काठमाडौं, २ जेठ । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् ।उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।विश्वकर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।उनले डिलबहादुर विश्वकर्मासहित ८ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति ५ लाख ५० हजारका दरले १८ लाख रकम लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ नौनियामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष कर्णबहादुर...























































































































































