लागूऔषधसहित दार्चुलाबाट एक जना पक्राउ

दार्चुला, ४ असारलागूऔषधसहित दार्चुलाबाट एक जना पक्राउ परेका छन् ।बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–१ नानराका ५० वर्षीय कमल कुमार राना लागूऔषध चरेशसहित पक्राउ परेका हुन् । रानालाई सात सय ग्राम लागुऔषधसहित दार्चुलाको शैल्यशिखर नगरपालिका–९ बाट पक्राउ गरिएको हो ।उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?