
परासी, ५ असारपश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१० नदवामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाइ छ । चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।मृतक कहांर पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका-५ को विरकोटमा रहेको विरकोट आर्युवेर्दिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत थिए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।