
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनीमा स्थानीय जनतालाई जडिबुटी परिचात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा उक्त कार्यक्रम वडा नम्बर ६ को जन जागृति माध्यमिक विद्ययालय गुठी परसौनीमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडा न.६ का वडाध्यक्ष केशव प्रसाद अधिकारीले यस क्षेत्रमा पनि विभिन्न किसिमका जडिबुटी उपलब्ध रहेको बताए । स्थानीय जडिबुटीबारे सबै जानकार हुन आवश्यक रहेको छ । कोरोना महामारिका समयमा जडिबुटीका बारेमा व्यापक प्रचारप्रचार तथा चासो देखिएको बताउँदै हाम्रो स्वास्थ्य अवस्थालाई सुधार गदै स्वस्थ राख्न चाहिने अधिकांश जडिबुटी हाम्रै जंगलहरुमा छन् , तर पहिचान गर्न सक्दैनौं भने ।
उनले स्थानीय स्तरमै उपलब्ध जडिबुटीबारे अधिकांश व्यक्ति जानकार नरहेको स्वीकार गरे । उनले अहिलेको अवस्थालाई परिवर्तन गर्न नगरपालिका लागिरहेको बताउँदै भने, सोही अवस्थालाई मध्येनजर गरेर यो कार्यक्रम गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
उनले आममानिसलाई जडिबुटीको महत्व बुझाउँदै स्थानीय स्तरमा उपलब्ध जडिबुटीको पहिचान तथा उपयोगमा जोड दिनुपर्ने बताए । टोल विकास संस्थाका प्रतिनिधि ,महिला , विद्यार्थी , समाजसेवी लगाएतहरूको सहभागिता रहेको उक्त कार्यक्रममा आयुर्वेद शाखाको प्रमुख दिन बन्दु मिश्राले प्रशिक्षण दिनुभएको थियो ।