गोदावरी कृषि विकास सहकारीको पहलमा सरसफाईमा जुर्रमुरायो ओलानी

धनगढी । गोदावरी नगरपालिकालाई नै चकित पार्नेगरी गोदावरी कृषि विकास सहकारी संस्थाले सडक सरसफाई गरेर आफ्नो १२ औं स्थापना दिवस भब्यरुपमा मनाएको छ । जनश्रमदान गरेर कैलालीको चौकिडाँडा–फल्टुडे जोड्ने सडकमा झाडी सरसफाई गरेर शनिबार सहकारीले आफ्नो १२ औं स्थापना दिवस मनाएको हो ।

 

शनिबार एकाबिहानै घरघरबाट सहकारीका सदस्यहरु चिटिक्क परेर हातमा हँसिया, कोदालो बोकेर सडक सरसफाईमा निस्कदाको दृश्य निकै रोचक र आकर्षक देखिन्थ्यो । सहकारीका सदस्य ठाउँठाउँबाट सरसफाईमा निस्कन थालेछि सहकारीमा आवद्ध नभएका गाउँलेहरु पनि उनीहरुसंगै मिसिएर सडक सरसफाईमा सहभागी भएका थिए । सरसफाई कार्यक्रममा करिब ७ सय जनाको सहभागिता रहेको थियो ।

 

चुरे पहाडको फेदमा रहेको ओलानी बस्तीले पहाडको झल्को दिनेगर्छ । पूर्वबाट सूर्यका किरणहरु बस्तीमा पर्दै गरेका बखत आफ्नो गाउँको सडक सफागर्न स्वतस्फूत घरबाट निस्कदाको परिवेशले थप सुन्दरता थपिएको थियो । सबैको अनुहारमा देखिएको चमकले गाउँको मुहार नै फेर्न अग्रसर भएको आभास सजिलै गर्न सकिन्थ्यो ।

 

रोचकत के थियो भने खुसीले गद्गद् भएर सडक सरफाईमा निस्केकाहरुले सहकारीका अध्यक्ष कृष्ण बिकको कामको एकआपसमा चर्चागर्दै आईरहका थिए । पूरै गाउँलाई एकठाउँमा संगठित गरेर गोदावरी नगरपालिकालाई नै अचम्म पार्नेगरी सहकारीको स्थापना दिवस मनाएकोमा सबैले अध्यक्ष बिकको दिल खोलेर प्रशंसा गरेका थिए ।

 

कैलालीको चौकिडाँडा–फल्टुडे जोड्ने सडकमा पहाडतिरबाट झाडी सफाइ गर्दै कोलमुडा र हलौडेको समुह कोलमुडाको बसपार्कबाट तल्लो पिपल चौतारासम्म पुगेको थियो । रेगुलेटरदेखि चाक्ले खोलासम्म तराईतिरको समुह सरसफाई गर्दै अगाडी बढेको थियो । सहकारीको २९ वटा समुह सरसफाईको नेतृत्व गर्दै सडक सरफाईमा जुटेका थिए ।

 

वर्षौदेखिको ओलानीका जनताको जीवनसंग जोडिएको सडक कालोपत्रे हुने आशा निराशामा परिणत भएको छ । सडक कालोपत्रे नहुँदा अहिलेपनि ओलानीवासीले निकै सास्ती भोग्नु परेको छ । बर्सातको समयमा सडक किनारामा उम्रिएको झाडीले सडक ढाकिएर सडक नराम्रो देखिएपछि गोदावरी नगरपालिका – ११ ओलानीमै रहेको गोदावरी कृषि विकास सहकारी संस्थाले सडक सरसफाई गरेको सहकारीका अध्यक्ष कृष्ण बिकले बताए ।

 

आर्थिक विकास संगै सामाजिक र मानविय विकासमा जोडदिदै आएका बिक समाज परिवर्तनका लागि सामाजिक र मानविय विकास अनिवार्य हुनुपर्ने बताउँछन् । सडक सरसफाईको काम सकिएपछि सबैजना गौडीमा भेला भएका थिए । अध्यक्ष बिकले सरसफाइमा साथदिने सबैलाई सम्बोधन गर्दै धन्यवाद व्यक्त गरेका थिए । उनले भने –“आजको जनश्रमदानले हामी हाम्रो गाउँको मुहार फेर्न सक्छौ र परिवर्तनका पक्षमा अभिन सक्छौ भन्ने प्रमाणित गरेको छ ।” सरसफाईमा देखिएको जनसहभागिताले थप सामाजिक काम गर्ने उत्साह जागेको भन्दै ओलानीले एकता र सामाजिक सद्भावको सन्देश दिएको बिकले बताए ।

 

मानविय विकासका कामलाई निरन्तरता दिन आवश्यक रहेको भन्दै सरसफाई अभियानलाई निरन्तरता दिदै सामाजिक विकासका कामपनि सहकारीले गर्ने उनले बताए । “सहकारीको वार्षिक कार्यविधिमा स्थापना दिवस सामाजिक विकासका काम गरेर मनाउने घोषणा गरेका थियौ” बिकले भने ‘अझै पनि धेरै ठाउँमा सरसफाइ गर्न बाँकी रहेकोले नियमित रुपमा सरसफाइ गरिने छ ।’

 

 

उनले सहकारीको स्थापना दिवस ४ दिनसम्म विभिन्न सामाजिक काम गरेर मनाउने बताए । ‘स्थापना दिवसको पहिलो दिन हामीले सरसफाइ गरेका छौ । दोस्रो दिन घरघरमा वृक्षारोपण गर्ने छौ’ उनले भने ‘तेस्रो दिन सहकारीमा आवद्ध सेयर सदस्यका परिवारमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई सम्मान गरी चौथो दिन सहकारीको साधारणसभा गरी अभियान समापन गरिने छ ।’

 

सरसफाई गर्न समुहको नेतृत्व गरेर आएकी शान्ती समुहकी अध्यक्ष मिना बिकले परक विचार राख्दै समाज र जनताका पीरमर्का बुझेकाहरुले स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने धारणा राखन् ि। गैरसरकारी संस्थामा लामो समय काम गरी हाल शिक्षक समेत रहेका सहकारीका अध्यक्ष कृष्ण बिकको अगुवाईमा सरसफाईमा उर्लिएको जनलहर देख्दा आफू अचम्ममा परेको बताईन् । सबैको मन जितेका बिक वडा सरकारको नेतृत्व गर्न अगाडी सरे पूरै वडानै उनको पक्षमा एकढिक्का भएर उभिने अवस्था रहेको उनले दाबी गरिन् । जनतालाई गाउँको विकास गर्ने योग्य र क्षमतावान व्यक्ति चाहिएको छ । सबैले स्वीकार्ने व्यक्तिका रुपमा यतिबेला कृष्ण बिक अगाडी देखिएकाछन् । राष्ट्रिय डोजो कराते खेलाडी आनन्द बिकपनि सरसफाई कार्यक्रममा सहभागी भएका थिए । ओलानी डोजो कराते खेलाडीको नेतृत्व गरेर सरसफाईमा सहभागी भएका सन्तोष बिकले आफ्नो गाउँको सरसफाई गर्न पाउँदा खुसी लागेको बताए । सहकारीका सदस्य डिल्ली बिकले गोदावरीमै अहिले सम्मकै ऐतिहासिक सरसफाई अभियान संचालन भएको बताए । सहकारीका सक्षम नेतृत्व गरेका अध्यक्ष कृष्ण बिकले बिल्कुलै फरक तरिकाले समाज र सहकारीको हितहुने गरी कामगर्दै आएको भन्दै अध्यक्ष बिकको कामको उनले प्रशंसा गरे ।सहकारीका व्यवस्थापक गणेश बिकले सहकारीमा आवद्ध सदस्यहरु जिविकोपार्जनको लागि आयआर्जनका काममा अग्रसर हुँदै आएको बताए । जमिन बाँझो नराख्ने गरी सहकारीले कृषितर्फ आकर्षण हुने कार्यक्रम समेत संचालन गरेको छ । प्रतिव्यक्तिलाई १४ सय रुपैयाको ९ प्रकारको बेमौसमी तरकारीको बिउँ वितरण गरिएको छ । उनले भने –“ सहकारीका सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउनकै लागि गतसाल २० वटा उन्नत जातको बाख्रा वितरण गरेका थियौ । साथै प्लाष्टिक टर्नेल तथा थोपा सिचाई कार्यक्रम संचालन गरी मौसमी तथा बेमौसी तरकारी खेती गर्नमा सहकारीले सहयोग गरेको थियो ।” मुर्राजातका ५ वटा दुधदिने ९ वटा ब्याउने र एउटा राँगो समेत वितरण गरिएको बिकले बताए । ४ वर्षदेखि सहकारीमा आवद्ध दुर्गा देवी बिकले सहकारीबाट बीउ खरिद गरेर गोलभेडा खेती गरेको बताइन् । उनले खेती गर्न सिकाउन सहकारीबाट कृषि प्राविधिक पनि घरमै आउने भएकाले तरकारी खेती गर्न सहज भएको बताइन् । मासिक २ सय सहकारीमा बचत गर्दै आएकी बिकले आवश्यक परेका बेला सहकारीबाट ऋण पनि लिने गरेको बताइन् । सहकारीकी सदस्य सुनीता देवी कोलीले सहकारीबाट अनुदानमा पाएको मुर्रा भैँसीको दैनिक डेरीमा दूध बिक्री गर्ने गरेको बताइन् । सहकारीले गर्दै आएको राम्रा कामको उनले प्रशंसा पनि गरेकीछन् । २०६७ सालमा ७ सय ४१ जना दलित समुदायबाट १५ रुपैयाबाट बचत सुरु गरिएको संस्थापक अध्यक्ष टेक बिकले बताए । । दलित विकास सेवा केन्द्र नामको संस्था स्थापना गरी सामाजिक कामको सुरुवात गरेपनि २०६९ सालमा गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेड दर्ता गरी निरन्तर सहकारीले सामाजिक विकासका काम गर्दै आएको निवर्तमान वडा अध्यक्ष शिव बिकले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

राँझा (बाँके), रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताउनुभयो । निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले...

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो...

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

एसिया–प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले  आज यहाँ ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरुलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको...

टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’

काठमाडौँ,  काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत््् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो । उक्त सडकबक्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । स्मार्ट सडकबक्तिको शुभारम्भ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।   स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण...

‘एफक्यान रोड रेस’मा आर्मी क्लबका रोकाय प्रथम

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘एफक्यान रोड रेस’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । आर्मी क्लबका सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भएका छन् ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९