न सक्ने कुरा बताउनुभएको थियो । साेहि अवसरमा अगाडि बाेल्दै कुँवरले गठबन्धन भनेको लुटबन्धन भएको कुरा बताउनुभयाे ।कार्यक्रममा नेकपा एमाले शुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य भाेजराज शर्मा ,जिल्ला कमिटी सचिव डेजि पाण्डे , जिल्ला कमिटीका पुर्व सदस्य भिम बहादुर कुँवर, बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गाेबिन्द बि.क, जनजाति माहासंघ प्रदेश कमिटी सचिव एवम् बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ का सदस्य रामचन्द्र कठरिया,नेकपा एमाले बर्दगाेरिया गाउँ कमिटि सचिव देबेन्द्र शाही ,नेपाल लाेकतान्त्रिक थारु संघ कैलाली क्षेत्र नम्बर १ अध्यक्ष सीताजि बाँटर, नेकपा एमालेका नेता बसन्त के.सि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।साे वडा अधिबेशनका क्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरि ६० जना नेकपा एमालेमा प्रवेश गरेका थिए । बालचन्द्र कठरियाकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन कमलदेव चाैधरीले गरेका थिए ।वडा अधिबेशनले शुसिता चाैधरीकाे अध्यक्षतामा २१ सदस्यीय नेपाल लाेकतान्त्रिक थारु संघको वडा कमिटी समेत गठन गरेको छ । याे संगै नेपाल लाेकतान्त्रिक थारु संघले बर्दगाेरिया गाउँपालिकाका सम्पूर्ण वडामा वडा कमिटीको गठन कार्य सम्पन्न गरेको गाउँ कमिटी अध्यक्ष अतवारि चाैधरीले जानकारी दिनु भएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?