ज्येष्ठ नागरिक दिवसमा एक सय चार वर्षीय दाहाल सम्मानित

दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मनु भई विगत १४ वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएका उहाँलाई सम्मान गरिएको हो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना एवम् पोखरा–२१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा दाहाललाई महाशाखा संयोजक एवम् वाडानं १७ का वडाध्यक्ष राधिका शाही योगीले रु ११ हजारसहित र सम्मानपत्र प्रदान गर्नुभयो । उहाँले २०५१ सालमा तत्कालीन सरकारले सामाजिक सुरक्षा भत्ता सुरु गरेको दिनलाई आधार मानेर गत वर्षदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको जानकारी दिनुभयो ।

 

पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकको सुविधाका लागि ३३ वटै वडामा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडालाई रु १० लाखका दरले बजेट विनियोजन गरिएको वडाध्यक्ष योगीले बताउनुभयो । वडानं २१का वडाध्यक्ष दीपक सुवेदीले जन्मदाता बुबाआमाको समेत उचित सेवा पु¥याउन नसक्ने हाम्रो समाजका ४६ विपन्न, असहाय र ज्येष्ठ नागरिकको पालनपोषणमा वृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको बताउनुभयो । वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले आश्रममा हाल वृद्ध आमाबुबा र सेवक–सेविकासहित ५५ जना रहेको र संस्था दाताको सहयोगबाट सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिकको सीपलाई भरपुर उपयोग गर्दै आश्रममा गुन्द्रुक र मस्यौरा बनाउने कार्यक्रम समेत सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष पराजुलीले भन्नुभयो, “उत्पादित वस्तुलाई प्याकेजिङ गरी बजारमा बिक्री गरिने तयारी भइरहेको छ ।” महानगरको सामाजिक विकास महाशाखा प्रमुख गीता न्यौपाने, वृद्धाश्रमका कोषाध्यक्ष धर्म गुरुङलगायतले ज्येष्ठ नागरिक दिवसको महत्वबारे चर्चा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा...

कैलालीमा एक सय छपन्न उद्योग थपिए

अत्तरिया(कैलाली), यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन् ।घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन् ।     जिल्लामा...

उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु : नाइजेरियाली सेना

अबुजा(नाइजेरिया), उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ ।नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दैे जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा दुई जना सैनिक र एक...

उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु : नाइजेरियाली सेना

अबुजा(नाइजेरिया), उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ ।नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दैे जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा दुई जना सैनिक र एक...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ ।अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९