दार्चुला। दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका–४ रातामाटास्थित दवलपाती भीरबाट लडेर एक महिलाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो घाँस काट्ने गएकी ५५ वर्षीया तुलसी पाठकको भीरबाट लडेर मृत्यु भएको हो ।रातामाटास्थित देवपाती भीरमा घाँस काट्ने क्रममा लडे पछि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ती महिला करिब ६० मिटर तल खसेकी थिइन् ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





























































































































































