५० प्रतिशत अनुदानमा किसानलाई सिँचाई मोटर वितरण

 

सिरहा, १२ असार । सिरहाको गोलजार नगरपालिका १३ दुर्गापुर वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घर परिवारलाई सिँचाई मोटर वितरण गरेको छ ।वडा कार्यालयको नौ हजार र किसानको नौ हजार रुपैयाँ गरी १८ हजाको लगानीमा खरिद गरिएको सिँचाई मोटर एक कार्यक्रममको बीच वितरण गरिएको हो । स्थानीय किसानको आवश्यकता र माग अनुसार वडा कार्यालयद्वारा विनियोजित १० लाख रकम र वडावासी किसानद्वारा जम्मा गरिएको ५० प्रतिशत लगानीमा एक एचपीको दुई इन्च मोटर खरिद गरी आजबाट वितरण कार्य सूरु गरिएको वडा अध्यक्ष नन्दकुमार महतोले जानकारी दिए ।

 

किसानको माग अनुसार नै चालु आर्थिक वर्ष २०७९/८० मा किसानलाई सिँचाई मोटर खरिदको लागि १० लाख विनियोजन गरिएको वडाअध्यक्ष महतोल जनाए । वडाको किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाई मोटर दिने योजना अनुसारै मोटर खरिद गरि आजबाट वितरण गर्न थालिएको हो ।नगरका अन्य वडामा निःशुल्क बोर्डिङ र मोटर दिए पनि यस वडाले किसानसँग साझेदारीमा काम गरेको छ । यो नगरकै नमुना कार्य रहेको स्थानीय बुद्धिजीवि बताउँछन् ।वडाले सार्वजनिक सूचना प्रकाशन गरी किसानले दिएको निवेदनको आधारमा आजबाट एक सय १० जनालाई मोटर वितरण गरिएको जनाएको छ ।

 

नगरकै सवैभन्दा बढी किसान रहेको वडा भएकाले कृषिक्षेत्रमा आफूले विषेश जोड दिएको वडा अध्यक्ष नन्द किशोर महतोले बताए । उनले वडाले जारी गरेको सूचनाको आधारमा निवेदन दिन आएका एकसय ६३ जना किसानमध्ये एक सय १० जनालाई यो मोटर वितरण गरिसकिएको जानकारी दिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?