प्रतियोगिताको बिहीबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क बहादुर कुवरको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की ,कार्यपालिका सदस्य सरस्वती विक, कलावति ढुंगाना, अथितिका रूपमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विकलगाएतको उपस्थिति रहेको थियो ।
मित्रताको लागि खेलकुद भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिकता क्षमताको विकास गर्दै अनुशासनक मार्ग दर्शनको बोध गराउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने बताए । उनले बर्दगोरियामा खेलकुद क्षेत्रको विकासका लागि आफ्नो पुर्ण सहयोगको प्रतिबद्धता जनाए ।
प्रतियोगितामा आयोजक वसन्त मुरारी विद्यालयको २ टीमसहित ९ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा बर्दगोरिया, मोहन्यालं जोशीपुर ,घोडाघोडा र लम्कीचुहा नगरपालिकाका विद्यालयले भाग लिएका छ्न ।
प्रतियोगिताको उपाधी बिजेताले १५ हजार नगद, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजारसहित मेडल प्रमाणपत्र पाउनेछ्न ।



















































































































































