कार्तिक ८ कैलाली-माेहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसाैनामा रहेको माेहन्याल युवा क्लबको आयाेजनामा पहिलो माेहन्याल खुल्ला भलिबल र हाजिरीजवाफ प्रतियोगिता २०७९ आयाेजना हुने भएको छ ।
कार्तिक ११ गते बाट १५ गते सम्म सञ्चालन हुने भलिबल प्रतियोगिताकाे बिजेताले पुरस्कार स्वरुप नगद ७५,०४१ पाउँदा दाेस्राे हुने टिमले पुरस्कार स्वरुप नगद ४१,०४५ पाउने प्रतियोगिता आयाेजक क्लबका सचिव भरत कुमार शाहीले जानकारी दिनु भएको छ । त्यस्तै भलिबल खेलकाे उत्कृष्ट खेलाडीले नगद ५,००१ पुरस्कार प्राप्त गर्नेछन् ।यस्तै साेहि अबधिमा १४ गते सञ्चालन हुने खुल्ला हाजिरीजवाफ प्रतियोगिता काे बिजेताले पुरस्कार स्वरुप नगद ३०,००१ पाउँदा दाेस्राे हुने टिमले नगद १५,००० पुरस्कार पाउने आयाेजक क्लबले जानकारी दिएको छ । हाजिरीजवाफ प्रतियोगितामा तीन जनाको टिममा एक जना महिला अनिवार्य हुनुपर्ने प्रतियोगिता संयाेजक खेम बहादुर बस्नेतले जानकारी दिनु भएको छ । साे प्रतियोगिता लाई सफलता पुर्वक सम्पन्न बनाउन विभिन्न पाच ओटा उपसमितिहरु गठन गरिएको आयाेजक क्लबका अध्यक्ष गाेर्ख बहादुर बाेहरा (सागर)ले बताउनु भएको छ ।




















































































































































