ठेक्केदार कम्पनिले रातु नदिमा गरेको उत्तखननमाथी प्रश्न नै प्रश्न, सरोकारवालाहरुको आपत्ति

महोत्तरी । रातु नदीको पथलैया खण्डमा भएको नदिजन्य पदार्थको उत्तखनन प्रक्रियागत नभएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन्  । ठेक्का लगाउने प्रक्रियामा स्थानिय सरकारले आफुहरुलाई कुनै जानकारी नगराएको र मनोमानी ढंगले उत्तखनन गरेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका हुन  । राजेश एण्ड बदर्श निर्माण तथा सप्लायर्स भिमेस्वरले नगरसगँ ठेक्का सम्झौता गरेसगैँ ३ दिनदेखी पत्लैया खण्डमा उत्तखनन भैइरहेको छ । यो बिषयमा जिल्ला समन्वय समिती महोत्तरीले पनि अनविज्ञता जनायो । जिल्ला समन्वय समिती महोत्तरीका सभापति सुमनलाल कर्णका अनुसार कार्यालयमा नगरले कुनै जानकारी गराएको छैन । `नगरपालिकाले मनोमानी गरेको देखिएको छ । प्रक्रियागत ढंगले उत्तखनन गर्दा हामीलाई कुनै आपत्ती छैन ।´ सभापती कर्णले भने । `हामीले नगरलाई पत्राचार समेत गरिसकेका छौ ।´ ढुगां, गिटी, वालुवा बिक्रीवितरण तथा ब्यवस्थापन समबन्धी ऐन २०७७ मा  उत्तखनन गरेको नदिजन्य सामाग्री घाटगद्दी तथा तोकिएको ठाउँमा राखेर प्रमाणीकरण गरेपछी मात्र निकासी गर्न पाउने व्यवस्था छ तर अहिले उत्तखनन भएको उक्त पदार्थ खोलावाट नै सिधा निर्माणस्थलमा लगेको पाईएको  छ । रेल्वे पुल बनेको ठाउ बर्दिवास-१४  मा स्टक प्रमाणिकरण बिना नै लगातार ओसारपसार गरिरहेको स्थानिय विजय महतोले जानकारी दिए । यसैगरी उत्तखनन गर्ने क्रममा सम्झौता र मापदण्ड विपरित भएको भन्दै प्रश्न चिन्ह समेत खडा गरिएको छ । स्थानिय निरोज अधिकारीका अनुसार ३ फिट मात्र उत्तखनन गर्न पाईने प्राबधान भए तापनी ५ फिटभन्दा गहिरा खाल्डा खनिएका छन् । अघिल्लो पटक उत्तखनन गर्दा  ठेक्केदार कम्पनी दिव्यांशु बिल्डर्स प्रा.लिले सम्झौता भन्दा २ लाख ९९ हजार ८ सय ४५ घनमिटर बढी उत्तखनन गरेको प्रावधिक नापजाँच उपसमितिले निष्कर्ष निकालेको थियो ।  नगरले गरेको उत्तखननको विषयमा चुरे पत्रकार समाजले समेत आपत्ति जनाएको छ । पत्रकार समाजका अध्यक्ष अनिल कुमार कर्णले जनप्रतिनिधिहरु प्रभावमा परेर उत्तखनन अगाडि बढाएको हुन सक्ने बताए ।

 

यता जिल्ला प्रशासन कार्यालयले पनि ठेक्का लगाएको विषयमा अनविज्ञता जनाएको छ । `हामी अनुगमन समितिको सदस्य रहने व्यवस्था छ तर हामीलाई केहीपनी जानकारी छैन ।´ सहायक जिल्ला प्रशासन कार्यालय प्रमुख उपेन्द्र न्यौपानेले भने । नदि उत्तखनन गर्न डिस्टर्व भयो : नगरप्रमुख क्षेत्री बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले प्रधानमन्त्री समक्ष ढुंगा, गिटी, वालुवा उत्तखनन गर्न डिस्टर्व भएको गुनासो गरेका छन । रेल्वे देखि बर्दिवास भित्र रहेका राष्ट्रिय गौरवको योजनाहरुमा  नदिजन्य पदार्थको जरुरत भएको वताउदै उत्तखननमा डिस्टर्व भएको वताएका हुन । जनताको घरदैलोमा गएर नगरलाई जिम्मेवार देखाउने तर यस्ता कामहरुमा कसैले सहयोग नगरेको नगरप्रमुख क्षेत्रीको गुनासो छ । बर्दिवासस्थित जनता माध्यामिक विध्यालयको स्वर्ण महोत्सव उदघाटन गर्न आएका प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण जनाउदै नगरप्रमुख क्षेत्रीले चुरे संरक्षणमा आफू लागीपरेको पनि वताए ।

 

चुरे क्षेत्रमा ताल, तलैया जस्ता रिचार्ड पोखरी निर्माण गरि दक्षिणी क्षेत्रमा पानी नसुक्ने अभियानमा आफू अगाडी बढेको सुनाउदै यस्ता विकास निर्माणका काममा बजेट बिनियोजित गरिदिन उन्ले प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरेका छन । `हामी नगरको आन्तरिक स्रोतवाट नै आफ्नो खुट्टामा उभिन चाहान्छौ ।´ नगरप्रमुख क्षेत्रीले भने । `यो बर्ष मात्र पहिलेको भन्दा १७ करोड कम बजेट आयो ।´ किन रातु नदिका ठेक्का लगाएका खण्डहरु विवादित छन ? अघिल्लो पटक अर्थात आर्थिक बर्ष २०७७/७८ मा लगाएको ठेक्का कै कारण अहिले  ठेक्का लगाएका खण्डहरु विवादित छन । वातावरणीय प्रभाव मूल्यांकनअनुसार २०७८ सालमा रातु नदीका किसाननगर, पतलैया, जुरेटोल र फूलवारी टोल खण्ड गरि ४ खण्डबाट १ लाख २१ हजार ५०० घनमिटर नदीजन्य वस्तु उत्खनन गर्ने सम्झौता भएको थियो । तर, नापजाँच उपसमितिको प्रतिवेदनअनुसार उत्खनन गर्ने जिम्मा पाएको उद्योग पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डबाट सम्झौताभन्दा १ लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट १ लाख ६३ हजार ९६५ घनमिटर बढी उत्खनन गरेको थियो ।

 

यसैगरी, शिवम् कन्स्ट्रक्सन प्रा.लि.ले फूलबारी खण्डबाट सम्झौतामा उल्लेख गरेभन्दा १ लाख ७२ हजार ३६० घनमिटर र दिव्यांशु बिल्डर्स प्रा.लि.ले पथलैया खण्डबाट सम्झौता गरेभन्दा २ लाख ९९ हजार ८४५ घनमिटर उत्खनन गरेको छ ।पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको २ करोड ७५ लाख रुपैयाँभन्दा बढी राजस्व तिर्न बाँकी छ भने जुरेटोल खण्डको २ करोड ६१ लाख रुपैयाँ राजस्व नगरलाई दिन बाँकी छ । शिवम् कन्स्ट्रक्सनले २ करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले ४ करोड ७८ लाख रुपैयाँ दिन बाँकी देखिएको छ । हरेक खण्डबाट ४ दशमलव ५२ रुपैयाँ प्रतिघनमिटर राजस्व निर्धारण गरिएको थियो । ढुंगा, गिटी, बालुवा बिक्री–वितरण तथा व्यवस्थापनसम्बन्धी ऐन, २०७७ को समेत धज्जी उडाउँदै उत्खनन भएपछि २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । जनकपुर उच्च अदालतमा उक्त मुद्दा विचाराधिन रहेकै अवस्थामा नगरले लगाएको ठेक्काको वैधतामाथी नै प्रश्न चिन्ह खडा भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।   सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये...

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी (सङ्खुवासभा),  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।   आज यहाँ आयोजित...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम

काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९