नेपालगञ्ज, २९ जेठबाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवैजनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो ।
बेलबारी (मोरङ), बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...
















































































































































