कैलाली प्रहरीको हिरासतमा थुनुवा मृत्यु प्रकरणः ‘हत्या’ गरिएको भन्दै छानबिनको माग

धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको भनिएको घटनाको निश्पक्ष छानविनको माग गरिएको छ । प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका हुन्।

 

स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेका कृष्णको प्रहरी हिरासतमा बिहिबार बिहान अचानक मृत्यु भएको थियो। कृष्णको मृत्यु नभई ‘हत्या’ भएको आरोप लगाउँदै आफन्तले घटनाको छानबिन गरी सत्यतथ्य कुरा बाहिर ल्याउने माग गरेका छन् । सत्यतथ्य कुरा बाहिर नल्याएसम्म शवको पोष्टमार्टम समेत गर्न नदिने मृतकका दाजु गणेश सेट्टीले बताए। बुधवार साँझ मात्र कम्बल दिन हिरासतमा गएका वेला भाइको स्वास्थ्य अवस्था ठिक रहेको उनको भनाइ छ। उनले भने,हट्टाकट्टा ज्यान भएको मेरो भाइको अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या थिएन, अघिल्लो दिन साँझ भेट्दा पनि ठिक थियो, बिहीबार बिहान बिरामी भयो भनेर प्रहरीले खबर गरेर बुहारी र म आउँदा अस्पतालमा भाइको लास देख्यौँ’उनले भने,‘आफै मृत्यु भएको हो भनेर कसरी पत्याउने?’ प्रहरीले मृतकका आफन्तलाई प्रहरी कार्यालय भित्र उनलाई राखेको हिरासत र बयान लिएको ठाउँको सिसि क्यामेरा हेर्न दिएको छ।

 

कैलाली प्रहरी कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्र सिंह पालले बिहिबार बिहान बयान लिने क्रममा कुर्सीबाट बेहोस भएर ढलेको र उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा युवकको मृत्यु भएको बताएका छन्।‘सिसि क्यामेरा हेर्दा हिरासत भित्र पनि ती युवक तनावमा बस्ने, उठ्ने र यताउता हिँड्ने छटपटाहट भएजस्तो देखिएको उनले भने।

 

सेती प्रादेशिक अस्पतालमा ल्याउँदा सेट्टी गंभिर अवस्थामा रहेको अस्पतालका प्रवक्ता किशोर श्रेष्ठले बताए। पोष्टमार्टम हुन बाँकी रहेकोले मृत्युको यकिन कारण खुल्न सकेको छैन। मृतकका आफन्तले नै पोष्टमार्टम हुन उनको भनाई छ। धनगढी उपमहानगरपालिका वडा नं १६ विद्यालय क्षेत्रमा गत सोमवार पसलबाट मदिरा चोरी खाएको भनेर ३८ वर्षीय लालबहादुर थापाको वासँको लाठी हानेर हत्या गरेको अभियोगमा सेट्टी पक्राउ परेर प्रहरी हिरासतमा रहेका थिए। मृतक सेट्टीका श्रीमती, चार र छ वर्षका एक छोरा एक छोरी रहेका छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?