वृद्ध दम्पतीको हत्याले गाउँ नै शोकमा

दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ/सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्काेघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ । वृद्ध दम्पतीको हत्यापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ को आहाले गाउँ नै शोकमय बनेको हो । ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर सोमबार बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए । विष्णुबहादुरलाई घर बाहिर खाटमा सुतिरहेकै अवस्थामा निधारमा तिखो हतियार प्रहार गरेर एकै झड्कामा प्राण लिएको देखिन्छ भने निरमायालाई घरभित्रै लछारपछार पार्दै पिटीपिटी हत्या गरेको घटनास्थलको दृष्यले देखाउँछ । घटनास्थल पुगेर फर्किएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री भन्नुहुन्छ, “हत्या नै भएको हो भन्ने आधार छन्, बोझिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । के कारण हत्या भयो भन्ने कुरा हामी अनुसन्धानमै छौँ ।” यी दम्पतीको एक छोरा एक छोरी छन् । छोरा बुहारी नै काठमाडौँमा डेण्टल क्लिनिक चलाएर बस्छन् ।

 

छोरी ज्वाईँको पनि आफ्नै व्यवसाय छ । शुक्रबार साँझ छोरा कुमारले फोन गरेर स्वास्थ्य चेकजाँचका लागि आमाबुबालाई काठमाडौँ बोलाउनुभएको पनि रहेछ । आमाले अहिले केही समस्या छैन, केही दिनमा काठमाडौँ आउँछु भन्नुभएको रहेछ तर, त्यही शुक्रबार साँझको फोन वार्तालाप नै अन्तिम बन्यो । “शुक्रबार साँझ ७ः३० बजेतिर कुरा गरेको थिए । शनिबार विश्वकप हेर्न लागेकाले गर्दा कुरा गर्ने मेसो मिलेन । आइतबार साँझ फोन गर्दा फोन उठेन, केही बेरमा आमाको मोबाइल अफ भयो”, विष्णुबहादुर र निरमायाका छोरा कुमारले भन्नुभयो, “हत्यारा पत्ता लगाएर कानुनअनुसार कारबाही गरियोस् ।” छोरा कुमारसँगको कुराकानीअनुसार सधैँजसो आमाबुबाको छोरासँग फोनमा कुराकानी हुन्थ्यो । सन्चो विसन्चोको कुरा हुन्थ्यो । पटकपटक काठमाडौँ आएर बस्नुस् भनेर छोरा कुमारले भन्नुभएको पनि रहेछ । “तर, बूढाबूढी हामी गाउँमै बस्छौँ भन्थे र त्यही झुप्रो घर छोड्न मान्नुभएन”, कुमारले भन्नुभयो, “आज यस्तो भोग्नुप¥यो ।” शुक्रबारको कुराकानी पछि शनिबार छोरा कुमारले फोन नै गर्नुभएन । आइतबार साँझ फोन गर्दा पहिलोपटक फोन उठेन ।

 

केहीबेरपछि फोनको स्विच अफ भन्यो । कुनै कारण फोन अफ भयो होला भन्ने सोचे र छोरा कुमारले त्यति खोजी गर्नुभएन । एक्कासि सोमबार बिहान टेलिफोनमार्फत घटना सुनेको कुमारले सुनाउनुभयो । उहाँले भन्नुभयो, “हतारिएर घर आइपुग्दा प्रहरी र स्थानीयले घर छेकेर बसिरहेको रहेछ ।” आइतबार यी दम्पतीलाई छिमेकीले पनि कसैले ख्याल राखेनन् । घरबाहिर पनि देखिएन । सधैँजसो गोठालो जाने, घाँस काट्न जानेसँग पनि आइतबार यी दम्पतीको भेट भएन । आइतबार पनि नभेटेका छिमेकीले सोमबार बिहान घाँस काट्न जाने बेला बोलाउन घर पुग्दा मात्रै दम्पतीलाई मृतावस्थामा फेला पारेको पहिलोपटक घटनास्थल पुग्ने बताउँछन् । प्रहरीको प्रारम्भिक अनुसन्धान, छोरासँग फोनमा भएको कुराकानी र छिमेकीसँगको कुराकानीअनुसार शव सोमबार बिहान भेटिए पनि घटना शनिबार राति नै भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

 

विष्णुबहादुर हुलाक कार्यालयको जागिरबाट पेन्सनवाला हुनुहुन्थ्यो । भूकम्पपछि जस्ता र काठको फल्याकले बारेको छाप्रो घरमा नै विष्णुबहादुरको दम्पतीको दैनिकी चलेको थियो । छिमेकीका अनुसार विष्णुबहादुर सधैँजसो घर बाहिर पिँढीमा रहेको खाटमा नै सुत्नु हुनेरहेछ । घटना भएको रात पनि त्यही खाटमा मृत भेटिएको हो । गाउँकै सोझा र भलाद्मी मानिने विष्णुबहादुर दम्पतीको हत्याले अहिले गाउँ नै शोकमा परेको छ । मङ्गलबार परिवारले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जाहेरी दिएका छन् । घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानको टोलीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान गरेको छ ।

 

घटना भएलगत्तै गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी निरीक्षक रमेश थापासहितको प्रहरी टोली अहिले पनि घटनास्थलमै बसेर घटनाको सूक्ष्म अध्ययन गरिरहेको छ । सोमबार राति सदरमुकाम धादिङबेँसी ल्याइएको दम्पतीको शव मङ्गलबार दिउँसो परीक्षणको लागि काठमाडौँ लगिएको छ । वृद्ध दम्पती मात्रै बस्दै आएको घर यतिबेला सुनसान छ । उनीहरूले पालेको बाख्रा, खसीबोका र भैँसी गोठमै अलजिल्लामा छ । सधैँजसो घरमा काम गरिरहने, घर वरपर देखिइरहने दम्पती नदेख्दा छिमेकीको पनि हातमा काम आएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एमाले महाधिवेशनः मतदान जारी

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो ।   आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब...

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

बनियानी (झापा),  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताउनुभएको छ । झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने भुल्का मार्गको आज उद्घाटन गर्दै उहाँले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको धारणा राख्नुभयो ।   “विश्वका...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७० अङ्कले बढेर दुई हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो ।आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

आयआर्जनमा जोडिँदै तानसेनका महिला

तानसेन (पाल्पा), यहाँको तानसेन नगरभित्रका महिला अहिले सङ्गठित भई सीप सिकेर आयआर्जनमूलक काममा जोडिन थालेका छन् । घरको काम सकेर फुर्सदमा बस्ने गरेका महिला पछिल्लो समय आयआर्जनमूलक क्षेत्रमा सक्रिय हुन थालेका हुन् । स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले महिलालाई विभिन्न समूहमा आवद्ध गरी सीपमूलक...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

महेन्द्रनगर (धनुषा),  जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।   विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९