मधेश प्रदेशमा लागुऔषध अपराध भयाबह, महाेत्तरी पछि पर्सामा बढी अपराध

महोत्तरी।  महोत्तरी बर्दिवासका युवराज फुयालको जिन्दगी काठमाण्डौ बसुन्जेल राम्रै चलेको थियो । २०६५ सालमा अङ्ग्रेजी विषयमा मास्टर डिग्री सकाए पछी उनी बर्दिवास फर्किए । बर्दिवासमा पुराना विधालयका साथीहरुसगँको संगतले सुरुमा फुयालले गाजा तान्न सिके । बिस्तारै-विस्तारै लागुपदार्थको दुर्व्यसनको दलदलमा भासिदै गए ।

 

`यो गलत हो भन्ने चै लाग्थ्यो तर म यसरी यस्को नशामा डुबेछु कि निस्कनको लागी निक्कै समस्या बन्यो,´ ३९ बर्षिय फुयालले भने, `१३ बर्षसम्म यही दलदलमा भासिए पछी झण्डै २ बर्षदेखी पुर्ण रुपमा मुक्त भएको छु ।´अहिले फुयाल काठमाण्डौको एक विद्यालयमा अध्यापन गराउँछन । काठमाण्डौलाई कर्मभुमी बनाए तापनी लागुपदार्थ दुर्व्यसनको चाहेर वा नचाहेर नशामा डुबेका किशोरहरुलाई  पुनःस्थापन गराउनुपर्छ भन्ने उदेश्यले फुयालले अहिले महोत्तरीमा अभियान सुरू गर्न खाेजेका छन् ।्र

 

`१३ बर्षसम्म मैले मात्र पिडा भोगेको छैन त्यो भन्दा ठुलो पिडा मेरो परिवारले भोगेको छ,´ फुयाँलले पुराना दिन सम्झदै भने, `नशा पनि एक प्रकारको रोग हो, अझ भनौ यो मेन्टल डिजेज हो, त्यसैले यसकाे उपचार हुन्छ भन्ने भावना जगाउँनु छ ।´नशावाट मुक्त भइसके पछी पनि सामाजिक र पारिवारिक बिभेदका कारणले कतिपय पुरानो अवस्थामा नै फर्किएको फुयाँलको भनाई छ । यसका लागी सबै जनाको सहयोग जरुरी हुने उनकाे बुझाई छ ।

 

`मनदेखी छाडने प्रतिज्ञा गर्ने हो भने कुलतवाट मुक्त बन्न सकिन्छ,´ फुयालले आफ्नो अनुभव सम्झदै भने, `परिवारलाई दिएको दु:ख सम्झदा अहिलेपनी आत्मग्लानी हुन्छ ।´फुयालको जस्तै १० बर्षसम्म यहि कुलतको नशामा रन्जित बस्नेत पनि डुबेका थिए । बस्नेतले आफुसगैँ लागुपदार्थ प्रयोग गर्ने ९ जना साथीभाइलाईसमेत गुमाए । कतिपय दुर्घटनामा परे भने कतिपय अहिले पनि अंगभंगकाे अवस्थामा छन् । लागुपदार्थ प्रयोग गर्न कै लागी बस्नेतले साथीहरुसगैँ मिलेर कयौपटक चोर्ने, घर परिवारलाई दु:ख दिने गरेको अहिले पनि झलझल्ती सम्झि रहन्छन् ।

 

`वास्तबमा नशामा डुवेपछी मैले भरोसा मात्र गुमाइन सामाजिक तिरस्कार पनि भोगे,´ बस्नेतले भने, `मलाई के लाग्छ भने स्थानिय सरकारले लागुपदार्थ न्युनिकरणको लागी हामीलाई जिम्मेवारी देओस ।´एउटा ब्यक्ती नशामा कसरी डुब्छ अनि  लामो समयसम्म कसरी भासिन्छ भन्ने बस्नेतलाई राम्रोसगँ थाहा छ । त्यसैले दुर्व्यसनमुक्त समाज निर्माणको लागी सरोकारवालाहरुले आफुहरु जस्तो पुर्व प्रयोगकर्तालाई अभियन्ता बनाउनुपर्ने बताउदै लागुपदार्थको मेन्टल डिजेजको उपचार र  न्यूनीकरण गर्न धेरै काम गर्न सकिने उनी बताउँछन् ।

 

लागुपदार्थ दुर्व्यसनको जालो खुल्ला सिमा नाकाकै कारण समस्या बनेको बस्नेतको बुझाइ छ । `किशोरकिशोरीहरुलाई मात्र सुरक्षाकर्मीहरुले पारी किन जादैछन भन्ने बिषयमा चासो दिएर कडाइ गर्ने हो भने लागुपदार्थको समस्या आधा हुन्छ,´ बस्नेत भन्छन् । सवैभन्दा ठुलो त म सुध्रिन्छु भन्ने प्रतिज्ञा चाहिने फुयाल र बस्नेतको अनुभव छ । उनिहरु त मधेशका प्रतिनिधि उदाहरण मात्र हुन । उनिहरु जस्ता हजारौजना कोही पुन:स्थापित भएका छन भने कतिपय सामाजिक र पारिवारिक  तिरस्कारका कारण पुरानो अवस्थामा फर्किएका कयौ उदाहरणहरु छन ।

 

दुर्ब्यसनको दलदलमा फसेर पुनःस्थापित भएका बस्नेत र फुयालजस्ता युवाहरुको  खोजी गरि मनोपरामर्शदाताको रुपमा तयार गर्ने हो भने पनि लागुपदार्थ न्यूनीकरण हुन सक्ने बिज्ञहरु बताउँछन् ।`किन भने दुर्व्यसनमा फसेकाहरुलाई उनीहरुले नै पहिचान गर्न सक्छन,´ मधेश प्रदेशका पुर्व गृहमन्त्री भरत साहले भने, `अभियानकर्मीको रुपमा निगरानी गरेर पुन:स्थापित भएकाहरुलाई नै परिचालन गर्नुपर्छ ।

´

तर मधेशमा बस्नेत र फुयालजस्ता दुर्व्यसनवाट मुक्त भएका हजारौ युवाहरुलाई सामाजिक पुनःस्थापना कसरी गराउन सकिन्छ भन्ने सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन । त्यसैका कारण पनि मधेशमा दुर्व्यसन भयावह अवस्थामा फैलदै गएको विभिन्न तथ्यहरुले पुष्टि गरेका छन् । यस्ता बिषयहरुलाई ध्यान दिन नसक्दा मधेश प्रदेश लागुपदार्थ कै कारण अपराधमय बन्दै गएको प्रहरी कै तथ्यांकले पुष्टि गरेको छ । प्रहरीका अनुसार ८० प्रतिशत भन्दा बढी अपराध लागुपदार्थसगँ जोडिएका छन् । हत्या, हिंसा, अपहरण, जवर्जस्त करणी जस्ता घटनाहरु लागुऔषध कै कारण घटेता पनी पछि मुद्दाको रुपमा अन्य शिर्षकमा परिणत हुने गरेको पाईएको छ ।

 

गत आर्थिक बर्ष २०७९ को लागुऔषध सम्बन्धी तथ्यांक हेर्ने हो भने पनि निक्कै भयावह छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार मधेशमा लागुऔषध कै कारण १३ सय ४ जना मानिस पक्राउ परेका छन । सोही अवधीमा ५६ सय ८३ किलो गाँजा, ४९ ग्राम ब्राउन सुगर, २५० किलो चरेस, ७१२ ग्राम हिरोइन, ६६ हजार ८ सय ६५ पिस ट्यावलेट, ८ हजार २ सय २८ बोत्तल, ६२ हजार ९ सय ६ पिस इन्जेक्सन बरामद भएको थियो ।

 

यी तथ्यांकहरुले पनि मधेश लागुऔषध कै कारण कसरी आक्रान्त बन्दै छ भन्ने प्रष्ट बनाउछ । मधेशका ८ वटा जिल्ला मध्य महोत्तरी थप यसकै कारण भयावह बन्दै गएको बिभिन्न  तथ्यांकहरुले पुष्टि गर्दै आएका छन । प्रहरी उपरिक्षक तथा महोत्तरीका प्रमुख  प्रकाश मल्लका अनुसार आर्थिक बर्ष २०७७/७८ देखि २०८० सम्म १९८ वटा लागुपदार्थसगँ जोडिएका मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन । यी मुद्दाहरुले मात्र जम्मा मुद्दाको २० प्रतिशत हुन । यसैसगँ समबन्धित यो अवधीमा २६४ जना भन्दा बढी पक्राउ परेका छन ।

 

यसको साथै प्रहरिले थुप्रै लागुपदार्थहरु बरामत गरेको छ । जसमध्ये ५ हजार ४ सय ५४ ट्यावलेट, १३ सय ८० बोत्तल र १०१ इन्जेक्सन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक छ। महोत्तरी पछि लागुऔषध कारोवार तथा प्रयोगकर्ताका हिसावले पर्सा जिल्ला दोश्रो बनेको छ । आर्थिक बर्ष २०८० को यो मंसिरसम्म आईपुग्दा पर्सामा ९६ जना पक्राउ परेका मध्ये ६८ जनालाई त मुद्दा  नै चलाईएको छ । यो अवधीमा १९६ किलो गाँजा, ४७ किलो चरेस, १५ किलो हिरोईन, ३६ सय ११ वटा ट्याव्लेट, ५ हजार ४ सय ४० बोत्तल र १३ सय ९४ इन्जेक्सन बरामद गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

 

त्यस्तै लागुऔषध बरामद गरेको र सम्बन्धित मुद्दाका आधारमा महोत्तरी र पर्सा पछि सर्लाही, धनुषा, सिरहा, बारा, सप्तरी र रौतहट देखिएका छन ।खुल्ला सिमाना र सुरक्षाकर्मीहरुको कडा निगरानीका कारणले लागुऔषधकै कारण मधेश अपराधमय बनेको आरोप लागीरहेको वेला प्रहरीहरु नवपर्वतन अभियानमा लागेका छन । नवपर्वतन अभियान अन्तर्गत मधेशमा लागुऔषध समबन्धी क्याम्पियनमा जुटेका छन ।

यसरी जुटदै छ प्रहरी एण्टी ड्रग क्याम्पियनमा

मधेशमा लागुपदार्थ भयावह बन्दै गएपछी प्रहरी नै विभिन्न अभियानमा जुटेको छ । जसअनुसार मधेश प्रदेश प्रहरीले  गत आईतवार एक कार्यक्रमका विच लागुपदार्थ रोकथामको लागी मुख्यमन्त्री सरोज यादवको उपस्थितिमा मधेशमा उक्त अभियानको औपचारिक सुभारम्भ गरेको छ ।

 

साउनको पहिलो हप्तावाट महोत्तरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लले सुरुवात गरेको अभियान निक्कै नतिजामुखी बने पछी मधेश प्रदेश प्रहरीले ८ वटै जिल्लामा उक्त क्याम्पियनको शुभारम्भ गरेको हो । अभियानका क्रममा लागुपदार्थ ओसारपसार देखि प्रयोगकर्तालाई पहिचान गर्ने र मनोपरामर्शकोरुपमा क्याम्पियनहरु समेत संचालन गर्ने मधेश प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुख जनक भट्टराईका अनुसार सिमा नाकामा कडाई गर्नेदेखी लिएर प्रत्येक जिल्लाका नाकामा अत्याधुनिक परिक्षण मेसिन समेत प्रदेश सरकारसँग माग गर्ने वताएका छन ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत माध्यमबाट टीकाटिप्पणी नगर्न सम्पूर्ण पार्टीपङ्तिमा आग्रह गरेको छ । सो पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले आज विज्ञप्ति जारी गर्दै जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरी पूर्ण विश्वासकासाथ जवाफदेहीपूर्ण कार्यसम्पादन गर्न...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९