इन्टरनेट बन्दबीच इरानमा उग्र प्रदर्शन

दुबई, (रासस/एपी) : इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नुभएपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् ।

तेहरान र अन्य सहरका सडकहरूमा प्रदर्शनपछि भग्नावशेष छरिएका देखिएका छन् । कार्यकर्ताहरूले बाहिर पठाएका छोटा अनलाइन भिडियोहरूमा प्रदर्शनकारीहरूले आगो बाल्दै इरानको ईश्वरतान्त्रिक शासनविरुद्ध नारा लगाएको देखिन्छ । लामो समय मौन बसेको इरानी राज्य टेलिभिजनले शुक्रबार पहिलो पटक प्रतिक्रिया जनाउँदै प्रदर्शन हिंसात्मक बनेको र ‘हताहत’ भएको दाबी गरेको छ, तर त्यसबारे विस्तृत विवरण दिएको छैन । राज्य मिडियाले अमेरिका र इजरायलका ‘आतङ्कवादी एजेन्ट’ ले आगजनी र हिंसा भड्काएको आरोप पनि लगाएको छ ।

सञ्चार अवरोधका कारण प्रदर्शनको वास्तविक आकार र फैलावट तुरुन्तै पुष्टि गर्न सकिएको छैन । तर कमजोर अर्थतन्त्र, महँगी र बेरोजगारीले थलिएको अवस्थामा सुरु भएको यो आन्दोलन पछिल्ला वर्षहरूमा सरकारका लागि सबैभन्दा गम्भीर चुनौती बनेको विश्लेषकहरूको भनाइ छ ।

यो विरोध प्रदर्शनलाई निर्वासित युवराज रेजा पहलवीको आह्वानप्रति जनसमर्थन कति छ भन्ने पहिलो ठूलो परीक्षणका रूपमा पनि हेरिएको छ । उहाँका पिता, पूर्व शाह, सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा अघि देश छाड्न बाध्य हुनुभएको थियो । पछिल्ला प्रदर्शनमा शाहको समर्थनमा नाराबाजीसमेत सुनिनु, पहिले मृत्युदण्डसम्म हुन सक्ने अवस्थाको तुलना गर्दा जनआक्रोश कति गहिरो छ भन्ने सङ्केत मानिएको छ ।

अमेरिकास्थित मानव अधिकार निगरानी समूहका अनुसार हालसम्मको झडप र दमनमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने दुई हजार २७० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको छ । युवारज पहलवीले बिहीबार र शुक्रबार साँझ ८ बजे पुनः सडकमा उत्रिन आह्वान गर्नुभएको थियो ।

विश्लेषक होली डाग्रेसका अनुसार सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाबाट धेरै इरानी नागरिकहरूले इस्लामिक गणतन्त्र हटाउने उद्देश्यसहित प्रदर्शनलाई गम्भीर रूपमा लिएको स्पष्ट हुन्छ । उहाँका अनुसार विश्वले प्रदर्शन नदेखोस् र सुरक्षाबललाई कडा कारबाही गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट बन्द गरेको हो ।

इन्टरनेट बन्द हुनुअघि बिहीबार साँझ तेहरानका विभिन्न बस्तीहरूमा ‘तानाशाह मूर्दावाद’ र ‘इस्लामिक गणतन्त्र मूर्दावाद’ जस्ता नाराले आकाश गुन्जिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । केहीले ‘यो अन्तिम युद्ध हो, पहलवी फर्कनुहुनेछ’ भन्दै शाहको प्रशंसा गरेका थिए ।

युवराज पहलवीले सञ्चार बन्दलाई जनताको आवाज दबाउने प्रयास भन्दै युरोपेली नेताहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर इरानी शासनलाई जवाफदेही बनाउन आग्रह गर्नुभएको छ । उहाँले इरानी जनताको आवाज चुप लाग्न नदिन अन्तर्राष्ट्रिय समुदायले सबै प्राविधिक, वित्तीय र कूटनीतिक उपाय अपनाउनुपर्ने बताउनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सुरक्षाबल वा सरकारले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका नागरिकहरूमाथि हत्या, अत्यधिक बल प्रयोग वा दमन गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले हाल युवराजसँग प्रत्यक्ष भेट उपयुक्त नहुने बताउँदै घटनाक्रमको परिणाम कुर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

हालैका वर्षहरूमा प्रतिबन्ध र क्षेत्रीय द्वन्द्वका कारण इरानको अर्थतन्त्र गम्भीर सङ्कटमा छ । १२ दिने युद्धपछि रियाल मुद्रा ऐतिहासिक रूपमा कमजोर बनेको अवस्थामा सुरु भएको यो आन्दोलनले आगामी दिनमा इरानको राजनीतिक दिशा कता मोडिन्छ भन्नेबारे गहिरो प्रश्न खडा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९