आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण, कस्तो रहन्छ प्रभाव ?

नेपाली पञ्चाङ्गअनुसार आज अर्थात कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएर बेलुका ६:३४ मा समाप्त हुनेगरी अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्नेछ।

आजको चन्द्र ग्रहण मुख्यतः उत्तरी-पूर्वी यूरोप, एशिया, अस्ट्रेलिया, प्रशान्त महासागर, हिन्द महासागर, उत्तर अमेरिका र दक्षिण अमेरिकाको अधिकांश भागबाट देखिन्छ।

आजभन्दा ४७ वर्षअगाडि २०३२ सालको कार्तिक पूर्णिमामा आजै जस्तो मंगलबारकै दिन खग्रास चन्द्रग्रहण देखिएको थियो। त्यो बेला वृष राशिको कृतिका नक्षत्रमा तथा यसपालि मेष राशिको भरणी नक्षत्रमा। त्यो बेला ग्रस्तास्त वा ग्रस्तोदित थिएन यसपालि भने ग्रस्तोदित चन्द्रग्रहण हाम्रो देशबाट देखिने छ। र आउने सन् २०४० मा पनि कार्तिक पूर्णिमाको दिन वृष राशिको कृतिका नक्षत्रमा लाग्ने खग्रास चन्द्रग्रहण देखिनेछ।

त्योभन्दा अगाडि कार्तिक पूर्णिमाको दिन हाम्रो देशबाट कुनै चन्द्रग्रहण देखिने छैन। अब नजिकै अर्को वर्ष कार्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण र त्यसपछि ८२ सालको भदौ २२ गते मात्र एशियालगायतका देशबाट पूर्ण खग्रास चन्द्रग्रहणको दर्शन हुनेछ।

सामाजिक प्रभाव:

संहिता ज्योतिषको क्षेत्र भूगर्भबाट अन्तरिक्षसम्म छ। यसभित्र हुनेवाला परिवर्तन र त्यसका परिणामको निरूपण संहिता स्कन्धले गर्छ। विगतमा योभन्दा अगाडि लगातार ७६,७५ र ७४ सालमा हाम्रो देशबाट देखिएका चन्द्रग्रहणको बारेमा ग्रहण लागेकै दिनहरूमा सेतोपाटीमा प्रकाशित लेखहरू पनि पाठकहरूले अध्ययन गर्न सक्नुहुनेछ।

ती लेखहरूमा ग्रहणको विषयमा भूमण्डलमा पर्नसक्ने प्रभावहरूको बारेमा विस्तृतमा जानकारी गराइएको थियो।आजको यस चन्द्र ग्रहणको फलादेशमा संहिता ज्योतिषमा उल्लेख भएका सामुहिक रुपमा सजगता अपनाउनुपर्ने भूमण्डलमा पर्नसक्ने केही विशेष प्रभावहरू यसप्रकार छन् –

ग्रस्तोदित र ग्रस्तास्तको फल :

बृहत संहितामा भनीएको छ-यदि सूर्य वा चन्द्रमा ग्रहणको दौराननै अस्त वा उदित भएमा अर्थात् ग्रस्तोदित वा ग्रस्तास्त ग्रहण हुँदा जाडो महिनामा हुने फसलको हानी हुन्छ। यस्तो स्थितिमा ग्रहण देखिने ठाँउका देश वा प्रदेशका शासकलाई कष्ट हुन्छ।

यदि सूर्य वा चन्द्रमामाथि ग्रहणको समय शनि वा मंगलको दृष्टि परेको छ र तिनको सर्वग्रास ग्रहण भएमा अकाल र जनहानिको योग हुन्छ। विगतमा यो भन्दा ५ वर्षअगाडि ७४ माघको खग्रास र त्योभन्दाअगाडि ७१ सालको साउन र चैत महिनामा नेपालबाट देखिएका दुवै खण्डग्रास चन्द्रग्रहण ग्रस्तोदित थिए। नजिकै १५ दिन अगाडि यहीँ कार्तिकमा देखिएको खण्डग्रास सूर्यग्रहण पनि ग्रस्तास्त थियो। २०६२ सालमा २ ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण र एउटा ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण देखिएको थियो।

अयनबाट ग्रहण फल :

चन्द्रमा हरेक महिनामा दुई अयनमा हुन्छ। अतः मकरबाट मिथुनसम्मको राशिमा गोचर भएको चन्द्रमा उत्तरायणमा र कर्कटबाट धनुसम्मको गोचरकालमा दक्षिणायनमा हुन्छ।

मेष राशि उत्तरायनमा पर्ने राशी हो। द्विजनृपतीनुदगयने हन्ति। अर्थात् सूर्य वा चन्द्रमा आ–आफ्नो उत्तरायणमा ग्रस्त छ भने उच्चवर्ग, शासकवर्गा, ठूला नेताहरु र शासनका लागि अशुभ हुन्छ। ग्रहणादि संहितातत्वको फल त्यस वर्गलाई धेरै प्राप्त हुन्छ, जसको कुशल वा कष्ट सामान्य जनको कष्ट वा कुशलताको कारण बन्छ।

महिनानुसार ग्रहणफल

जुन चान्द्रमासमा ग्रहण छ, त्यस महिनानुसार फल यस्तो छ – कार्तिक महिनामा ग्रहण हुँदा – अग्निजीवीहरूलार्इ कष्ट हुनसक्छ। भारतको बिहारमा पर्ने मगध देश, पूर्वी प्रदेशका अधिपति, कोसल प्रदेश (अयोध्या), शूरसेन प्रदेश (मथुरा) र काशीमा निवास गर्नेले विशेष सजगता अपनाउनुपर्ने हुन्छ।

भारतको उडीसा प्रदेश, मन्त्री र सचिवहरू तथा प्रायः देश एवं प्रदेशका अधिपति सर्वोच्च शासकहरू मुख्यमन्त्री आदिले विशेष सजगता अपनाउनुपर्ने प्रभाव बुझिन्छ। वर्षा र कृषि उब्जाउका लागि कार्तिक महिनाको ग्रहण शुभ मानिएको छ।

राशि अनुसार ग्रहणफल :

मेष राशिमा ग्रहण लागेमा – शस्त्रधारी सैनिक, पुलिस, सेना, अर्धसैनिक बल, शस्त्र विनियमन विभागमा हल्लीखल्ली, अग्निबाट रोजगारी चलाउने मान्छेहरु जस्तै सुन आदि धातुलार्इ आगोले पगाल्ने खालका, ग्याँस संयन्त्र, होटल, अग्निको स्थान जस्तै थर्मल पावर, विद्युत प्राधिकरण आदिमा कष्टको उदय र बिजुलीको कमी हुन सक्ने मानिन्छ।

ग्रहण लाग्ने नक्षत्रको कारक क्षेत्र र दिशामा पनि कष्ट हुने मानिन्छ। जस्तै भरणी नक्षत्रको कारक क्षेत्र – हत्या, बलात्कार, डकैती, रगत, मासु, हिंसा, ह्रिंसक व्यक्ति, सबै प्रकारका अपराध, स्वार्थीपना, दलित वर्ग, खाद्य सामग्रीहरूको कारक मानिन्छ। पृथ्वी कूर्ममा भरणी नक्षत्र उत्तर पूर्वको पूर्वीय दिशामापर्ने नक्षत्र भएकाले पूरै विश्वको र ग्रहण देखिने देश एवं प्रदेशहरूको पूर्व र्इशान दिशातर्फ अलि सजगता अपनाउनुपर्ने बुझिन्छ ।

 

ग्रहण कालमा चन्द्रमाथि ग्रह दृष्टि फलः

यस पटक ग्रहण लाग्ने ग्रह चन्द्रमालाई तुला राशिमा बसेको बुध र शुक्रको पूर्ण सप्तम दृष्टि र मकरमा बसेको शनिको भने पूर्ण नभएर २ चरणको चौथो दृष्टि परेको देखिन्छ।

पश्यन् ग्रस्तं सौम्यो घृतमधुतैलक्षयाय राज्ञां च। अर्थात् बुधको दृष्टि पर्दा – मन्त्रीहरुलाई कष्ट, घ्यू तेल आदिको कमी। शुक्रः सस्यविमर्द नानाक्लेशांश्च जनयति धरित्र्याम् । अर्थात् शुक्रको दृष्टि पर्दा – उब्जाउ र उत्पादनमा कमी, अनेक प्रकारको क्लेश । रविजः करोत्यवृष्टिं दुर्भिक्षं तस्करभयं च । अर्थात् शनिको दृष्टि पर्दा –वर्षामा कमी, अपराधमा अप्रत्याशित वृद्धि, दुर्भिक्ष यानी

अनिकालको सम्भावनाः

ज्योतिषशास्त्रमा प्राचीन ऋषिहरूले गरेका अनेक प्रकारका संकेतको विचार गर्दा कुनै एक प्रकारको मात्र अशुभ प्रभावभन्दा धेरै प्रकारका अशुभ प्रभाव जुधेको खण्डमा भूमण्डलमा ठूला अशुभ र अप्रिय मानिने घटनाहरू घट्ने गरेको देखिन्छ।

यो वर्षको राजा शनि हुनु, मंगल बक्री भएर मिथुनबाट वृषमा आउनु, यो वर्षको उत्तरार्धमा स्तम्भ र आर्षमानको प्रभाव कमजोर हुनु विशेषगरी आजको कार्तिक पूर्णिमा र कृतिका नक्षत्रको संयोगले विचार गरिने चौथो आर्षमान अति कमजोर हुनु शुभ होइन।

यो वर्ष गर्मी हुनुपर्ने जेठ महिना ऋतुको धर्म विपरित जाडो हुनु लगायतका लक्षणहरू पनि विचार गर्दा आउने नजिकैका ६ महिना माथि उल्लेख भएका लगायत सबै पक्षले हेलचेक्र्यार्इ नगरी सबै दृष्टिकोणले विशेष सजगता अपनाउनु राम्रो रहन्छ।

निर्णयसिन्धुलगायतका धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार राहुले सूर्य अथवा चन्द्रमालाई ग्रस्त बनाउँदा सबै वर्णका मानिसलाई सूतक लाग्छ। ग्रहणको बेला पकाइएको अन्न भोजन गर्न हुँदैन। ग्रहणमा सबै वर्णका मानिसले स्नान गर्नुपर्छ। जसले ग्रहणले छाडेपछि स्नान गर्दैन त्यो मानिस अर्को ग्रहणस्नान नगर्दासम्म आशौचमा रहन्छ।

ग्रहणको ग्रस्यमान समयमा स्नान, ग्रस्तकालमा होम, र (मोक्ष) मुक्तिको समीपमा दान र ग्रहण मोक्ष कालमा स्नान गर्नुपर्छ। ग्रहणारम्भदेखि ग्रहण समाप्ति पर्यन्त कालसम्म जप र देवार्चन प्रभृति अनुष्ठान पनि गरिनुपर्छ।

वैज्ञानिक दृष्टिले पनि प्रतिक्षण प्राप्त हुने सूर्य एवं चन्द्र किरणहरूका अग्नि सोम रसहरूको ग्रहणकालीन अवरोध, मानव जीवनको सञ्जीवन तत्वहरूमाथि दुष्परिणामको हेतु हुने गर्छ। अतः यस्तो समयमा स्नान क्रियाले ग्रहणकालीन सञ्जीवन अवरोध क्षतिको परिपूर्ति जल तत्वद्वारा नै गरिनुपर्छ।

ग्रहण लागेको बेला मानिसहरूले सांसारिक प्रपञ्चका अरू काम रोकेर ईश्वरको आराधना, दान, पुण्य, पूजा-पाठ आदि धार्मिक कृत्य गरी क्षीण भइरहेको प्राणशक्तिलाई स्थिर राख्नु परमकर्तव्य हुनआउँछ। अन्यथा ग्रहणको दुष्प्रभावबाट उत्पन्न हुने रोग-व्याधि भोग्नुपर्ने हुन्छ।

ग्रहणको सूतक विचार- 

चलनको पात्रोहरूमा बिहान सूर्योदय ६:२० मा सूर्यास्त १७ :१३ मा र त्यसैगरी ग्रहण सूतककालको आरम्भ समय ९ घन्टाअगाडि बिहान ८:११ बजेदेखि भनेर उल्लेख छ। विचार गर्दा वास्तवमा सोमबार बिहान ९ बजेपछि मात्र ग्रहणको सूतक प्रारम्भ हुनुपर्ने बुझिन्छ। किनकि शास्त्रमा घन्टा हैन प्रहरको उल्लेख छ।

निर्णयसिन्धु ग्रन्थमा भनिएको छः चन्द्रग्रहण जुन प्रहरमा हुने निधो गरिएको हुन्छ त्योभन्दा तीनप्रहर अघि र सूर्यग्रहण जुन प्रहरमा लाग्ने निधो गरिएको हुन्छ त्योभन्दा चारप्रहर अघि बालक, वृद्ध, रोगी,स्त्री र आतुर बाहेक अरूले भोजन गर्न हुँदैन।

जस्तै ग्रहण लाग्ने दिनको दिनमान १० घन्टा ५३ मिनेटलाई ४ भाग गर्दा २ घन्टा ४३ मिनेट १५ सेकेन्डको एक भाग यानी चारप्रहर मध्ये एक प्रहरको समय हुन्छ।

Baigyanik media

baigyanik media

२:४३:१५x३ = ८:९:४५। सूर्यास्त हुने समय १७ :१३ मा ८:९:४५ घटाउँदा ९:०३:१५ हुन्छ। ग्रहण प्रारम्भ हुने समयबाट घटाउँदा २ मिनेट कम यानी आज कमसेकम ९ बजेर १ मिनेटपछि मात्र ग्रहणको सूतक प्रारम्भ हुने प्रस्ट बुझिन्छ। दिनमान १२ घन्टा भएको खण्डमा ९ घन्टा अगाडिबाट सूतक सुरु हुनु स्वभाविक मानिन्थ्यो तर दिनमान १० घन्टा ५३ मिनेट मात्र छ ।

स्रोत: सेतो पाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला,  जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।   उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको...

लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा (सुनसरी),  सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।     नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

राष्ट्रिय समाचार समिति (रासस) जुम्ला, ५ चैतः जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९