चिसो मौसमको मौकामा काठ तस्करी, बर्दगोरियाबाट २ जना पक्राउ

  • पाँच गोलिया सालको काठसहित एक महिला र एक पुरुष पक्राउ
  • कैलाली । चिसो मौसमको मौका छोपी लुकिछिपी काठ तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–२ झकडपुर बाट आज बिहान ठूलो परिणामको काठ तस्करी गरिरहेको अवस्थामा दुई गोरुगाडा (डलब) सहित पक्राउ गरिएको सवडिभिजन कार्यालय बौनियाँले जनाएको छ ।

    शुक्रबार बिहान ४ बजेको समयमा टूर गस्तीको क्रममा सामुदायिक वन क्षेत्रबाट लयाउँदै गरेको उक्त काठसहित तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेमा बर्दगोरिया–५ बस्ने पदमकली भूल र मान बहादुर विश्वकर्मा रहेको सवडिभिजन वन कार्यालय रामपुर (बौनिया) का वन अधिकृत गौचरण चौधरीरहले बताए ।

    बरामद गरिएको ३५.४६ क्युफिट काठ रहेकाे छ ।पक्राउ परेका व्यक्तिहरुलाई शसस्त्र वन सुरक्षा शाखा कार्यालय पठाएको छ वन कार्यालयले जनाएको छ र काठ र गोरुगाडा (डलब) लाई सबडिभिजन वन कार्यालय बौनियामा राखिने वन कार्यालयले जनाएको छ ।

    पछिल्लो समय सामुदायिक वन क्षेत्रबाट काठ तस्करीका घटना बढ्दै जान थालेका छन् । चिसो मौसमको मौका छोपी अवैधरुपमा काठ तस्करी बढ्दै जानुले सरोकार राख्ने निकायको मौनता र निगरानी कति फितलो छ भन्नेमा प्रश्न उठ्ने गरेको छ ।

    पछिल्लो समय काठ तस्करीका घटना मौलाउँदै गएका छन् । महिनौंपिच्छे काठ तस्करी बढ्दै जान थालेको हो । तराईसँग जोडिएका चुरे र यहाँका सामुदायिक वन क्षेत्रबाट तस्करले लुकाईछिपाई नयाँ–नयाँ शैलीमा काठ तस्करी गर्न थालेका छन् । उनीहरुले तस्करीमा प्रयोग गर्ने साधनमा फरक–फरक नम्बर प्लेट राख्ने फरक फरक मान्छे पठाउने फरक फरक गोरू डलब रहेको समेत खुलेको छ ।

    अधिकांश स्थानमा काठ तस्करीमा संलग्न व्यक्ति भने फरार भइरहेका छन् । सब–डिभिजन वन कार्यालय रामपुर (बौनिया) का वन अधिकृत गौचरण चौधरी वन कार्यालयमा कर्मचारी अभावले नियमित गस्ती गर्न नसकिएकोे बताउँछन् । ‘नियमित गस्ती गरिरहेकै छौँ तर, हामीसँग जनशक्ति (कर्मचारी) पनि थोरै छ,’ उनले भने ‘काठ तस्करीका विषयमा केही जानकारी पाएपछि निगरानी बढाएका छौँ, अवैध रुपमा तस्करी भएका काठलाई प्रक्रियागत रुपमा घाटगद्दी गर्ने र तस्करी गर्ने कसैलाई पनि छाडिएको छैन ।’।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?