
धनगढी, १४ वैशाख कैलालीमा प्रहरीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागूऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोही ठाउँकी २९ वर्षीया दीपा बिष्ट साँउदलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।