Baigyanik Media

Advertisement

Skip Ad

रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

काठमाडौं, २३ असार । यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामवावु सुवेदीलाई प्रदान गरिएको छ। पाँच दशकदेखि सरल र सुरूचिपूर्ण सिर्जनाका माध्यम बालबालिकाको मनमा गहिरो छाप छोड्न सफल सुवेदी योगदानको मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिएको आयोजक संस्था ‘कृष्ण साहित्य सदन’ले जनाएको छ।

सुवेदीलाई डा. तीर्थबहादुर श्रेष्ठले राजधानीमा आयोजित एक समारोह बीच पुरस्कार प्रदान गरेका हुन्। रसिला र मनोरञ्जक बालगीत र बालकविता मार्फत बालबालिकामा देशप्रेम र मानवप्रेमको भावना जगाउन सुवेदीको सिर्जना सफल भएको सदनको ठहर छ। २००४ सालमा हंसपुर, कास्कीमा जन्मिएका सुवेदीका बालककविता र बालगीत अद्वुतिय मानिन्छन्। तीन दर्जनभन्दा बढी कृतिका स्रष्टा सुवेदीका ‘मेरो गाउँ ज्यामिरे’, ‘आइतबार बिहान’, ‘आमा जस्ती गुरुमा’, ‘घान्द्रुक झलल’ जस्ता रचना प्रसिद्ध छन्।

रमाइला नानी बाल साहित्य पुरस्कार सम्मान बर्सेनी पराजुलीको स्मृतिमा स्थापित कृष्ण साहित्य सदनले प्रदान गर्दै आएको छ।  भाषा व्याकरणका क्षेत्रमा ‘राम्रो रचना मीठो नेपाली’पुस्तकले अमर बनेका साहित्यकार पराजुलीका दर्जनौं पुस्तक प्रकाशित छन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’का सम्पादकमध्येका एक हुन्।

प्रा. डा. ध्रुव घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा अतिथिवक्ता प्रा. डा. कपिल लामिछानेले पुरस्कृत व्यक्तित्वको योगदानको चर्चा गरेका थिए। सो पुरस्कार साहित्यकार कृष्णप्रसाद पराजुलीको स्मृतिमा उनकै बाल कविता संग्रह ‘रमाइला नानी’ को नाममा स्थापना गरिएको हो। सो पुरस्कार पाउने सुवेदी छैठौं स्रष्टा हुन्। यसअघि माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, देवीप्रसाद वनवासीले सो सम्मान पाइसकेका छन्।

सदनले पराजुलीको स्मृति दिवसको अवसरमा पारेर असार २३ गते सो पुरस्कार प्रदान गरिएको हो। साथै, सदनले नेपाली साहित्यको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने डिल्ली नेपाललाई विशेष सम्मान गरेको छ। उनले कृष्णप्रसाद पराजुलीरचित महाकाव्य ‘मनमाया’माथि शोध पूरा गरेका थिए।

साहित्यकार कृष्णप्रसाद पराजुलीको ८०औं जन्मजयन्तीका दिन नेपाली प्राज्ञिक जगत्मा उदीयमान युवा व्यक्तित्व तपाईंलाई सम्मान गर्न पाउँदा हामी हर्षित छौं। तपाईंको सिर्जनात्मक र प्राज्ञिक सफलताका साथै सुस्वास्थ्यको कामनासमेत गर्दछौं।

नेपाली बाल साहित्यमा लोकलयलाई समातेर मौलिक सिर्जना गरिएको बाल गीत कविता संग्रह ‘रमाइला नानी’ को प्रथम र दोस्रो खण्ड २०२२ सालमा सहयोगी प्रकाशनबाट प्रकाशित भएको थियो। २०२५ सालमा सो संग्रहको तेस्रो भाग प्रकाशित भएको थियो। हालसम्म रमाइला नानीको दर्जनौं संस्करण र मुद्रण भइसकेको छ।

बालकविता संग्रहको भूमिकामा पराजुलीले लेखेका थिए, ‘धर्तीको फूलबारीमा रम्न बालबालिकाको हृदय लिनुपर्छ। उनीहरुको स्वच्छ हृदयमा कुनै किसिमको दाग र कलंक हुँदैन। उनीहरु आफूमै, आफ्ना कुरामै र आफू वरिपरिका वातावरणमा राउँछन् र आनन्द पाउँछन्। उनीहरुको आफ्नै पवित्र संसार हुन्छ। त्यसै संसारमा घाम–पानी, फूल–कोपिला, माटो–हवाईजहाजलाई आफ्नो तुल्याएका हुन्छन् र तीनै साधनद्वारा उनीहरु संसारका गुह्यभन्दा गुह्य कुरालाई पनि उद्घाटित गर्न सक्छन्। त्यसैले हरेक बालबालिका कवि हुन्।’ बालबालिकालाई कवि देख्ने पराजुलीको निधन २०७० साल चैतमा ७९ वर्षमा भएको थियो।

रमाइला नानी सर्वाधिक बिक्री हुने बालसाहित्यको पुस्तक मध्ये एक हो। पराजुलीले झन्डै पचास वर्षअघि प्रकाशित हुने बालक पत्रिकाको सम्पादकको रुपमा पनि बाल साहित्यमा योगदान दिएका थिए। पराजुलीका फूलपात, जुनतारा, सुनकेस्रा, सुनौला तीन कुरा, चार चंगेरी, हिमाली डाँफे, सात गेडीका कथा, मेरो मुलरीलगायतका बाल साहित्यका कृति प्रकाशित छन्। काभ्रेको भमरकोटमा विस १९९२ असार २४ गते जन्मिएका पराजुलीको निधन २०७० मा भएको थियो। बालसाहित्यबाहेक पराजुलीका व्याकरण, काव्य, लोक साहित्यकलगायतका विधामा ३० भन्दा बढी पुस्तक प्रकाशित छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन (पोर्चुगल), वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

गुञ्जिन थाले तिहारका गीत

काठमाडौँ, उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९