बाल कल्याण संघ टीकापुरद्वारा बर्दगोरियाका २० घरपरिवारलाई फिल्टर सहयोग

बौनियाँ,कैलाली – कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा रहेको दानुवा फाटा शिविरमा बाल कल्याण संघ टीकापुर “रूपान्तरण लागि सामुदायीक संगठन सञ्जलिकरण र सहकार्य परियोजना”को आर्थिक सहयोगमा २० घर परिवारमा शुद्ध पिउने पानी फिल्टर वितरण गरेको छ ।बाल कल्याण संघ टीकापुरद्वारा संचालित उजेली समूहकी अध्यक्ष फूल कुमारी कठरियाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष जगत बहादुर शाही रहनु भएको थियो । कार्यक्रममा बोल्दै शाहीले बाल कल्याण संघ टीकापुरलाई धन्यबाद व्यक्त गरेका छन्। वडाध्यक्ष शाहीले गाउँ ठाउँ देश विकास गर्न यस्तै संघ संस्थाहरुको खाँचो रहेको समेत बताएका हुन् । कार्यक्रममा बाल कल्याण संघ लेखा संयोजक डम्मर कुडमाल विशिष्ट अतिथि रहनु भएको थियो।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि कुडमालले बाल कल्याण संघ टीकापुर नगरपालिका वडा नं १ मा रहेको यो संस्था २०५२ सालमा स्थापित भई सामाजिक क्षेत्रमा काम गर्दै आएको सस्था भएको बताउनु भयो कार्यक्रममा बोल्दै उहाँले भनु भयो दुःखमा परेका समुदाय तथा पीडामा परेका व्यक्तिहरुको सशक्तिकरण प्रक्रिया द्वारा उनीहरू स्वयं व्यक्तिहरुलाई नै आफ्ना आश्यकताहरु पूर्ति गर्न सक्षम बनाउने मुख्य कार्यबिधि द्धारा काम गरि रहेको छौ उहाँ अघि बताउनु हुन्छ बाल कल्याण संघले चार क्षेत्रमा काम गर्ने गरेको छ ।जसमा (१) सीमान्तकृत र अवसर बाट वञ्चित समुदायका सदस्यहरुको एकल र समूह गत सशक्तिकरण तथा समुदायमा आधारित सञ्जाल मार्फत क्षमता गर्ने काम गरको समेत बताउनु भयो ।(२) सचेतना अभिवृद्धि, क्षमता विकास,सहभागिता पोत्साहन र स्वास्थ्य सेवामा पहुंच बृद्ध गरि समुदायका सदस्यहरुको स्वास्थ्य विकास गर्ने काम गर्दै आएको समेत बताउनु भयो ।(३) बालबालिका सवाङगिग विकास र समृद्धिको तथा सामुदायीक शान्ति प्रबंधन गर्ने गर्दै आएको समेत बताउनु भयो।(४) रूपान्तरण मुखी विकास कार्य गर्नकालागि समुदायमा आधारित संस्थाहरुले सवलीकरण र क्षमता विकाश गर्दै आएको समेत बताएका थिए ।शुद्ध खाने पानी फिल्टर वितरण कार्यक्रममा सुपर भाईजर मिना खनाल,बाल कल्याण संघकी सहजकर्ता कमला उपाध्याय,शुद्ध खाने पानी फिल्टर व्यावसायिक प्रेम सिंह ठकुरी र गाउँका भलभान्सा मसुरा चाैधरीले लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य उजेली समूहकी सचिव दीपा डगौराले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालक बाल कल्याण संघकी सहजकर्ता बसन्ती गिरीले गर्नु भएको थियो ।कार्यक्रममा बाल कल्याण संघ टीकापुरद्वारा शुद्ध पिउने पानी फिल्टर संस्थाले ५७ हजार २ सय चालीस बराबरको आर्थिक सहयोग गरेको छ भने उजेली समूहले ४० हजार बराबरको आर्थिक सहयोगमा २० घर परिवारमा शुद्ध पिउने पानी फिल्टर वितरण गरिएको हो ।दानुवा फाटा गाउँमा केही वर्ष अगाडि कुवाको पानी खाने गरेको र अहिले नलकाको पानी पिउने गरेको र नलका बाट बालुवा आउने समस्या सगै भाडा रातो हुने समस्या रहेको स्थानियहरु बताउँछन् । गाउँमा शुद्ध पिउने पानी फिल्टर बाल कल्याण संघले सहयोग गरे पछि स्थानिय बासिन्दाहरू खुशी भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...

लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।   आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

ग्लोबल आइएमई लघुवित्तद्वारा बर्दगोरियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

राष्ट्रिय समाचार समिति (रासस) जुम्ला, ५ चैतः जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९