आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर, बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आउनुभएको छ । सहज जीवनयापनको खोजीमा पहाडबाट तराई झर्नेहरूको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ ।

 

 

यसैगरी, परिस्थितिमा बझाङको बुँगलका शङ्कर पनि जीविकोपार्जनको नयाँ सम्भावना खोज्दै परिवारसहित कञ्चनपुर झर्नु भएको हो । तराईमा आएपछि उहाँले नयाँ पेसा रोजेनन्, बरु पुर्खौंदेखि गर्दै आएको धातुजन्य सामग्री निर्माण गर्ने परम्परागत सीपलाई नै जीवनयापनको आधार बनाउनु भएको छ । हाल उहाँ फुलेलीमा करिब डेढ कट्ठा जग्गामा कच्ची घर बनाएर बस्दै आउनुभएको छ ।

 

 

घरकै छेउमा सानो आरन सञ्चालन गरेर शङ्करले विभिन्न प्रकारका कृषि तथा घरायसी प्रयोगका सामान बनाउने काम गर्दै आउनुभएको छ । उहाँले आरनमा फलाम तताएर पिट्दै विभिन्न आकारका सामग्री तयार गर्नु हुन्छ । शङ्करले किसानलाई आवश्यक पर्ने हँसिया, बञ्चरो, चक्कु, दाउ, माना, पाथीलगायतका कृषि औजार बनाउने गर्नुहुन्छ । घरायसी प्रयोगका लागि कडाही, पानी बोक्ने फोला, चरु, कुडीलगायतका सामान पनि आरनमै तयार हुन्छन् । आरनमा तयार गरेका सामग्री स्थानीय बासिन्दाका घरघरमा पुगेर उहाँले बिक्री गर्नुहुन्छ ।

 

 

शङ्करका अनुसार पहाडमा बस्दा आरनमा बनाइने सामानको राम्रो माग थियो । गाउँका किसान र सर्वसाधारणले स्थानीय रूपमा बनाइएका बलिया र टिकाउ सामान प्रयोग गर्न रुचाउँथे । तर पछिल्लो समय बजारमा कारखानामा बनेका सस्ता र सजिलै पाइने सामान बढ्दै जाँदा परम्परागत आरन पेसा सङ्कटमा परेको उहाँको भनाइ छ ।

 

 

“पहाडमा बस्दा हामीले बनाएका सामान सजिलै बिक्री हुन्थे,” उहाँले विगत सम्झँदै भन्नुभयो, “हामीले बनाउने सामान बलियो र टिकाउ हुन्छन्, तर बजारमा रेडिमेड सामान सजिलै पाउन थालेपछि ग्राहक खोज्नै गाह्रो हुन थाल्यो ।”

 

 

पहाडमा आरनमा बनाइने सामानको माग घट्दै गएपछि उहाँ जीविकोपार्जनको खोजीमा तराई झर्नु भएको हो । तराईमा बजार ठूलो हुने र सामान सजिलै बिक्री हुने अपेक्षा गरेका भए पनि यहाँको वास्तविकता भने फरक देखिएको उहाँ बताउनुहुन्छ ।

 

 

“यहाँ बजार त ठूलो छ,” शङ्करले भन्नुभयो, “तर कारखानामा बनेका सस्ता सामान धेरै पाइन्छन्, हामीले हातैले धातुलाई पिटेर बनाउने सामान बनाउन धेरै मेहनत लाग्छ, त्यसैले लागत पनि बढी पर्छ ।”“आरनको काम निकै मेहनतिलो हुन्छ, फलामलाई आगोमा तताएर हातौडाले पिट्दै आवश्यक आकार दिनुपर्छ,” उहाँ भन्नुहुन्छ, “त्यसपछि धार लगाउने, घिसार्ने र प्रयोगयोग्य बनाउने प्रक्रिया हुन्छ, यो काममा शारीरिक श्रम र अनुभव दुवै आवश्यक पर्छ ।”

 

 

सामान तयार भएपछि शङ्करले श्रीमतीसँगै ती सामान टाउकोमा बोकेर गाउँ–गाउँ पुगेर बिक्री गर्नु हुन्छ । कहिलेकाहीँ धेरै टाढासम्म पैदल हिँडेर पनि सामान बेच्न जानुपर्ने हुन्छ । आरनमा तयार पारिएका धातुका सामान बिक्री गरेर लुहारले महिनामा करिब रु १० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्ने गरेका छ् । तर यो आम्दानी स्थिर भने नहुने गरेको उहाँको अनुभव रहेको छ । ग्राहक कम हुँदा आम्दानी निकै घट्ने गरेको उहाँ बताउनुहुन्छ ।

 

“कहिलेकाहीँ ग्राहकले सामान नै किन्दैनन्, बिक्री हुँदैन्,” शङ्करले भन्नुभयो, “त्यस्तो बेला थोरै कमाईमै चित्त बुझाउनुपर्छ, यही कामबाट आउने पैसाले घरको चुलो बलिरहेको छ, बालबालिका र जहान पालिएका छन् ।”

 

 

यस काममा शङ्करलाई उहाँकी श्रीमती किर्रा लुहारले पनि साथ दिँदै आउनुभएको छ । सामान तयार भएपछि उहाँ दुवै जना गाउँ–गाउँ पुगेर बिक्री गर्नुहुन्छ । किर्राका अनुसार कतिपय ठाउँमा सामान नगदमा बिक्री हुन्छ भने कतिपय ठाउँमा अझै पनि साटासाट (विनिमय) प्रणाली प्रचलनमा छ ।

 

 

“कहिलेकाहीँ नगद पाइन्छ,” किर्राले भन्नुभयो, “तर कतिपयले अन्न वा बाख्रासँग साटेर सामान लिन्छन्, त्यसैले हामी दुवै जना सँगै जानुपर्छ ।” लुहार दम्पतीका पाँच छोरा र दुई छोरी छन् । उहाँहरूले आरन चलाएरै कमाएको पैसाले दुई छोरा र एक छोरीको विवाह सम्पन्न गर्नुभएको छ । परिवारको अधिकांश खर्च यही पेसाबाट आएको आम्दानीले धानिएको उहाँ निसङ्कोच बताउनुहुन्छ । तर, पछिल्लो समय आरनबाट मात्रै परिवार धान्न गाह्रो भएपछि उहाँका एक छोरा रोजगारीका लागि भारत गएका छन् ।

 

 

“यो काममा मेहनत धेरै छ, कमाई कम,” शङ्करले भन्नुभयो, “त्यसैले नयाँ पुस्ता यो पेसामा बस्न चाहँदैन ।” उहाँ भन्नुहुन्छ, “सरकारले आरन सुधारका लागि आधुनिक मेसिन तथा उपकरण अनुदानमा उपलब्ध गराए काम गर्न निकै सहज हुने थियो ।”

 

 

“मेसिन भए काम छिटो हुन्छ श्रम कम गर्नुपर्ने हुन्छ,” शङ्करले भन्नुभयो, “लागत पनि घट्छ र बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ ।” तर अहिलेसम्म कुनै सरकारी निकाय वा सम्बन्धित संस्थाले परम्परागत पेसा जोगाउने कार्यमा लागेकाहरूको अवस्था बुझ्न चासो नदेखाएको गुनासो उहाँले गर्नुभयो ।

 

“आफ्नै पौरख गरेर कमाउनेलाई कसैले हेर्दैन,” शङ्करले भन्नुभयो, “हाम्रो सीपलाई जोगाउन सरकारले सहयोग गरिदियो भने राम्रो हुन्थ्यो ।”शङ्करका अनुसार अहिलेको नयाँ पुस्ताले परम्परागत पेसा छोडेर अन्य रोजगारी खोज्न थालेका छन् । कम आम्दानी र धेरै श्रमका कारण युवापुस्ताले आरनको काममा चासो देखाउन छाडेका छन् ।

 

शुक्लाफाँटा नगरपालिका–८ का वडा सदस्य लालबहादुर महराले वडामा रहेका आरन सुधारका काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शङ्कर लुहारको परिवार वडामा आएको डेढ वर्ष मात्रै भएकाले आगामी दिनमा आरन सुधारका लागि सहयोग गर्ने योजना बनाइनेछ । “वडामा रहेका धेरै आरन सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन्,” महराले भन्नुभयो, “लुहार परिवारका लागि पनि आगामी दिनमा सहयोग गर्ने प्रयास गरिनेछ ।”

 

परम्परागत सीप र श्रममा आधारित आरन पेसा अहिले आधुनिक उद्योग र बजार प्रतिस्पर्धाबीच अस्तित्व जोगाउन सङ्घर्षरत छ । शङ्कर लुहार जस्ता कारिगरहरूको सीप संरक्षण गर्न सकेमा स्थानीय उत्पादन, परम्परागत ज्ञान र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने सरोकारवाला बताउँछन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९