
महाेत्तरी । चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकार समाजले न्युजकारखानाकर्मी बिशाल बस्नेतलाई सम्मान गरेको छ । न्युजकारखाना महोत्तरी प्रतिनिधि बस्नेतलाई चुरे क्षेत्रमा कलम चलाएर योगदान पुर्याएवापत समाजले सम्मान गरेको हो । पछिल्लो आधा दशकदेखी महोत्तरी कार्यक्षेत्र बनाएर बस्नेतले चुरे संरक्षणमा पत्रकारिताका माध्यमवाट अभियान नै चलाएका छन । त्यस्तै चुरे क्षेत्रमा नै कलम चलाउने अन्य ३ जना पत्रकारहरुलाई पनि सम्मान गरेको समाजकी सदस्य अन्जु ठाकुरले जानकारी दिइन ।नागरिक डट कमका सम्पादक सुवोध गौतम, धनुषावाट सन्तोष सिंह र सिरहावाट मिथलेश यादव सम्मानित भएका हुन ।