
धनगढी । कैलालीमा ६ वटा फार्मेसी तथा क्लिनिक कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभागको टोलीले अवैध रुपमा सञ्चालित फार्मेसी तथा क्लिनिकमाथि कारबाही गरेको हो । यहि मंसिर १७ गतेदेखि हिजो (शनिबार) सम्म कैलालीका विभिन्न स्थानमा रहेका फार्मेसीहरु कारबाहीमा परेका छन् । अनुगमनका क्रममा दर्ता बिना सञ्चालन रहेका, अयोग्य व्यक्तिले सञ्चालन गरेको, होमियोप्याथिकमा दर्ता भई एलोपेथिक औषधि बिक्रीवितरण गर्ने लगायतका ६ वटा फार्मेसीलाई कारबाही गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्रकुमार शाहले जानकारी दिए ।
उनका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका–३ खैरेनी तापस लस्करविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ भने गौरीगंगा नगरपालिका–१ मञ्जुश्री आयुर्वेद र श्रीवास्तक मेडिकल तथा अत्तरियामा रहेको श्रीजी सर्जिकल सप्लायर्समा शिलबन्दी गरिएको छ ।
धनगढी उपमहानगरपालिका–७ स्थित भैरव क्लिनिक सिएमएद्धारा सञ्चालित पसल र जेसि होमियो मेडिकल हलले एलोपेथिक औषधि बिक्रीवितरण गरिएको पाइएपछि सम्पूर्ण औषधि जफत गरी अनुसन्धान अघि बढाएको उनको भनाई छ ।