गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी, ३१ जेठकैलालीको गोदावरी नगरपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।गोदावरी नगरपालिका–२ नमस्ते होटलको गल्ली स्थित पुनम सिजालीमगरको घरमा कोठा डेरा गरी बस्ने २० वर्षीय बिरेन्द्र वड र २४ वर्षीय विनोद दियाल आफ्नै घरबाट लागुऔषधसहित पक्राउ परेका हुन् ।वड १९० मिलीग्राम र दियाल ८५० मिलीग्राम लागुऔषधसहित आज पक्राउ परेको प्रहरीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?