कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर, ३० जेठकञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट वडा नम्बर २ बंकका २० वर्षीय बिबेक साउँद लागूऔषधसहित पक्राउ परेका हुन् । उनी ५० मिलिग्राम लागूऔषधसहित आज दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित उनलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?