
कैलाली । कैलाली जिल्लाकाे माेहन्याल गाउँपालिका वडा नम्बर २ बस्ने शिवराज सुनारी मगरले पाेखरामा सम्पन्न ९ औ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । मगरले उसु तर्फकाे ५२ के.जि ताैल समुहकाे सान्साै तर्फकाे स्पर्धामा उत्त रजत पदक जितेको उहाले जानकारी दिनु भएको छ ।
शिवराज सुनारी मगरले राष्ट्रिय प्रतियोगितामा रजत पदक जितेको कुराकाे जानकारी आफुहरुले ढिलाे गरी प्राप्त गरेकाे बताउदै माेहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर)ले पालिकाले मगरलाई उचित सम्मान गर्ने जानकारी वैज्ञानिक मिडियालाई दिनु भएको हो ।शिवराज माेहन्याल गाउँपालिका वडा नम्बर २ पण्डाैन भालुछडाका स्थायी बासिन्दा हुनुहुन्छ । सम्मानकाे बिषयमा हामी संग कुरा गर्दै माेहन्याल गाउँपालिका उपाध्यक्ष कमल बहादुर साउँदले पालिका सधैं खेलाडी र युवाकाे पक्षमा रहेको कुरा बताउदै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्ने कुरामा कहिले पछाडि नपर्ने कुराकाे जिकिर गर्नु भएको छ ।