
चितवन । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो । मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।