भुकम्प पीडितलाई सहयोगको मामिलामा प्रदेश सरकार निरीह, जम्मा दुई अधिकार मात्र

सुर्खेत  । कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपासमा केन्द्र विन्दु बनाएर गएको भूकम्पले भएको मानबिय तथा भौतिक संरचनामा भएको क्षती अध्ययन गर्न १८ गते बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , उर्जामन्त्री शक्तिबहादुर बस्नेत , पूर्व अर्थन्त्री जनार्दन शर्मा लगाएतका टोली जाजरकोट पुगे ।

प्रधानमन्त्री लगाएको टिम जाजरकोट पुग्ने समयमा यत्ता कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको बैठक बसिरहेको थियो । कर्णाली प्रदेशको मन्त्रीपरिषदको बैठक सकेर अबेर अर्थात संघीय सरकार भन्दा प्रदेश सरकारका मन्त्री जाजरकोटमा पछाडी पुगे ।

प्रदेश सरकारका मन्त्री पुग्ने समय सम्म जाजरकोटमा अधिकांश ठाउँका घाइतेको उद्धार कार्य करिब करिब सकिएको अवस्थामा रहेको थियो । संघीय सरकार र स्थानीय सरकारले उद्धारको कामलाई व्यापक बनाइरहदा प्रदेश सरकार उपस्थिती कम्जोर बन्दा त्यहाँ प्रश्न समेत उठेका थिए ।

अबेर अर्थात १८ गते दिउसो पुगेका प्रदेशका मन्त्रीहरु जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सहभागी भए । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह , भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्मा पनि सहभागी थिए । मन्त्रीहरु जाजरकोट पुग्दा मुख्यमन्त्री राजकुमार शर्मा सुर्खेतमै रहेका थिए । मन्त्री शर्माले मुख्यमन्त्री राजकुमार शर्मालाई जाजरकोट आउनुहुन्छ की भनेर भत्किएको जिल्ला प्रशासन कार्यालयको प्रागंनबाट फोन गर्दा अहिले यत्तै काममा जुटनुपर्ने भयो भन्ने जवाफ दिएका थिए । सो समयमा उद्धारको काममा उर्जामन्त्री शक्तिबहादुर बस्नेत आफैँ फिल्डमा खटिएका थिए ।

नेपाली सेनाको हेलिकोप्टरबाट अधिकांश घाइतेको उद्धारका काम संघीय सरकारकै पहलमा भएका थिए । प्रदेश सरकारका जिल्ला स्थित कार्यालयमा रहेका गाडीहरुमा नजिक रहेका घाइतेहरुलाई अस्पताल सम्म ल्याउने काममा सक्रिय बनाएको थियो ।

 

दोस्रो दिन देखि तेस्रो दिनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सुर्खेतबाट अधिकांश ठाउँको राहत सामग्री तथा उद्धारका कामहरु गरेका थिए । त्यस्तै जिल्लामा उर्जामन्त्री शक्तिबहादुर बस्नेत सक्रिया भएर फिल्डमा खटिएका थिए । बस्नेतसँगै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह पनि सक्रिय रहेका थिए । प्रदेश सरकारले भूकम्पमा सक्रियता देखाउन खोजे पनि संघ सरकारले स्पेश नदिँदा समन्वय नहुँदा भूमिका बिहीन जस्तै बनाएको थियो ।

 

कात्तिक २४ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माण गरिदिने निर्णय ग¥यो । मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयलाई अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदान गरेको थियो ।
सोही अनुसार कार्तिक २५ गते बसेको मन्त्रालयको बैठकले तिहार लगत्तै अस्थायी टहरा निर्माण गर्ने, प्रदेश सरकारबाट अस्थायी घर लगायत भौतिक संरचना निर्माणका लागि संघीय सरकारसँग समन्वय गरेर जाने र प्रदेशबाट १ अर्ब रकम छुट्याउने निर्णय भएको थियो । उक्त रकम समग्र पुनः निर्माणको प्रक्रियासँग जोडेर विनियोजन गरिएको हो ।

 

तर, केन्द्र सरकारले भने प्रदेश सरकारलाई भूमिकाविहीन बनाइ दियो । गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको ‘भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, ०८०’ मा भने प्रदेश सरकारलाई भूमिकाविहीन बनाइएको छ । राहत वितरण देखि उद्धारका कामहरु सम्म गर्दा प्रदेश सरकारलाई संघीय सरकारलाई बेसरी हिर्काएको देखिएको छ । स्थानीय सरकारलाई राहत वितरण समेत व्यापक स्पेश दिइएको छ । अहिले तथ्यांक संकलनका कामहरुमा समेत स्थानीय सरकार मुख्य भूमिकामा रहेको छ । उत्ता प्रदेश सरकारका जिल्ला स्थित कार्यालयलाई सरकारी संरचनाको अवस्था पत्ता लगाएर तथ्यांक संकलन गर्न जिल्ला विपद व्यवस्थापन समितिले जिम्मेवारी तोकेको थियो । त्यस्तै भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुदा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा सहभागी थिएनन् । संघीय सरकारका मन्त्री शक्ति बस्नेतसँगै भएपनि मुख्यमन्त्री शर्मा भने उक्त कार्यक्रममा सहभागी देखिएनन् ।

केन्द्र सरकारले बनाएको उक्त कार्यविधि कार्तिक २६ गते स्वीकृत भएर कार्यान्वयनमा आइसक्यो । उक्त कार्यविधिमा भूकम्प प्रभावितको व्यवस्थापनमा संघीय सरकार र स्थानीय पालिकालाई भूमिका दिइए पनि प्रदेशलाई भूमिका बिहीन बनाएको छ । कार्यविधि अनुसार संघीय सरकारले अस्थायी आवासका लागि विनियोजन गरेको अनुदानको पहिलो किस्ता वितरण भइसक्दा प्रदेशलाई कुनै पनि प्रकारको औपचारिक पत्र आएको छैन । जसका कारण प्रदेशका मन्त्रीहरु छुट्याइएको बजेट समेत के गर्ने भन्ने अन्योलमा छन् ।

 

१३ पृष्ठ लामो कार्यविधिमा प्रदेशलाई जम्मा दुई वटा भूमिका मात्र दिइएको छ, त्यो पनि संघीय सरकार, संघीय निकाय र स्थानीय तहको समन्वयमा अनुगमन गर्ने  र कार्यविधिमा प्रभावितहरुका लागि दोहोरो नपर्ने गरी प्रदेशले अस्थायी आवास तथा संरचनाहरुको निर्माण गर्न सक्ने भनेर कार्यविधिमा उल्लेख छ ।

भूकम्प प्रभावितहरुको व्यवस्थापनमा संघीय सरकारले प्रदेश सरकारलाई देखाएको व्यवहारले प्रदेशका मन्त्रीहरु भने छक्क परेका छन् । निर्माण देखि अन्य काममा प्रदेश सरकारलाई जिम्मेवारी नदिन जिल्ला स्थित सञ्चालन भएका छलफलमा समेत सहभागीले बताउने गरेका छन् । संघीय सरकारले दिएको अनुदानबाट चल्ने प्रदेश सरकार भएकाले प्रदेशलाई भूमिका नदिएको अधिकांशले बताउदै आएका छन् । भूकम्प प्रभावितलाई व्यवस्थापन गर्ने कुरामा केन्द्र र प्रदेश सरकारबिच समन्वय भएको देखिँदैन । प्रदेशको मन्त्रिपरिषद्ले गरेको जस्तै निर्णय केन्द्रको मन्त्रिपरिषद्ले पनि गर्यो । दुई सरकारले गरेका निर्णय बाझिएपछि कार्यान्वयनमा कुन आधारमा जाने भन्ने विषयमा दुई सरकारबिच समन्वय नभएको प्रदेशका मन्त्रीहरु बताउँछन् ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रलायले १ अर्ब बजेटमा प्रभावित क्षेत्रका क्षतिग्रस्त खानेपानीका संरचना निर्माण, स्वास्थ्य संस्थाका भवन, विद्यालयका भवन लगायतको कुराहरु पनि समेटेको थियो । तर, संघीय सरकारले खानेपानीको समेत व्यवस्थापन पालिकाले गर्ने उल्लेख गरेपछि प्रदेशका मन्त्रीहरु नै केन्द्र सरकारको व्यवहारबाट रुष्ट छन् । स्थानीय तहलाई अस्थायी आवास निर्माणका लागि वास्तविक लाभग्राहीको पहिचान, छनोट, सम्झौता, किस्ता भुक्तानी सिफारिस तथा भुक्तानीमा स्थानीय तहको नेतृत्वदायी भूमिका हुने उल्लेख गरिएको छ । सुविधाबाट वञ्चित वा दोहोरो सुविधा पर्न नदिन स्थानीय तहले नै सरकारी, गैरसरकारी संस्था लगायत सबै पक्षसँग समन्वय गर्ने अधिकार दिइएको छ भने शौचालय भए नभएकोदेखि खानेपानीको बन्दोबस्त मिलाउनेसम्मको जिम्मेवारी पालिकालाई दिइएको छ ।

संघ–संस्थाको सहयोगमा निर्माण भइरहेका समेत सबै अस्थायी आवास निर्माण कार्यको अनुगमनको जिम्मेवारी पनि पालिकालाई दिइएको छ । प्रदेशको भौतिक मन्त्रालयले १ अर्ब बजेटमा प्रभावित क्षेत्रका क्षतिग्रस्त खानेपानीका संरचना निर्माण, स्वास्थ्य संस्थाका भवन, विद्यालयका भवन लगायतको कुराहरु पनि समेटेको थियो । तर, संघीय सरकारले खानेपानीको समेत व्यवस्थापन पालिकाले गर्ने उल्लेख गरेपछि प्रदेशका मन्त्रीहरु नै केन्द्र सरकारको व्यवहारबाट रुष्ट छन् । मुख्यमन्त्री राजकुमार शर्माको समन्वय गर्ने तरिका एकदम कम्जोर भएको अन्य मन्त्रीले नै आरोप लगाउन थालेका छन् । संघीय सरकारका हरेक काममा प्रदेश सरकार साँचीको रुपमा मात्र सहभागी हुने सम्भावना देखिएको एक मन्त्रीले बताए ।

२०७२ सालको कार्यविधिमा टेकेर २०८० सालमा काम गर्दा समस्य भइरहेको मन्त्री बेदराज सिंहले बताए । प्रदेशको भूमिका खोज्न कर्णालीका मुख्यमन्त्री काठमाडौँ गएर बुधबार मात्र फर्केका छन् । संघीय सरकारले संघीयता माथी नै प्रहार भएको प्रदेशका मन्त्रीहरुले बताउन थालेका छन् । एकद्धार प्रर्णाली आफैँ बनाउछ संघीय सरकारले आफैँ तोडने काम गरेको छ कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीले बताए । मृतकका आफन्तलाई राहत दिने प्रदेश सरकारको अधिकार भएपनि  संघीय सरकारको मताहातमा रहेको जिल्ला प्रशासन कार्यालयले दोहोरो पर्ने गरि हामी प्रदेश सरकारको रकम लिदैनौँ भन्दै हामीलाई पछि हटन बाध्य बनाएको समेत उनले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ,  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   तराईका केही स्थानमा आज दिउँसो...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

काठमाडौँ,  जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ ।निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ः०० बजे मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राससलाई जानकारी दिनुभयो ।मुलुकका ७७ वटै जिल्लामा बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म एकैचरणमा मतदान...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९