
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा बुधबार एक दिने नि:शुल्क दन्त परिक्षण शिबिर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबको आयोजना तथा मालिका दन्त सेवा प्रा.लि.को प्राविधिक सहयोगमा उक्त १ दिने नि:शुल्क दन्त परिक्षण शिबिर सम्पन्न भएको हो । शिबिरबाट वडाका करिव २ सय ६५ जनाले सेवा लिएको मालिका दन्त सेवा प्रा.लिका संचालक सिडिएस डेन्टल हाईजिनिस्ट केशव बहादुर शाहीले जानकारी दिए । उनका अनुसार सो मध्ये १ सय १३ जनाले नि:शुल्क रुपमा आफ्नो दात निकालेका थिए । भने अन्यको सामान्य चेकजाँच गरिएको थियो । शिबिरमा डेन्टल सर्जन डा.बिसाल ढकालले सेवा ग्राहिको दातको चेकजाँच गर्नुका साथै उचित प्रामर्श दिएका हुन ।
उक्त दन्त परिक्षण शिविर सम्पन्न गर्न बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष महेश रावले वैज्ञानिक मिडियालाई बताए ।








