भुकम्प पीडितलाई सहयोगको मामिलामा प्रदेश सरकार निरीह, जम्मा दुई अधिकार मात्र

सुर्खेत  । कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपासमा केन्द्र विन्दु बनाएर गएको भूकम्पले भएको मानबिय तथा भौतिक संरचनामा भएको क्षती अध्ययन गर्न १८ गते बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , उर्जामन्त्री शक्तिबहादुर बस्नेत , पूर्व अर्थन्त्री जनार्दन शर्मा लगाएतका टोली जाजरकोट पुगे ।

प्रधानमन्त्री लगाएको टिम जाजरकोट पुग्ने समयमा यत्ता कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको बैठक बसिरहेको थियो । कर्णाली प्रदेशको मन्त्रीपरिषदको बैठक सकेर अबेर अर्थात संघीय सरकार भन्दा प्रदेश सरकारका मन्त्री जाजरकोटमा पछाडी पुगे ।

प्रदेश सरकारका मन्त्री पुग्ने समय सम्म जाजरकोटमा अधिकांश ठाउँका घाइतेको उद्धार कार्य करिब करिब सकिएको अवस्थामा रहेको थियो । संघीय सरकार र स्थानीय सरकारले उद्धारको कामलाई व्यापक बनाइरहदा प्रदेश सरकार उपस्थिती कम्जोर बन्दा त्यहाँ प्रश्न समेत उठेका थिए ।

अबेर अर्थात १८ गते दिउसो पुगेका प्रदेशका मन्त्रीहरु जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सहभागी भए । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह , भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्मा पनि सहभागी थिए । मन्त्रीहरु जाजरकोट पुग्दा मुख्यमन्त्री राजकुमार शर्मा सुर्खेतमै रहेका थिए । मन्त्री शर्माले मुख्यमन्त्री राजकुमार शर्मालाई जाजरकोट आउनुहुन्छ की भनेर भत्किएको जिल्ला प्रशासन कार्यालयको प्रागंनबाट फोन गर्दा अहिले यत्तै काममा जुटनुपर्ने भयो भन्ने जवाफ दिएका थिए । सो समयमा उद्धारको काममा उर्जामन्त्री शक्तिबहादुर बस्नेत आफैँ फिल्डमा खटिएका थिए ।

नेपाली सेनाको हेलिकोप्टरबाट अधिकांश घाइतेको उद्धारका काम संघीय सरकारकै पहलमा भएका थिए । प्रदेश सरकारका जिल्ला स्थित कार्यालयमा रहेका गाडीहरुमा नजिक रहेका घाइतेहरुलाई अस्पताल सम्म ल्याउने काममा सक्रिय बनाएको थियो ।

 

दोस्रो दिन देखि तेस्रो दिनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सुर्खेतबाट अधिकांश ठाउँको राहत सामग्री तथा उद्धारका कामहरु गरेका थिए । त्यस्तै जिल्लामा उर्जामन्त्री शक्तिबहादुर बस्नेत सक्रिया भएर फिल्डमा खटिएका थिए । बस्नेतसँगै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह पनि सक्रिय रहेका थिए । प्रदेश सरकारले भूकम्पमा सक्रियता देखाउन खोजे पनि संघ सरकारले स्पेश नदिँदा समन्वय नहुँदा भूमिका बिहीन जस्तै बनाएको थियो ।

 

कात्तिक २४ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माण गरिदिने निर्णय ग¥यो । मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयलाई अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदान गरेको थियो ।
सोही अनुसार कार्तिक २५ गते बसेको मन्त्रालयको बैठकले तिहार लगत्तै अस्थायी टहरा निर्माण गर्ने, प्रदेश सरकारबाट अस्थायी घर लगायत भौतिक संरचना निर्माणका लागि संघीय सरकारसँग समन्वय गरेर जाने र प्रदेशबाट १ अर्ब रकम छुट्याउने निर्णय भएको थियो । उक्त रकम समग्र पुनः निर्माणको प्रक्रियासँग जोडेर विनियोजन गरिएको हो ।

 

तर, केन्द्र सरकारले भने प्रदेश सरकारलाई भूमिकाविहीन बनाइ दियो । गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको ‘भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, ०८०’ मा भने प्रदेश सरकारलाई भूमिकाविहीन बनाइएको छ । राहत वितरण देखि उद्धारका कामहरु सम्म गर्दा प्रदेश सरकारलाई संघीय सरकारलाई बेसरी हिर्काएको देखिएको छ । स्थानीय सरकारलाई राहत वितरण समेत व्यापक स्पेश दिइएको छ । अहिले तथ्यांक संकलनका कामहरुमा समेत स्थानीय सरकार मुख्य भूमिकामा रहेको छ । उत्ता प्रदेश सरकारका जिल्ला स्थित कार्यालयलाई सरकारी संरचनाको अवस्था पत्ता लगाएर तथ्यांक संकलन गर्न जिल्ला विपद व्यवस्थापन समितिले जिम्मेवारी तोकेको थियो । त्यस्तै भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुदा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा सहभागी थिएनन् । संघीय सरकारका मन्त्री शक्ति बस्नेतसँगै भएपनि मुख्यमन्त्री शर्मा भने उक्त कार्यक्रममा सहभागी देखिएनन् ।

केन्द्र सरकारले बनाएको उक्त कार्यविधि कार्तिक २६ गते स्वीकृत भएर कार्यान्वयनमा आइसक्यो । उक्त कार्यविधिमा भूकम्प प्रभावितको व्यवस्थापनमा संघीय सरकार र स्थानीय पालिकालाई भूमिका दिइए पनि प्रदेशलाई भूमिका बिहीन बनाएको छ । कार्यविधि अनुसार संघीय सरकारले अस्थायी आवासका लागि विनियोजन गरेको अनुदानको पहिलो किस्ता वितरण भइसक्दा प्रदेशलाई कुनै पनि प्रकारको औपचारिक पत्र आएको छैन । जसका कारण प्रदेशका मन्त्रीहरु छुट्याइएको बजेट समेत के गर्ने भन्ने अन्योलमा छन् ।

 

१३ पृष्ठ लामो कार्यविधिमा प्रदेशलाई जम्मा दुई वटा भूमिका मात्र दिइएको छ, त्यो पनि संघीय सरकार, संघीय निकाय र स्थानीय तहको समन्वयमा अनुगमन गर्ने  र कार्यविधिमा प्रभावितहरुका लागि दोहोरो नपर्ने गरी प्रदेशले अस्थायी आवास तथा संरचनाहरुको निर्माण गर्न सक्ने भनेर कार्यविधिमा उल्लेख छ ।

भूकम्प प्रभावितहरुको व्यवस्थापनमा संघीय सरकारले प्रदेश सरकारलाई देखाएको व्यवहारले प्रदेशका मन्त्रीहरु भने छक्क परेका छन् । निर्माण देखि अन्य काममा प्रदेश सरकारलाई जिम्मेवारी नदिन जिल्ला स्थित सञ्चालन भएका छलफलमा समेत सहभागीले बताउने गरेका छन् । संघीय सरकारले दिएको अनुदानबाट चल्ने प्रदेश सरकार भएकाले प्रदेशलाई भूमिका नदिएको अधिकांशले बताउदै आएका छन् । भूकम्प प्रभावितलाई व्यवस्थापन गर्ने कुरामा केन्द्र र प्रदेश सरकारबिच समन्वय भएको देखिँदैन । प्रदेशको मन्त्रिपरिषद्ले गरेको जस्तै निर्णय केन्द्रको मन्त्रिपरिषद्ले पनि गर्यो । दुई सरकारले गरेका निर्णय बाझिएपछि कार्यान्वयनमा कुन आधारमा जाने भन्ने विषयमा दुई सरकारबिच समन्वय नभएको प्रदेशका मन्त्रीहरु बताउँछन् ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रलायले १ अर्ब बजेटमा प्रभावित क्षेत्रका क्षतिग्रस्त खानेपानीका संरचना निर्माण, स्वास्थ्य संस्थाका भवन, विद्यालयका भवन लगायतको कुराहरु पनि समेटेको थियो । तर, संघीय सरकारले खानेपानीको समेत व्यवस्थापन पालिकाले गर्ने उल्लेख गरेपछि प्रदेशका मन्त्रीहरु नै केन्द्र सरकारको व्यवहारबाट रुष्ट छन् । स्थानीय तहलाई अस्थायी आवास निर्माणका लागि वास्तविक लाभग्राहीको पहिचान, छनोट, सम्झौता, किस्ता भुक्तानी सिफारिस तथा भुक्तानीमा स्थानीय तहको नेतृत्वदायी भूमिका हुने उल्लेख गरिएको छ । सुविधाबाट वञ्चित वा दोहोरो सुविधा पर्न नदिन स्थानीय तहले नै सरकारी, गैरसरकारी संस्था लगायत सबै पक्षसँग समन्वय गर्ने अधिकार दिइएको छ भने शौचालय भए नभएकोदेखि खानेपानीको बन्दोबस्त मिलाउनेसम्मको जिम्मेवारी पालिकालाई दिइएको छ ।

संघ–संस्थाको सहयोगमा निर्माण भइरहेका समेत सबै अस्थायी आवास निर्माण कार्यको अनुगमनको जिम्मेवारी पनि पालिकालाई दिइएको छ । प्रदेशको भौतिक मन्त्रालयले १ अर्ब बजेटमा प्रभावित क्षेत्रका क्षतिग्रस्त खानेपानीका संरचना निर्माण, स्वास्थ्य संस्थाका भवन, विद्यालयका भवन लगायतको कुराहरु पनि समेटेको थियो । तर, संघीय सरकारले खानेपानीको समेत व्यवस्थापन पालिकाले गर्ने उल्लेख गरेपछि प्रदेशका मन्त्रीहरु नै केन्द्र सरकारको व्यवहारबाट रुष्ट छन् । मुख्यमन्त्री राजकुमार शर्माको समन्वय गर्ने तरिका एकदम कम्जोर भएको अन्य मन्त्रीले नै आरोप लगाउन थालेका छन् । संघीय सरकारका हरेक काममा प्रदेश सरकार साँचीको रुपमा मात्र सहभागी हुने सम्भावना देखिएको एक मन्त्रीले बताए ।

२०७२ सालको कार्यविधिमा टेकेर २०८० सालमा काम गर्दा समस्य भइरहेको मन्त्री बेदराज सिंहले बताए । प्रदेशको भूमिका खोज्न कर्णालीका मुख्यमन्त्री काठमाडौँ गएर बुधबार मात्र फर्केका छन् । संघीय सरकारले संघीयता माथी नै प्रहार भएको प्रदेशका मन्त्रीहरुले बताउन थालेका छन् । एकद्धार प्रर्णाली आफैँ बनाउछ संघीय सरकारले आफैँ तोडने काम गरेको छ कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीले बताए । मृतकका आफन्तलाई राहत दिने प्रदेश सरकारको अधिकार भएपनि  संघीय सरकारको मताहातमा रहेको जिल्ला प्रशासन कार्यालयले दोहोरो पर्ने गरि हामी प्रदेश सरकारको रकम लिदैनौँ भन्दै हामीलाई पछि हटन बाध्य बनाएको समेत उनले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

आमनिर्वाचन सफल पार्नुपर्नेमा जोड

म्याग्दी,राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले फागुन २१ गतेको चुनाव राजनीतिक निकासका लागि प्रस्थानबिन्दु भएको बताउनुभयो । “देशमा...

तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग

दमौली (तनहुँ),  तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन् । आयोजनाका कारण व्यास नगरपालिका–१३ स्थित बेलबास सङ्कटमा परेको दाबी गर्दै त्यसको उचित क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् ।     बेलबासका स्थानीय ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु

नयाँदिल्ली,उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा,  शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९