Baigyanik Media

Advertisement

Skip Ad

देवताका दुःख चित्रमा

काठमाडौं, १४ वैशाख राजधानीको सिद्धार्थ आर्ट क्यालरीमा सुरु भएको आधुनिक चित्र प्रदर्शनी हेर्न आधुनिक चित्र सेक्सनको ढोकाबाट छिर्ने दर्शकमध्ये ढोकामै धेरै जना एकछिन अड्किन्छन् । त्यसपछि तिनीहरूमध्ये धेरैको मुखबाट अचानक निस्कने शव्द हो वाह ! त कसैको मुखबाट सिक्कने शव्द हो, अनविलिएभल (अविश्वनिय), सो नाइस, आइ लाइक इट । ढोकाबाट छिर्ने वित्तिकै ठूलो आयत आकारको झुण्डाएको रंगीन र कालो सेतो चित्र देखिन्छ । यही चित्रप्रति धेरैजना आकर्षित भएका हुन् । यो चित्रको शीर्षक गड लस्ट चाइल्स हुड (भगवानले बाल्यकाल गुमाए) भन्ने छ । चित्रमा बीचमा रंगीन देवता छन् भने त्यसको दायाँबायाँ रंगहिन दुई जना बालक हात समाएर बसेमा छन् । आकर्षक यो चित्र भक्तपुरका चित्रकार बालकृष्ण बनमालाले बनाएका हुन् । बनमालाले चित्रमार्फत झल्काउन खोजेको कुरा हो, भक्तपुरमा प्रत्येक वर्ष करिब ११ महिना हुने नवदुर्गा देवगण बन्ने पात्रका दुःख । चित्रको बीचमा श्वेत भैरव र सिमदुम छ । जुन बिहानदेखि बेलुकासम्म हुने जात्रामा खटने गर्छ ।

 

भक्तपुरको टोलटोलमा र काठमाडौं, काभ्रेका विभिन्न स्थानमा नचाइने प्रख्यात नवदुर्गा नाचमा देवता हुनेका दुःख उनले चित्रमार्फत् बिसाएका छन् । चित्रले जात्राको बेला बिहानदेखि बेलुकासम्म हुने कारण देवगण बनेका बच्चाहरू विद्यालय जान नपाउने उल्लेख छ । विद्यालय जान नपाउने भएका कारण उनीहरूको एक वर्ष खेर जान्छ । देवगण बन्ने पालो पालैपालो हुनेगर्छ । अर्को वर्ष पनि देवगण बन्ने भएन भने उनीहरु नै फेरी बन्नुपर्ने हुन्छ । यसले गर्दा शिक्षाबाट वञ्चित हुन्छन् उनीहरु । यसले उनीहरूको भविष्य ओझेलमा परेको देखाउन खोजिएका छन् चित्रमा ।चित्रमा पछाडिपट्टी तीन नै जनाको छाया कालो राख्नुको अर्थ अन्तिममा वा बुढेसकालमा देवगण बनेको तीन नै जनाको जीवन अन्धकारमय हुने गरेको वास्तविकता देखाउन खोजेको चित्रकार बनमाला सुनाउँछन् । सरकारी कर्मचारी भएको भए पेन्सिन पाउने वा संचयकोष हुन्छ । व्यापार व्यवसाय गरेको समयमा तन्न पैसा कमाएर बचत गरेको हुन्छ, तर यसमा यस्तो कुनै पनि सुविधा हुँदैन । देवतालाई भनेर चढाएका केही खानेकुरा, फलफूल हुन्छ र केही ५–१० रुपैया दक्षिणा । बस उनीहरूले पाउने त्यति नै हो । त्यसैबाट जेनतेन गुजारा चलाएका हुन्छन् उनीहरूले । देवता बन्न नसकेपछि एक छाक खानलाउनको पनि धौधौ हुन्छ उनीहरूको ।
बनमालाकै अर्को कुनामा राखेको महाकालीले नृत्य गरिरहेको चित्र पनि छ । त्यसमा पनि महाकालीको मास्क अर्थात नेपाल भाषामा ख्वपा लगाएको देवता छ ।

 

त्यसले देवता भएपछि लगाउने आभूषण सबै रंगीन थिए तर मानिस व्ल्याक एन्ड ह्वाइट थियो । बनमालाले देवताको मास्क लगाएसम्म सबैले देवता भनेर मान सम्मान इज्जत दिइन्छ । तर जब मास्क खोलिन्छ, त्यसपछि फेरी सर्वसाधारणको रुपमा नै जीवन विताएको हुन्छ भन्ने देखाउन खोजिएको छ । त्यसपछि धनसम्पत्ति छ भने सम्मान गरिन्छ नभए मान्छे पनि गन्दैनन् समाजले उनीहरुलाई भन्ने दर्शाउन खोजिको छ । भक्तपुरको नवदुर्गा देवगणको जिवनशैली यस्तो छ । मास्क लाएपछि सम्मान उटारेपछि अपमान ।निरन्तर आधुनिक चित्र भनिएता पनि नवदुर्गा देवगणको मर्म, पीडा, इच्छा आकांक्षा, भविष्यकाबारेमा झल्काउने सचेतन झल्काउने चित्र निरन्तर लागिपरेको उनी सुनाउँछन् । यसको बारेमा नसोचेको भए अहिले देवगणहरु सबै अशिक्षित हुन बाध्य हुन्थ्यो । उनको निरन्तर पहलपछि अहिले देवगण बनेका ४ जना बच्चालाई विभिन्न निकायबाट १० कक्षासम्म निःशुल्क पढाउने व्यवस्था गरिएको छ ।

 

विभिन्न ठाउँमा प्रर्दशनी गर्दा उनको मुख्य पात्र नै नवदुर्गा देवगण नै हुने गरेको उनी सुनाउँछन् । आफ्नो प्यासनको साथसाथै यसले देवगणको समस्याबारे सबैको ध्यानाकर्षण गर्नको लागि निरन्तर पाइला चालिरहने उनी सुनाउँछन् । अरु चाडपर्व जात्रामा आधुनिकीकरण प्रयोग भइसकेको छ । तर नवदुर्गा जात्रा भने अहिले पनि परापूर्वकाल कै शैलीमा चलाइरहेको देखिन्छ । अहिले पनि देवता एक ठाउँबाट अर्को ठाउँमा नाचको लागि जाने क्रममा सवारीसाधनको प्रयोग गरिदैन । नवदुर्गा देवगणको मास्क खर्पनमा बोकेर हिडेर पुग्ने गर्दछ । भक्तपुरबाट साँंखु, बनेपा, पनौती, धुलिखेललगायतका ठाउँंहरुमा जुता नलगाई हिडेरै जाने गरिन्छ । सिद्धार्थ आर्ट ग्यालरीका संस्थापक संगीता थापाले सबैको चित्रमा गहिरो अर्थ बाकेको बताउँछिन् । तर भक्तपुरका चित्रकार बालकृष्ण बनमालाको चित्रमा अर्थको साथसाथै जिवित व्यक्तिहरुको कथा पनि झल्काउने गरेको बताउँछिन् । मलाई लाग्छ भक्तपुरको नवदुर्गा देवगणको बारे चित्र प्रर्दशनीमा ल्याउने उनी पहिलो व्यक्ति हुन्, उनी भन्छिन् । अहिले पनि अधिकांश प्रर्दशनीमा उनले नवदुर्गाका पात्रहरुलाई नै समाबेश गर्ने गरेको उनी सुनाउँछिन् ।त्यस्तै देवेन्द्र सिंख्वालले नयाँपन झल्काउनको लागि यसपाली कुरकुला देवीको मूर्ति स्यामश्वेत (कलोसेतो) मा बनाएको बताए । खासमा पौभा भनेको रंगीन हुन्छ तर स्याश्वेत पनि बनाएर हेरौं भनेर भाइ र मैले मिलेको बनाएको हो, उनले भने । तर यो पुजा गर्नको लागि हुँदैन, थपे उनले ।  प्रर्दशनीमा आशा, क्रान्ति, खुसी, आत्म सन्तुष्ति, माया, फ्रस्टेसन (तनाब) अन्य मनोरञ्जनात्मक चित्र प्रस्तुत गरिएको छ । भक्तपुरलाई केन्द्रित गरेर प्रर्दशनी गरिएको छ । २०८० बैशाख जेष्ठ ५ गतेसम्म प्रदर्शन हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

भक्तपुर।   युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी...

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

काठमाडौँ ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उहाँले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राख्नुभयो ।   उहाँले मुलुकमा भएको जेनजी आन्दोलनलाई...

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौँ।  डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल रु १४ करोड १२ लाख...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री अर्याल

काठमाडौँ ।    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो ।...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९