श्रीमानको हत्यारा कोइरी खोज्दै थमनबहादुरकी श्रीमती छोरासहित काठमाडौंमा

महोत्तरी ।  बाँके नेपालगञ्ज–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटीलखेटी निर्ममतापूर्वक हत्या गरेको ८ वर्ष बितिसकेको छ । यो अवधिमा विकको हत्या हुँदा ३ वर्षका छोरा सुवोध विक ११ वर्ष पुगेका छन् । यसैमध्ये नियोजित ढंगले लाठी र जुत्ता बजारेर निर्मतापूर्वक हत्या गरेको  आरोप लागेका मुख्य आरोपी लक्ष्मी महतो कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट संघीय संसदमा निर्वाचित भए पनि निलम्बनमा परेका छन् ।निलम्बनसँगै पक्राउ पर्ने डरले फरार रहेका कोइरीलाई खोज्दै नेपालगञ्जवाट थमनका छोरा र श्रीमती शोभा विक यतिबेला संघीय राजधानी काठमाडौं आएर न्यायको याचना गरिरहेका छन् । प्रमाणसहित ८  वर्ष अगाडि मृतक थमनका दाजु प्रेम विकले किटानी जाहेरी दिएका उनै कोइरीलाई  खोज्दै श्रीमती शोभा र उनका छोरा सुबोध न्याय नपाएपछि काठमाडौं आइपुगेका हुन् ।

‘संघीय राजधानी आएपछि श्रीमानको हत्या फेला पार्न सकिन्छ र न्याय पनि पाइन्छ कि भनेर छोरालाई लिएर  काठमाडौं आइपुगेको छु,’ थमनकी श्रीमती शोभाले न्युज कारखानासँग भनिन् ।  अहिले थमनका छोरा सुबोध घरी–घरी आमालाई बुबाकाबारेमा सोध्ने गर्छन् ।  बुबाको फोटो हेर्दै टोलाउँदै गर्ने सुबोध पछिल्लो समय समाचारमा आएका बिषयवस्तुले  बालमष्तिकमा गहिरो चोट पुगेको आमा शोभा बताउँछिन् ।

२०७२ साल भदौ २५ गते  आन्दोलनकारीलाई नियन्त्रण गर्ने क्रममा घाइते भएका थमनलाई उपचारको लागि जनकपुर लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर धानबारीमा लखेटेर हत्या भएको थियो ।  समाचारबाट यी विषयहरु थाहा पाएका सुबोधको नै आग्रहमा आमा शोभा काठमाडौं आएको बताउँछिन् । ‘छोराले निकै कर गरेपछि न्यायको खोजीमा काठमाडौँ आइपुगेका छौँ,’ उनले भनिन्, ‘संघीय राजधानी आएपछि न्याय पाइन्छ भन्ने उद्देश्यले हारगुहार गर्न यहाँ आएका हौँ ।’

एम्बुलेन्सबाट निकालेर धानबारीमा लखेटेर मुक्कका र लात्तीले हान्दै निर्ममतापूर्वक थमनको हत्या गरेको दृश्यले श्रीमती शोभा निक्कै दुखित हुन्छिन् । यही घटनाका कारणले शोभाले डिप्रेसनको औषधि खानु परेको छ  । ‘मन दरो बनाउन नै सक्दिनँ । छोरालाई हेरेर मन दरो बनाउँ भन्छु  । तर, सकेको छैन,’ उनी भन्छिन् । अझ श्रीमानलाई हत्या गर्ने मुख्य योजनाकार भनिएका कोइरी पक्राउ नपर्दा शोभा मात्र होइन उनका छोरा सुबोध पनि निक्कै दुखित छन् ।

‘हुन त राज्यले छोरालाई निःशुल्क पठनपाठन गराइदिएको छ । वहाँको मासिक पैसा पनि मलाई आउँछ । तर, न्यायविनाको यो सबै फिक्का बनेको छ,’ शोभाले भनिन् ।मृतक थमनका दाइ प्रेमले दिएको किटानी जाहेरीपछि २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतले २८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । तीमध्ये लक्ष्मी महतो कोइरीलाई तारेखमा रिहा गर्ने निर्णय गरेको थियो । तर, साउन २८ मा महोत्तरी जिल्ला अदालतले गरेको आदेशमा त्रुटि भएको भन्दै सरकारी वकिल कार्यालय महोत्तरीले असोज ११ मा उच्च अदालत जनकपुरमा रिट दायर गरेको थियो।

साधारण तारेखमा छुटेका अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित सरकारी वकिलले उच्च अदालतमा हालेको रिटमाथि सुनुवाई गर्दै  फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरीले  गत वर्षको मंसिरमा सम्पन्न आमचुनाव महोत्तरी १ बाट निर्वाचित भए । उनी एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचि भएका हुन् ।

७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सरिक हुन उनी नयाँबानेश्वरस्थित संघीय संसद भवन छिरेका थिए । त्यसपछि २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा कोइरी उपस्थित भएको संसदको रेकर्डमा छ । तीन पटकसम्म संसद भवन छिरेर निस्कँदासमेत नसमातिएका कोइरीलाई  ६ माघ २०७९ मा गृह मन्त्रालयले  पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, अझैसम्म उनी भेटिएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

दमौली (तनहुँ),  यहाँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रुपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण सङ्कलन सुरु गरेको हो ।   तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत

ढोरपाटन (बागलुङ),  वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ ।सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

महेन्द्रनगर (धनुषा),  जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।   विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९