ग्राण्डी र नर्भिकअस्पतालमा काम गर्ने डाक्टरसँग बिहे गरेकी नेहा चौधरीको भित्रि कथा यस्तो रहेछ

काठमाण्डौ – ग्राण्डी र नर्भिकअस्पतालमा काम गर्ने डाक्टरसँग बिहे गरेकी नेहा चौधरीको भित्रि कथा यस्तो रहेछ।निर्वाचन आयोग द्वारा मतदाताहरुमा अनुरोध। माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन् महोत्तरी औरहीकी नेहा चौधरीले ।काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा उनको महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँग प्रेम सम्बन्ध भयो । पंकज एमबीबीएस डाक्टर थिए ।प्रेम जीवन्त बनाउन उनीहरुले बिहेका लागि आफ्ना घरपरिवारसँग कुरा गरे । दुवैले एक अर्कालाई मन पराएको हुनाले घरपरिवारले सम्बन्ध सहजै स्वीकार गर्‍यो । मन पराएको मान्छेलाई श्रीमानको रुपमा पाउँदा नेहाको खुसीको सीमा थिएन ।नेहाका ससुरा रामप्रवेश चौधरीले विवाहका लागि नेहाको परिवार समक्ष पंकजलाई डाक्टरी पढाउन लागेको सबै खर्च व्यहोर्नुपर्ने शर्त राखे ।नेहाका अनुसार बुवा सुरेश चौधरीले पंकजको परिवारलाई ५१ लाख रुपैयाँ दिए ।पकजको परिवारले इंगेजमेन्टका लागि लगन निकाल्यो । पंकजको परिवारले बर्दिबासको गुञ्जा होटलमा इंगेजमेन्ट गर्ने भन्यो ।२०७७ फागुन ६ गते उनीहरुको इंगेजमेन्ट भयो । इंगेजमेन्ट भएको एक वर्षपछि २०७८ फागुन २५ गते नेपाली धार्मिक परम्परा अनुसार उनीहरुले जनकपुरको राजदरबार होटलमा धुमधामसँग विवाह गरे ।नेहाका अनुसार विवाहमा २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान दिँदा करिब १ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो ।श्रृङ्गारका सामानको पसल चलाउने सुरेशको आर्थिक अवस्था छोरीको विवाहमा करोडौं खर्च गर्ने थिएन । तर छोरीले मन पराउने, माया गर्ने बताएपछि उनले एक ठाउँको घर र दुई ठाउँको जग्गा बेचेर विवाह खर्च जुटाएका थिए ।विवाहका लागि दिइएको नगद र सरसमान पंकजको परिवारको इच्छा अनुसारकै थियो ।विवाहमा करोड बढी खर्च लागे पनि नेहा–पंकज निकै खुसी थिए । उनीहरुको तीन वर्षदेखिको सपना पूरा भएको थियो ।श्रीमान एमबीबीएस डाक्टर । काठमाडौंको नामी अस्पताल ग्राण्डी र नर्भिकमा काम गर्ने ।हुनेखाने खानदान, जेठाजु–जेठानी अमेरिका । नेहालाई कुनै चिन्ता थिएन ।विवाहको दुई महिनासम्म घर परिवार तथा पंकजले राम्रै व्यवहार गरेका थिए । तर दुई महिनापछि पंकजको परिवारका सदस्यले नेहालाई मानसिक तनाव दिन थाले । ‘तेरो विहेका कारण अमेरिकामा रहेका मेरा छोरा बुहारी आउन पाएनन् ।बिहे सोचेको जस्तो भएन । तैले गर्दा मेरो परिवार एक हुन सकेन’, सासु गोदावरी देवी चौधरीले भन्थिन् ।विवाह भएको दुई महिनापछि सासु–ससुरा अमेरिका गए । श्रीमान कामका लागि काठमाडौं फर्किए । बिहेअघि नेहाले आफू पनि श्रीमानसँगै काठमाडौंमा बस्ने र पढाइलाई निरन्तरता दिने बताउँदा पंकजले स्वीकार गरेका थिए ।

तर पंकज काठमाडौं फर्किँदा नेहालाई महोत्तरीमै छाडेर फर्किए । सम्झाइ बुझाइ गर्नुको साटो ‘मैले तलाई काठमाडौंमा राख्न बिहे गरेको होइन, घरमा बाआमाको स्याहार गर्नलाई हो’, भनेर ध’ म्क्याएको नेहाले बताइन् ।नेहा पंकजकी बहिनी रेखासँग महोत्तरीमै बस्न थालिन् ।

रेखाले हरेक दिन आफ्नो बारेमा सासुससुरा र पंकजलाई अनर्गल कुरा लगाउने गरेको नेहा बताउँछिन् ।पंकज घर फर्किँदा नेहाले आफूलाई पनि काठमाडौं लैजान आग्रह गर्थिन् । तर पंकजले आग्रह सुन्नुको साटो नेहालाई गाली गलौज गरेर हातपात गर्थे ।

‘बुबाआमालाई भनेर काठमाडौंमै घर किन, अनि सँगै राखौंला भन्नुहुन्थ्यो’, नेहाले भनिन्, ‘एक दुईपटक त मेरो भाइ र आमालाई पनि पंकजले यो कुरा मेरै समक्षमा भन्नुभएको छ ।’घरमै बस्दा पनि नन्द र सासुले आफूमाथि शंका गरेर तनाव दिएको नेहा बताउँछिन् ।

घरमा नन्द र सासु ससुराले तनाव दिन थालेपछि उनले श्रीमानलाई काठमाडौं लैजान फेरि आग्र्रह गरिन्, कलेज भर्ना गरिदिन भनिन् । तर पंकजले किन पढ्नुपर्‍यो भन्दै गाली गरेको नेहा सुनाउँछिन् ।‘कलेज पढ्छु भन्दा किन पढ्नुपर्‍यो, काठमाडौं लैजानुस् भन्दा तेरो बाउले घर किनेर राखेको छ र भनेर उल्टै गाली गर्नुहुन्थ्यो’, नेहा भन्छिन् ।

घरमा सासुले उनलाई मोवाइल चलाउनसमेत रोक लगाएकी थिइन् । पंकज बिदामा घर आउँदा नेहासँग राम्रोसँग बोल्दैनथे । कुटपिट र यातना उस्तै थियो । पंकजको कुटाइबाट नेहाको पिसाबबाट रगत बग्न थाल्यो । तर रगत बगेको कुरा सुनाउँदा सासुले हाँसेर उडाएको र पंकजले पनि वास्ता नगरेको नेहाले बताइन् ।

पीडा सहन नसकेपछि माइती पुर्‍याइदिन आग्रह गर्दा पंकज र उनकी आमाले नेहाको बाआमालाई फोन गरेर ‘तपाईंकी छोरी पागल भइसकी घर लैजानुस्’ भनेको उनले बताइन् ।त्यसपछि आमा र भाइ आएर नेहालाई माइती लिएर गए । त्यहीँबाट मेडिकल गइन् ।

मेडिकलले उपचार गर्न नसक्ने बताएपछि उनी जनकपुरको अस्पताल गइन् । चिकित्सकले एक साता अस्पताल बसेर उपचार गर्न सुझाव दिए पनि परिवारको डरले भर्ना हुन नसकेको नेहा बताउँछिन् ।‘दुई हप्तासम्म दिनको दुईवटा सुई र औषधी लिएर बाँचेकी हुँ, मलाई पंकज र उसको घरपरिवारले पागल करार गरेर मार्न खोज्यो ।

मन मुटु दिई जिन्दगी सुम्पिएको मान्छेले धोका दियो । मेरो संसार अँध्यारो बनायो’, नेहाले भावुक हुँदै सुनाइन् ।नेहा माइतीमै बसिरहेकी थिइन् । पंकजले फोन गरेर घर जान भने । नेहाले काठमाडौंबाट फर्किँदा आफ्नो माइतीमा पस्न भनिन्, त्यसपछि सँगै जाने बताइन् ।

पंकजले मानेनन्, उल्टै नेहाका बाआमालाई फोन गरेर ‘तिम्री छोरीलाई घरभित्र पस्न दिन्न’ भने ।सासु र ससुराले नेहाको माइतीबाट उनको रिपोर्ट र औषधीसमेत मगाए । केको औषधी खान्छेस् भनेर सासु र पंकजले झम्टिए ।पंकजको कुट्दा एक दिन नेहाले मलाई कुटाइ खाएर मर्नु छैन प्रहरीलाई खबर गर्छु भनिन् ।

त्यसपछि झन् अर्धचेत हुने गरी कुटिइन् । हात बाँधेर ताल्चा लगाएर कोठाभित्र थुनिदिएको नेहा बताउँछिन् । पंकज र उनकी आमाले नेहाकी आमालाई फोन गरेर तपाईंकी छोरी लैजानुस् भने ।आमा र भाइ आएर नेहालाई लिएर गए । माइती पुगेपछि उनले प्रहरीसमक्ष गई पंकजविरुद्ध ४ कात्तिकमा घरेलु हिंसाको निवेदन दिइन् ।

चार दिनपछि प्रहरीले छलफलका लागि पंकज र नेहालाई बोलायो । पंकजले प्रहरीसमक्ष नै नेहालाई राख्न सक्दिन, सम्बन्ध विच्छेद गर्छु भने ।नेहाले सम्बन्धबिच्छेद चाहेकी थिइनन् । उनले पंकजको खुट्टा ढोगेर बिन्ती बिसाइन् । पंकजले प्रहरीकै सामु नेहालाई कुटपिट गरे, कुनै हालतमा घर नलैजाने बताए ।

प्रहरीले पंकजलाई दुई दिन थुनामा राख्यो । उनले २० मंसिरपछि नेहालाई घर लैजान्छु भनेपछि प्रहरीले पंकजलाई छाडेको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले नेहाले पंकज विरुद्ध घरेलु हिंसा विरुद्धको जाहेरी दिएको बताए । ‘घरेलु हिंसाको मुद्दा दर्ता भएपछि हामीले पंकजलाई दुई दिन थुनामा राखेका हौं ।

नेहालाई घर लैजान्छु भनेपछि छाडेका हौं’, उनले भने, ‘केटीपक्ष मिलापत्र गर्न तयार छ, तर पंकज र उसको परिवारले मानेको छैन ।’थु’नामुक्त भएलगत्तै पंकजले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे । ‘मैले दुःख पीडा सहे पनि मिल्न खोजेकी थिएँ ।

२० गते पछाडि घर लैजान्छु भनेर पंकजले जिन्दगीबाट निकाल्न खोजेका रहेछन्’ नेहाले भनिन् ।नेहाले पनि पंकजविरुद्ध अंशमुद्दा दिइन् । तर, नेहाले मुद्दा दर्ता गर्नु भन्दा अघि नै पंकजका बाबुले सबै सम्पत्ति छोरीहरुको नाममा बकसपत्र गरिदिएको नेहा बताउँछिन् ।

‘सम्पत्तिको लालचले मैले मुद्दा दर्ता गरेकी होइन । कुनै विकल्प नभएपछि यहाँसम्म पुगेकी हुँ’, नेहा भन्छिन् ।पढेर बैंकमा काम गर्ने सपना थियो नेहाको । तर अहिले न उनको पढ्ने रहर पूरा भएको छ । न त माया गरेको मान्छेसँग सुन्दर संसार बसाउने नै ।

उनले आफूमाथि अन्याय भएको भन्दै शुक्रबार दिउँसो साढे ११ बजे फेसबुकमा लामो स्टाटस लेखेकी छन्, जसले सामाजिक सञ्जालमा धेरै चर्चा पाएको छ ।पंकजले भने नेहाले आरोप लगाए अनुसारको घटना नभएको दावी गरेका छन् । उनले भने, ‘नेहाले बाहिर भनेको, फेसबुकमा लेखे अनुसार घटना भएको छैन, अदालतमा र प्रहरीमा मुद्दा चलिरहेको छ, म यस विषयमा थप केही बोल्दिन ।’अनलाइन खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९