‘हेर्दाहेर्दै अन्माएर’मा विजय पुन र सोनी

काठमाडौं, ९ असार । गीतकार हिरा काजी थापाको शब्दमा तयार ‘हेर्दाहेर्दै अन्माएर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ । जसमा आफूलाई भन्दा बढी माया गरेकी प्रेमीकाले धोका दिएर पराईसँग विवाह गएको दृश्यले धेरैको मन छुन्छ । प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय

 

मोडलद्वय विजय पुन मगर र सोनी ढुंगानाको अभिनय छ । भिडियोमा देव दोर्जे लामाको छायांकन, साजन शाहको मिक्सिङ  मास्टरिङ  तथा नविन निरौलाको कलर तथा सम्पादन छ । नृत्य निर्देशक प्रमोद भण्डारी सल्लाहकार रहेको सार्वजनीक गीतको भिडियो गीतकार तथा निर्माता एवं निर्देशक थापाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।हेर्नुहोस् गीतको भिडियो : https://youtu.be/f_SwFHrpuhs

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?