नेपालगञ्ज, २९ जेठबाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवैजनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो ।
काठमाडौँ, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो । छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन...






















































































































































