
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वाडा नम्बर ३ नारायणपुरमा रहेको मोहन्याल आधारभूत विद्यालयमा मन्दिर निर्माण को लागी विद्यालयका विधार्थी अबिभावक संघका अध्यक्ष देवराज ढुङ्गानाले आर्थिक सहयोग गरेका छन। विहिवार विद्यालयले आयोजना गरेको सरस्वती पुजा कार्यक्रममा अध्यक्ष ढुङ्गानाले नगद ५ हजार ५५ रुपैयाँ विद्यालयका प्र.अ. राजाराम चौधरी लाई हस्तान्तरण गरेका हुन।
रकम हस्तान्तरण पछी कार्यक्रममा बोल्दै ढुङ्गानाले विद्यालयमा लामो समय देखि निर्माण आधिन मन्दिर रकमको अभावले पुरा हुन सकेको छैन। लामो समयदेखि एउटा मन्दिर नहुदा विद्यार्थीहरुले प्राङ्गणमा पुजा गर्नुपर्ने बाध्यता भएको ले मन्दिर निर्माणको लागी सोइक्षा सहयोग रकम दिएको बताए। यस्तै स्थानिय सरकारलाई समेत मन्दिर निर्माणको सहयोगको लागी आह्वान गर्दै यही चैत मसान्तमा मन्दिर निर्माण सम्पन्न गरिसक्नु पर्ने बताएका छन कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिति सदस्य पदम राज गौतमले समेर १ हजार १ सय ५ रुपियाँ नगद सहयोग गरेका छन।
विद्यालयमा मन्दिर नहुदा विद्यार्थीहरुले विद्यालय प्राङ्गाणमा आफैले सालका पातको मन्दिर बनायर प्रत्येक वर्ष पुजा गर्दै आइरहेका छन्।