भारतमा एक परिवारका ७ जनालाई ‘सामूहिक आत्महत्या’ गराउन बिबश बनाउने एक पक्राउ

गुजरात, । सुरतमा एकैसाथ ७ जनाको सामूहिक आत्महत्याको घटनामा प्रहरीले ठूलो खुलासा गरेको छ । घटनाको १२ दिनपछि प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मृतक मनिष सोलंकीका व्यवसायिक साझेदार इन्दरपाल शर्मा रहेका छन् । दुवै फर्निचर व्यवसायमा साझेदार थिए । प्रहरीका अनुसार इन्दरपालले मनिष सोलंकीबाट २० लाख रुपैयाँ लिन चाहेको थियो । इन्दरपालले मनिषलाई यो रकम दीपावलीसम्म तिर्न दबाब दिएका थिए । जुन दबाब सहन नसकेर सोलंकीका परिवारले सामुहिक रुपमा आत्महत्या गरेका थिए ।

 

सूरतका डीसीपी राकेश बारोटले अक्टोबर २९ को बिहान अडाजन थाना क्षेत्रको पालनपुर पटिया क्षेत्रमा रहेको एउटा फ्ल्याटबाट ७ जनाको शव फेला पारेको जानकारी दिए पछि हंगामा मच्चिएको थियो । सुरुमा यो सामूहिक आत्महत्या भएको अनुमान गरिएको थियो तर प्रहरीले अनुसन्धान थालेपछि मृतक मनिष सोलंकीले झुण्डिएर तथा आमाबुवा, श्रीमती र तीनै जनाको विष पिएर मृत्यु भएको खुलेको थियो ।

 

प्रहरीले घटनास्थलमा सुसाइड नोट पनि फेला पारेको थियो, जसमा उनले कसैको नाम नलिई पैसा फिर्ता नगरेको लेखेका थिए । त्यसपछि प्रहरीले यस विषयमा गहिरो अनुसन्धान जारी राखेको छ थियो, सोही बीचमा प्रहरीले मृतक मनिषको अर्को चिठ्ठी पनि प्राप्त गरेको छ, जसमा उनले आफ्ना साथी इन्दरपाल शर्माबाट २० लाख रुपैयाँ लिएका थिए।

 

जो तिर्नका लागि निकै दबाब परेको थियो, जसलाई सहन नसकेर मनिषको परिवारले सामुहिक आत्महत्याको बाटो रोजेको थियो, इन्दरपाललाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१