
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. १ भिठाबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका स्थानीय वर्ष ४६ का बिनोद कोहार रहेका हुन ।
गएराती लागुऔषध लुकाइछिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायब निरीक्षक मदन बस्यालको कमाण्डमा ५ जनाको टोली र शसस्त्र सुरक्षा बेश सेमरीबाट सहायक सशस्त्र प्रहरी निरीक्षक श्याम कुमार थापाको कमाण्डमा खटिएको संयुक्त टोलीले कोहारको घरबाट लागूऔषध बरामद गरिएको हो ।
प्रहरीले उनको घरबाट प्रोक्सीको स्पार ९ सय ६३ ट्याब्लेट, नित्रा भेट ६ सय पिस र कोरेक्स १ सय एमएलका ९ बोतल बरामद गरेको थियो । बरामद गरिएको लागूऔषध र कोहारलाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।