कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मञ्जु रावलको घटनामा आधारित म्युजिक भिडियो आज सार्वजनिक हुँदै छ।
मञ्जुको हत्या ४० वर्षीया उनकै श्रीमानकी अर्की पत्नी (सौता) गोमा रावलले ‘कन्याक्ट किलर’ द्वारा गर्न लगाएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। जसमा उनको हत्या गर्न लगाएको थियो।
मञ्जुको शव कैलालीको मोहन्याल गााउँपालिका–५ बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट करिब २ सय मिटर पश्चिमतर्फको खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको अवस्थामा फेला परेको थियो। कंकालहरु वरपर छरिएर रहेको अवस्थामा फेला परेको र हड्डीसँगै बेरिएर रहेको कपडाको आधारमा मञ्जुका छोराले आमाको सनाखत गरेका थिए। हत्यामा संलग्नताको आरोपमा पक्राउ परेकी सरिता रावलको बयानका आधारमा मञ्जुको शव भेटिएको थियो। उक्त घटनामा आधारित पारेर म्युजिक भिडियो सार्वजनिक गर्न लागिएको हो।
उनको जेठ २५ गते वकिललाई भेट्न भनेर भल्कास्थित घरबाट निस्किएकी मञ्जु नफर्किएपछि असार १ गते आमाको खोजी कार्यका लागि उनका छोरा विवेकले इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए। गोमाले मञ्जुको हत्या गर्न लम्कीचुहा–४ भल्काकै वर्षा रावल, भरत रावल, अछाम पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ३७ वर्षीया सरिता रावलद्वारा हत्या गराएको खुलेको थियो। घटनापछि गोमासहित उनीहरुलाई पक्राउ गरिएको थिए।
१७ वर्षीय छोरा विवेक रावलले ’सौतेनी आमा’ले आफन्तहरुलाई पैसा दिएर हत्या गर्न लगाएको दाबी गरे। मञ्जुका १७ वर्षीय छोरा र ९ वर्षीया छोरी छन्। श्रीमान जनक रावलको अढाई वर्षअघि मृत्यु भइसकेको छ। मञ्जु जनककी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीबाट दुई छोरी छन्। श्रीमानको मृत्युपछि १० कट्ठा जग्गाका लागि गोमाले मञ्जुको हत्या गर्न लगाएको खुलेको छ। तर मञ्चुको हत्याअघि जबरजस्ती करणी भएको विषय समेत बाहिरिएको थियो। स्रोत : संघीय न्युज 



















































































































































