एनआरएनएका एक्ला ‘राम’, जो सबलाई छोड्दा छोड्दै आफै छुटिरहे

काठमाडाैं, ९ असार । करिब ४७ वर्षअघि जर्मनीको भूमी टेक्दा त्यहाँका सडकमा नेपाली अनुहार बिरलै देखिन्थे। जर्मन युवतीसँग प्रेममा परेका तन्नेरी रामप्रताप थापा पनि प्रेमिकाको हात समाउँदै केही समय जर्मन सहरहरू घुमे। त्यहीँ पढे। बिहे गरे। अनि घरजम भएपछि त्यही मायाले तान्यो।गोरखाको मध्यम वर्गीय परिवारमा उनी सन् १९५० मा जन्मिएका थिए। १९७४ मा पहिलोपटक घुम्न भनेर जर्मनी पुगेका थापा त्यो बेला लगभग २ महिनाजति घुमेर फर्किए। त्यो बेलै जर्मन परियोजनामा काम गर्न आएकी एकजना जर्मन युवतीसँग नेपालमै उनको प्रेम बसिसकेको थियो। यता पनि उनले पढाइ सक्दै थिए।

 

विदेशमै बस्ने रहर त थिएन। परिवार चाहन्थे उनी नेपालमै बसून्। नेपालमै केही गरुन्। गोरखाको भूमिमा धेरै लामो पुस्तादेखि बस्दै आएको परिवार भनेर चिनिन्थे उनीहरू। पहिलोचोटी जर्मनीका सहर घुमेर फर्किएका उनलाई त्यहीँको प्रेमले पढ्नका लागि भनेर फेरि तान्यो। सन् १९७६ मा दोस्रोपटक त्यहाँ पुगेपछि त्यही प्रेममा उनी बाँधिए अनि त्यतै बसे।घरबास जमिसकेको थियो। पढाइ सकिएको थियो। जागिर पनि भेटाइ सकेका थिए। लगभग ३० वर्षसम्म उनले त्यहाँको प्रतिष्ठित बैंकमा काम गरे। जर्मन भूमि मै सन्तानहरू पनि जन्मिए। त्यसपछि कहिलेकाहिँ मात्रै उनी नेपाल आउन थाले। सारा जीवनको कर्मभूमि उनले जर्मनीलाई नै बनाए।

 

दोस्रो विश्वयुद्ध सकिएपछि सारा देशहरू पुनर्निर्माणमा जुट्न थालेका थिए। विश्वभरि त्यसपछि शान्ति अभियान घन्किएको थियो। त्यही बेला विश्वका धेरै देशमा नेपालीहरू पनि पुग्न थाले। त्यहीँको माटोमा पसिना बगाउने नेपालीहरू बाक्लिइ रहेका थिए। जर्मनका सहर अनि कुनाकाप्चामा पनि नेपाली पुग्न थाले।सन् २०००को युग सुरु हुँदै गर्दा विश्वका धेरै भागमा नेपाली पाइलाहरू सल्बलाइसकेका थिए। धेरै नेपाली पढ्न अनि काम गर्न भनेर विश्वका धेरै देशमा पुगिसकेका थिए। त्यहीँ जमिसकेका थिए। त्यो बेला सार्क बाहेकका देशहरूमा करिब करिब ५ लाखभन्दा धेरै नेपाली छरिइसकेका थिए।

 

सुरु मै विदेशी भूमिमा पुगेर त्यहाँ जागिर अनि ब्यापार गरेर लगभग आफूलाई ‘सेट’ गरिसकेका नेपालीले त्यसपछि विश्वभरका नेपालीलाई एउटै छातामुनि ल्याउने प्रयास थाले।त्यतिबेला सबैभन्दा बढी नेपालीहरू केन्द्रित अनि भूपू गोर्खा सैनिकहरुको बसोबास रहेको वेलायतबाटै सबै नेपालीलाई एकै ठाउँमा प्रयास थाल्न त्यो बेला मस्कोका डा=उपेन्द्र महतो, जिबा लामिछानेसहित विभिन्न देशका १६ जनाको बैठकले गैर आवासीय नेपाली संघ -एनआरएनए_ को रचना गरे।

 

एनआरएनए जन्माउने मध्येका एक हुन्, यिनै रामप्रताप थापा। लण्डनको त्यही बैठकले २००३ को अक्टोबर ११ का दिन काठमाडौंमा पहिलो गैर आवासीय नेपाली -एनआरएन_ सम्मेलन सम्पन्न भयो। र, त्यसको लगभग ७ वर्षपछि बल्न नेपाल सरकारको कानुनअनुसार यो संस्था नेपालमै दर्ता पनि भयो।त्याग, समर्पण र लगनपढ्न, पढाउन अनि मात्रै ‘कर्म’ गर्न जानेका यी रामप्रतापले राजनीति कहिल्यै गरेनन्। चाहेनन् पनि। गर्न जानेनन्। अनि राजनीतिको त्यो ‘दूषित’ बाछिटादेखि सधैं टाढा बसे।

 

‘मैले राजनीतिलाई अवहेलना त गरेको होइन। तर, म आफै राजनीतिमा कहिले पनि लागेको छैन। त्यसैले अहिलेसम्म म कुनै पनि राजनीतिक पार्टीमा संग्लन छैन। राजनीतिमा लाग्न मेरो क्यारेक्टर पनि मिल्दैन जस्तो लाग्यो। राजनीतिमा आउन धेरैले प्रेसर गरे पनि मैले चाहिनँ’ अहिले आउँदा रामप्रतापलाई लाग्छ ‘सायद त्यही राजनीतिमा नमिसिएरै म सधैं नेतृत्वमा पुग्नबाट चुकें कि <’रामप्रताप भने कुनै पनि ब्यापार व्यवसायमा लागेनन्। जीवनका आधा यात्रा उनले बैङ्किङ पेशामा बिताए। त्योसँगै नेपाल र नेपालीका लागि सामाजिक अभियानमा पनि लागे।

 

एनआरएनए जन्माउँदा उनलाई लागेको थियो, यही संस्था हो, जसले विश्वभरि छरिएका सारा नेपालीलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्नेछ अनि जन्मभूमि प्रतिको प्रेम झन् एक ढिक्का हुनेछ।राष्ट्रप्रेमको त्यही ढिक्कालाई उनले बचाइराख्न चाहन्थे र त्यसका लागि एकपटक नेतृत्वमा पनि आउन चाहन्थे।त्यो मेरो कुनै महत्वकांक्षा थिएन। राजनीति पनि थिएन अनि अरू केही लोभ पनि थिएन’ थापा भन्छन्  ‘तर एकपटक नेतृत्वमा आएर विश्वभरि छरिएका नेपालीको सेवा गर्ने अनि त्यसको फल देशमा पनि लैजाने मेरो ठूलो इच्छा हो। तर परिस्थितिहरू कहिल्यै मेरा अनुकूल भएनन्।’

 

त्यसका लागि चौथो सम्मेलनमा उनले अब आफ्नो पालो आएको ठानेर अध्यक्षका लागि प्रयास गरे। लगभग उनलाई नरुचाएका कोही पनि थिएनन्। सबैले उनलाई नै नेतृत्वका रूपमा स्विकार्न तयार भइसकेका थिए। कतिले त उनलाई खादा माला लगाएर बधाई पनि दिइसकेका थिए।तर फेरि अरू कसैको इच्छा उनले सुने। त्यसलाई नकार्न सकेनन्। डर थियो, असन्तुष्टी यी स्वरहरू बढ्दै जाँदा एनआरएनए फुट्ने पो हो कि < पाइसकेको अध्यक्ष पद त्यो बेला रामप्रतापले छोडिदिए। देवमान हिराचन अध्यक्ष भए।

 

पाँचौ महाधिवेशनसम्म आइपुग्दा उनलाई एनआरएनएमा राजनीति घुस्न थालेको अनुभव भइसकेको थियो। तथापि  रामप्रताप फेरि अध्यक्ष हुन खोजे। तर त्यो बेला जीवा लामिछानेले पनि अध्यक्ष हुने इच्छा जताए। देवमान फेरि दोहोरिन चाहन्थे। तर जीवाका पक्षमा बहुमत थियो। रामप्रतापले फेरि एनआरएनएलाई उद्देश्यमूलक बनाउनका लागि यसपालि पनि जीवालाई छोडिदिए।‘त्यो बेला जीवाजीजस्ता योङ्ग मान्छेहरू आएपछि संस्थामा केही परिवर्तन हुन्छ अनि संस्थाले नयाँ गति लिन्छ कि भनेर मैले पनि उहाँलाई सपोर्ट गर्दै छोडिदिएँ’ रामप्रतापलाई त्यसपछि लाग्यो, …अहँ संस्था त झन् झन् राजनीतिले थलिँदैछ। अघि बढ्ने होइन झन् झन् अलमलमा फँस्दैछ।’

 

जीवा सहमतिमै अध्यक्ष भए। हिराचनले अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता लिए।

 

छैठौं अधिवेशनसम्म पनि उनलाई एकपटक नेतृत्व गर्ने इच्छा जागै थियो। तर त्यो ‘महत्वकांक्षा’ भने थिएन न उनका लागि त्यो जीवनकै प्रतिष्ठाको विषय थियो। त्यो बेला पनि उनको उम्मेदवारी चर्चामा थियो। सँगै शेष घलेलगायत अरू पाँचजनाले पनि अध्यक्षका लागि उम्मेदवारी दिए। अब भने एनआरएनए राजनीतिमा चुर्लुम्मै डुबेको अनुभव रामप्रतापले गरे।शेष घलेजस्ता मान्छे आउँदा एनआरएनएको गति र शक्ति झन् बढ्ने देखे रामप्रतापले फेरि पछि हटे। अन्तिममा घलेले नै बाजी मारे। रामप्रतापले त्यहाँ पनि ‘त्याग’ गरे। तर संस्थाप्रतिको लगन, समर्पण र प्रेम कहिल्यै मार्न सकेनन्। शेष घलेको पहिलो कार्यकालमा रामप्रताप एनआरएनएको प्रमुख संरक्षक पनि भएका थिए।

 

२०२१ को अधिवेशनसम्म आइपुग्दा कुमार पन्तले नेतृत्व सम्हालिरहेका थिए। तर अधिवेशनको मुखैमा विवादहरू यति धेरै बल्झिए कि समाधानका बाटाहरू लगभग पुरिइसकेका थिए। परराष्ट्र मन्त्रालयले शेष घलेको अध्यक्षमा एउटा संरक्षक परिषद बनाएर विवादहरू टुङ्ग्याउन र अधिवेशन गराउन भनेर कार्यादेश दियो। मन्त्रालयले घलेलाई व्यक्तिगत रुपमा विवादहरू टुङ्ग्याउन र अधिवेशन गराउने भनेर कार्यादेश दिएको थियो। तर यो समाधानको बाटो नभएको सिद्ध भयो।एनआरएनएभित्र राजनीतिको विभाजित बाटोले अचम्मसँग बढुवा पाएको थियो।

 

त्यो परिषदमा पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीबा लामिछाने, देवमान हिराचन र भवन भट्टसँगै रामप्रताप थापा पनि थिए।एनआरएनए जन्माउने पूर्व अध्यक्षहरूको त्यो परिषदले प्रयास थाल्दा थाल्दै पनि यही अधिवेशनले एनआरएनएलाई चिर्दै चिर्दै झन् धेरै टुक्राहरू पारिदियो।

 

अन्तिम अवस्थामा संस्थाका नेतृत्वकर्ताहरू अलग्गिएर दुईटा बाटो समाए। आफ्ना नजिकका मान्छेहरू राखेर समानान्तर एनआरएनए बनाइयो। यता मूल नेतृत्वमा झन् अलमल भयो। अन्तिममा एउटा उपाय निस्क्यो, तीन जना अध्यक्ष। अघिल्लो अधिवेशनबाटै अध्यक्ष हुन खोजिरहेका कूल आचार्य, वद्री केसी र रविना थापाहरू छ महिना कार्यकाल बाँडेर अध्यक्ष भए। ११ जना उपाध्यक्ष छानिए, २ जना महासचिव भए। ५ जना उपमहासचिव अनि १० जना सचिव ३ जना कोषाध्यक्ष र ८ जनासम्म सहकोषाध्यक्ष राखेर पदहरू टुक्रा टुक्रा पारेर बाँडियो। एनआरएनएको २० वर्षे इतिहासमा यस्तो पहिलोचोटी भएको थियो कि जसले जे इच्छा राख्छ त्यही पाए। रातारात बिधान सच्याएर ७४ जनाभन्दा धेरै पदाधिकारीका हुल नेतृत्वमा छिर्‍यो।

 

त्यो कल्पना, यो एनआरएनए

रामप्रतापहरूले त्यो बेला जन्माएको एनआरएनएभित्र यो संस्कार झाँगिएला भन्ने कल्पना उनीहरूले कहिल्यै गरेका थिएनन्।तर त्यही भयो जहाँ रामप्रतापहरूको कल्पना अनि आशा र भरोसाहरू पुरिन थाले। एनआरएनएभित्र राजनीति यसरी झाँगियो कि अब यसलाई सफा गर्न निकै कठिन हुनेछ। अब रामप्रतापलाई कुनै इच्छा छैन नेतृत्वमा आउने। उनले बुझेका छन्, अब एनआरएनए अभियान्ताहरूको रहेन। यो त अब सिमित स्वार्थ बोकेका ब्यापारी, कुनै आस्था बोकेका राजनीतिक दल अनि त्यस्तै स्वार्थ समूहको चङ्गुलमा फँसिसक्यो।यी सब नपाइँरहदा उनलाई कत्ति चिन्ता छैन, जबसम्म एनआरएनए आफ्नो गन्तव्य बिर्सदैंन। बरू डर छ त्यसरी जन्माएको अनि प्रेमले हुर्काएको संस्था बाटो बिराउँदै बिराउँदै झन् बिलाउने पो हो कि !

 

मूल कार्यकारी नेतृत्वमा उनलाई कहिल्यै आउन नदिइएको ठान्छन् कतिपय उनका शुभिचन्तकहरूले। तर उनले त्यसका लागि उतिसारो मरिहत्ते कहिल्यै गरेनन्। कुनै कार्यकारी पदमा नरहे पनि उनी एआरएनएभित्रै रहेर सारा आप्रवासी नेपालीका लागि धेरै लडे। प्रवासी नेपालीलाई नागरिकता दिलाउनका लागि उनले संस्थाभित्र धेरै भूमिका खेले। एनआरएनएले उनलाई नै नेपाल सरकारसँग समन्वय गरेर नागरिकताको मुद्दामा काम गर्ने जिम्मेवारी दिएको थियो। उनले त्यसका लागि नेपाल सरकार, यहाँका राजनीतिक दल र नेतृत्वसँग निकै संघर्षपूर्ण पहल गरे।

 

नेपाल सरकारले उनलाई सन् २००३मा जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्य दूत पनि बनाएको थियो। अहिले पनि उनी त्यो पदमै छन्। र उनी सन् २००० देखि जर्मन–नेपाल मैत्री संघका अध्यक्ष पनि हुन्।एनआरएनएको नेतृत्व नपाए के भो !

 

कुनै न कुनै डोरीहरू समाएर यसरी उनी नेपाल र नेपालीबाट टाढा भने कहिल्यै हुन सकेनन्।‘राजनीतिमा कहिल्यै लागिनँ त्यसैले त एनआरएनएको संस्थापक हुने सौभाग्य पाएँ। संसारभर छरिएर रहेका नेपालीको अभिभावक बन्ने मौका मलाई मिल्यो। म आफूलाई भाग्यमानी ठान्छु। म जस्ता नेपाली अरु देशमा पनि थिए होला, तर मलाई यो जिम्मेवारी दिइयो’ उनलाई लाग्छ, …युरोपमा बसे पनि विश्वभरका नेपालीलाई सेवा गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु। संसारभरका नेपालीबाट आवाज उठेको थियो राम थापालाई संस्थापकको जिम्मेवारी दिनुपर्छ भनेर। म पनि खुल्ला रुपले लागें। मैले मौका पाएँ, अब गरेर देखाउनु पर्छ भनेर म लागें।’

 

र, अझै पनि मन अठोट छ रामप्रतापसँग, एनआरएनएलाई राजनीतिमुक्त गराउनुपर्छ भन्ने अठोट– ‘मैले आफैले राजनीति गर्न जानिन्। नगरेपछि सिक्ने पनि कुरा भएन। राजनीति नजानेका कारण एनआरएनएमा लपन–छपन गर्न जानिन्। मेरो मान्यता एनआरएनएमा राजनीति गर्नु हुँदैन भन्ने थियो। पवित्र सामाजिक संस्थामा राजनीतिको रङ मिसाउन हुँदैन भन्ने नै हो।’संस्था बचाउन, नेपालीलाई एकढिक्का बनाउन उनले जीवनभरि अरूलाई नै बाटो छोडिदिए।अरूलाई छोड्दा छोड्दै उनी अब आफू धेरै टाढा छुटिसके होलान् तर रामप्रतापको मुटुले एनआरएनएलाई बिर्सन सक्छ न छोड्न।अबको जीवन यही लडाइँमा बिताउनेछन् उनले कि एनआरएनएभित्रको राजनीतिक रंङ पखालियोस् .

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९