Baigyanik Media

Advertisement

Skip Ad

प्रभासः तीन दिनका सुपरस्टार

मुम्बई, ६ असार । सोमबारबाट फिल्म ‘आदिपुरुष’को विश्वव्यापी बक्सअफिसमा आइतबारको तुलनामा झण्डै ७५ प्रतिशत गिरावट आएको छ ।तर फिल्ममा आएको विवाद र नकारात्मक समीक्षाका बाबजुद पनि एउटा चिज अझै जीवित छ–प्रभासको स्टारडम ।कुनै पनि फिल्म आफ्नो कथाको शक्तिमा चल्दछ । तर सुपरस्टार ती हुन्, जसको फिल्मले उसको अनुहारका कारण राम्रो सुरुवात लिन्छ । अभिनेता प्रभास बक्सअफिसमा कति शक्तिशाली छन् भन्ने कुरा उनको हाल प्रदर्शनरत फिल्म ‘आदिपुरुष’ मात्र होइन, पछिल्ला दुई फिल्म ‘साहो’ र ‘राधेश्याम’लाई नै हेर्दा हुन्छ ।

 

उनका फ्यान फिल्म रिलिज हुनासाथ थिएटरमा भरिन्छ । यसकै उदाहरणका रुपमा ‘आदिपुरुष’लाइ लिन सकिन्छ । यो फिल्मले पहिलो दिन उत्कृष्ट ओपनिङ गर्यो । भलै यो फिल्म विवाद र फ्यानको आक्रोशमा नपरेको भए यसको कमाई अन्य दिन झन उत्कृष्ट नै हुने थियो । प्रभासको स्टारडम कै कारण फिल्मले पहिलो तीन दिनमा शानदार कमाई गर्यो । शुक्रबार, शनिबार र आइतबार मिलाएर ‘आदिपुरुष’ले भारतमा २ सय २० करोड रुपैयाँ बढी कलेक्सन गर्यो ।

 

तेलुगू उद्योगको प्रतिनिधित्व गर्ने प्रभासको फ्यान फलोइङको कारणले नै पहिलो दिन दिनमा यो फिल्मको हिन्दी भर्सनभन्दा बढी कमाई तेलुगु भर्सनबाट आयो । हिन्दी फिल्मले ३७ दशमलब २५ करोड कमाउँदा तेलुगु भर्सनले ४८ करोड कमाई गर्यो । पहिलो हप्ताका लागि फिल्मको एडभान्स बुकिङ जोडदार थियो, यसको कारण थियो, प्रभासको स्टारडम र फिल्ममा रामायण कनेक्सन ।‘आदिपुरुष’ को बक्सअफिस कलेक्सन सोमबारदेखि चिसिन थालेको छ । मंगलबारको एडभान्स बुकिङ या अकुपेन्सी हेर्दा फिल्मले पाँचौं दिनमा राम्रो कमाई गर्छ भन्ने कतै आश छैन । पहिलो ३ दिनमा विश्वव्यापी ३ सय करोडको कलेक्सन गर्ने फिल्म चौथो दिनमा जसरी गिर्यो, त्यसपछि हिट हुने सम्भावना अब केवल अनुमान मात्र हुनसक्छ । प्रभासका लागि पहिलो सातापछि आफ्नो फिल्मले संघर्ष गर्नुपरेको तथ्य नयाँ कुरा होइन ।

 

एसएस राजामौलीको ‘बाहुबली’ फ्रेन्चाइजीपछि नै प्रभासको फिल्म त्यो स्केलमा प्रस्तुत हुन पाएको छैन, जस्तो उनको स्टारडमको तह छ । ‘बाहुबली २’ को ऐतिहासिक सफलतापछि प्रभास ‘साहो (२०१९)’का साथ थिएटरमा फर्किए । भारतमा यसको ओपनिङ कलेक्सन ‘आदिपुरुष’को भन्दा पनि राम्रो थियो । फिल्मले पहिलो दिन ८९ करोड रुपैंयाँ कलेक्सन थियो । फिल्मको तेलुगु भर्सनले नै पहिलो दिन ६० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । हिन्दीमा फिल्मले २४ करोड बढी कमाई गरेको थियो । शनिबार र आइतबार पनि ‘साहो’को स्टार फ्याक्टर चल्यो र फिल्मले दुई दिनमा ५५ करोड बढी कमाई गर्यो । पहिलो सातामा फिल्मले नेट इण्डिया कलेक्सन २ सय करोड कम गर्यो । फिल्मले राम्रो समीक्षा पाएन नै, एक्सन र सस्पेन्सको मामलामा पनि दर्शकलाई तान्न सकेन । यो फिल्मको पाँच हप्ता पछि लाइफटाइम इण्डिया कलेक्सन ३ सय १० करोड पुग्यो । फिल्मको बजेट ठूलो थियो, तर पहिलो साताको कमाईले यो फिल्म फ्लपको ट्यागबाट बच्यो ।

 

सन् २०२२ मा रिलिज ‘राधे श्याम’मा पनि यस्तै भयो । यसपटक प्रभास रोमान्टिक भूमिकामा थिए । तर फिल्मको कथाले दर्शकलाई फेरी निरास बनायो । फिल्मको समीक्षा खराब आयो र यसको रोमान्टिक एंगलले दर्शकलाई अपिल गर्न सकेन । तर पनि फिल्मले पहिलो सातामा राम्रो कमाई गर्यो । फिल्मले भारतमा पहिलो दिन ४३ करोडको ओपनिङ गर्यो । त्यसपछिका दुई दिनको कमाई मिलाउँदा फिल्मको विकेन्ड कलेक्सन ९० करोड पुग्यो । तर पहिलो साता पुरा हुँदा फिल्मले सय करोड भन्दा केही कममात्र कमाई गर्यो । दोस्रो सातामा त यो फिल्म प्रदर्शन भएका थिएटर नै भेटिएनन् । २ सय करोड बजेटमा बनेको फिल्मले विश्वव्यापी रुपमा १ सय ६० करोडमात्र कमायो ।

 

तथ्यांकले यो साबित गर्छ कि ‘बाहुबली २’ पछि प्रभासको फिल्म बक्स अफिसमा पूर्ण रुपमा संघर्षरत छ । ‘आदिपुरुष’ले त्यो कथामा केही परिवर्तन ल्याउने आशा थियो । ‘आदिपुरुष’ले हालसम्म त ‘साहो’ र ‘राधे श्याम’ भन्दा राम्रो कमाई गरेको छ । तर यस किसिमको मण्डे कलेक्सन पछि ५ सय करोड बजेटमा बनेको फिल्म हिट हुन मुस्किल नै देखिएको छ । अहिलेसम्म बक्सअफिसमा प्रभासलाई सबैभन्दा ठूलो पेन इण्डिया स्टार भन्न गलत हुनेछैन । उनी भारतका एक्ला यस्तो स्टार हुन्, जसको ३ फिल्मले विश्वव्यापी रुपमा सय करोड बढी ओपनिङ गरेको छ ।

 

सुपरस्टारको सबैभन्दा ठूलो भूमिका यही हुन्छ कि उसको नामले, अनुहारले फिल्मको उत्कृष्ट सुरुवात हुन्छ । मानिसहरु आफूलाई मनपर्ने स्टारलाई भेट्न अवश्य नै आउँछन् । तर स्टारडमको शक्तिले पहिलो तीन दिन नै फिल्मलाई चलाउँछ । तथ्यांकले पहिलो साताको खेलमा प्रभास अहिलेसम्मकै दमदार स्टार हुन् भन्ने देखाउँछ, तर फिल्म छनोटको मामलामा उनको च्वाइस कहिल्यै पनि राम्रो हुन सकेन ।प्रभास एक यस्ता स्टार हुन्, जो एकपटक प्रतिबद्धता जनाएपछि पूर्ण रुपमा निर्देशक र फिल्मको हुन्छन् । तर उनका फिल्मको यस्तै अवस्था रहिरहने हो भने त्यो समय टाढा छैन, जब प्रभासको नाममा पनि जनता थिएटरमा जान हिम्मत जुटाउने छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

भक्तपुर।   युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो । अन्नपूर्ण हिमालको आधार शिविरको...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९