स्रोत नखुलेको दुईजना पक्राउ दुईजना पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

 

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?